Sunday, March 3, 2013

Tuesday, July 13, 2010

नेपालको पहिलो खेल अमेरिकासँग

कान्तिपुर दैनिक -

काठमाडौ, अषाढ २९ - नेपालले आईसीसी डिभिजन-४ विश्व लिग क्रिकेटको पहिलो खेलमा अमेरिकाको सामना गर्नेछ । इटालीमा अगस्ट १४ देखि २८ सम्म हुने प्र्रतियोगिताको पहिलो दिन नेपाल र अमेरिकाको भेट हुने भएको हो । दुवै टिम नेपालमा सम्पन्न डिभिजन- ५ को उत्कृष्ट दुईमा रहेर डिभिजन-४ मा उक्लेका हुन् । घरेलु भूमिमा भएको प्रतियोगिताको लिगचरणमा नेपाल अमेरिकासँग पराजित भएको थियो भने फाइनलमा अमेरिकालाई हराउँदै पहिलोपल्ट आईसीसीले आयोजना गरेको प्र्रतियोगिताको उपाधि जितेको थियो ।

नेपालले लिगका अन्य खेलमध्ये अगस्ट १५ मा आयोजक इटाली, अगस्ट १७ मा तान्जानिया, अगस्ट १८ मा अर्जेन्टिना र अगस्ट २० मा क्यामन आइल्यान्ड्सको सामना गर्नेछ । प्रतियोगिताको फाइनल अगस्ट २१ मा हुनेछ ।

खेल एस्ट्रो टर्फमा सञ्चालन हुनेछन् भने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले दोस्रो चरणमा १८ खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखेको छ ।

Saturday, March 7, 2009

नेपाल २५ औं स्थानमा

काठमाडौं, फागुन २३ - नेपाल क्रिकेटको विश्व वरीयतामा २५ औं स्थानमा रहेको छ । नेपाल क्रिकेट संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दिएको जानकारीअनुसार फेब्रुअरी १ को ग्लोबल आईसीसी वरीयतामा नेपाल २५ औं स्थानमा रहेको हो ।
यसअघि एसीसी वरीयतामा टेस्ट नखेल्ने राष्ट्रमध्ये नेपाल दोस्रो स्थानमा र आईसीसी वरीयतामा ३१ औं स्थानमा थियो ।

साभार कान्तिपुर अनलाइन

Tuesday, February 17, 2009

दुईवटा मैदान एकैसाथ निर्माण हुने

काठमाडौं, फागुन ५ - क्रिकेटको भौतिक पूर्वाधार निरीक्षणमा रहेका एसियाली क्रिकेट काउन्सिलका विकास प्रबन्धकले नेपालमा दुईवटा क्रिकेट मैदान एकैसाथ निर्माण हुने बताएका छन् । पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिने घोषणाको भोलिपल्ट सोमबार मूलपानीमा निर्माणाधीन मैदान निरीक्षण गर्दै विकास प्रबन्धक बुन्दला वर्णपूराले उक्त जानकारी दिएका हुन् ।
उनले क्रिकेटको विकासका लागि एउटा सहरमा कम्तीमा तीन मैदान चाहिने र त्यसका लागि एसीसीले सहयोग गर्ने बताए। पोखरा अन्तर्राष्ट्रिय मैदान र प्रतियोगिताका लागि योग्य देखिएकाले सहयोग गर्न लागेका हौं,' उनले भने । काठमाडौं पछि पोखरा पहिलो प्राथमिकतामा रहने उनको भनाइ थियो । पोखरा र मूलपानी मैदानको पहिलो चरणको निर्माण कार्य सम्पन्न भएपछि थप सहयोग प्राप्त हुने उनले जानकारी दिए । 'नेपालमा भौतिक पूर्वाधारको विकास भएपछि यसलाई तटस्थ स्थानका रूपमा विकास गर्न सकिन्छ, उनले भने । नेपालले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सक्ने प्रमाणित गरिसकेको उनको विचार थियो । उमेर समूहको राम्रो प्रदर्शनलाई अब राष्ट्रियस्तरमा दोहोर्‍याउनुपर्छ, उनले भने, अहिलेको नेपालको भौतिक पूर्वाधारले पुग्दैन त्यसैले यसको विकासमा ध्यान दिनु आवश्यक छ ।' उनले निर्माणाधीन दुवै मैदान सन् २०१० को
अन्त्यसम्म निर्माण भइसक्ने विश्वास व्यक्त गरे । पहिले मैदान बन्नु पर्‍यो, त्यसपछि अरू पूर्वाधार निर्माण हुँदै जान्छ,' वर्णपूराको भनाइ थियो । क्यान अध्यक्ष विनयराज पाण्डेले मूलपानी मैदान निर्माणका लागि टेन्डर आह्वान गरिसकेको र छिट्टै कार्य सुरु हुने बताए ।

साभारः कान्तिपुर अनलाइन

Monday, February 16, 2009

आईसीसीको 'फोटो अफ द इयर' अवार्ड सुदर्शन रञ्जितलाई

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा प्रदान गरिने 'फोटो अफ द इयर' को अवार्ड पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितलाई प्रदान गरिएको छ । एसियाली क्षेत्रमा तस्बिर उत्कृष्ट भएबापत प्राप्त अवार्ड एसियाली क्रिकेट काउन्सिलका विकास प्रबन्धक बुन्दला वर्णपूराले हस्तान्तरण गरेका हुन् ।
माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा पोखरा रंगशालाको ढुंगे मैदानमा क्रिकेट अभ्यास गरिरहेको तस्बिरलाई आईसीसीले गत वर्ष उत्कृष्ट घोषणा गरेको थियो । उनको तस्बिर ४९ देशका १ सय ६२ तस्बिरमध्ये एसिया क्षेत्रबाट अवार्डका लागि छानिएको थियो ।

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने योजनामा रञ्जितको तस्बिर निकै सहयोगी रहेको क्यानका अध्यक्ष पाण्डेले बताए । यो तस्बिर आईसीसीले सन् २००९ को क्यालेन्डरमा पनि प्रकाशित गरेको उनले जानकारी दिए ।

साभार कान्तिपुर अनलाइन

पोखरामा क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाइने

-ईश्वरी न्यौपाने
पोखरा, फागुन ४ - पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिस्तरको क्रिकेट मैदान बन्ने भएको छ । पोखरा रंगशालामा क्रिकेटका लागि छुट्याइएको जमिनमा नेपाल क्रिकेट संघ -क्यान) ले अन्तर्राष्ट्रियस्तरको मैदान निर्माण गर्ने योजना बनाएको हो ।
क्यान अध्यक्ष विनयराज पाण्डे र एसियाली क्रिकेट काउन्सिल विकास प्रबन्धक बुन्दला वर्णपूराले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण तत्कालै सुरु गर्ने आइबार घोषणा गरेका हुन् । अध्यक्ष पाण्डेले पिच निर्माणको सुरुवात गर्न तत्काल १० लाख रुपैयाँ दिने निर्णय भएको बताए । पोखरा रंगशालाभित्र कास्की जिल्ला क्रिकेट संघले बनाउन लागेको मैदानलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरमा निर्माण गरिने भएको हो । 'प्राकृतिक दृष्य र बनावट एवं पर्यटकीय पूर्वाधारको अध्ययनलेे अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पोखरा उपयुक्त देखिएकाले पिच बनाउने योजना बनाएका हौं,' क्यान अध्यक्ष पाण्डेले भने, 'दिएको रकमले काम सकेर कागजात पठाउनासाथ थप रकम पनि आउनेछ ।'सुरुमा पिच र चरणबद्ध रूपमा स्टेडियम बनाउने लक्ष्य राखेको उनले बताए । पाण्डेका अनुसार काठमाडौं र पोखरामा अन्तर्राष्ट्रियस्तरको तथा विराटनगर, वीरगन्ज, नेपालगन्ज र भैरहवामा क्षेत्रीयस्तरको मैदान निर्माण हुनेछ । नेपालले सन् २०१५ मा विश्वकप खेल्ने लक्ष्य हासिल गर्न यी सबै ठाउँमा पिच बनेमात्र सम्भव हुने उनको भनाइ थियो ।'कीर्तिपुरको मैदानमा मात्र खेलेको भरमा विश्वकपमा जान सक्दैनौं, त्यसैले पनि मैदान बनाउन युद्धस्तरमा लाग्नुपर्छ,' पाण्डेले भने । क्यानले सबै रकम एकैपटक नभएर चरणबद्ध दिने बताउँदै जति काम हुन्छ त्यति नै बजेट थप्दै लगिने उनले बताए । एसियाली क्रिकेट काउन्सिलका विकास प्रबन्धक वर्णपूराले मध्यनेपालको पोखरा अन्य देशका खेलाडीका लागि उपयुक्त रहेको बताए । 'यहाँको प्रकृतिमा उनीहरूको जाँगर बढ्नेछ,' वर्णपूराले भने, 'स्थानीयको सक्रियतामा यो योजनाको सफलता निर्भर हुनेछ ।' खेलकुद संघले कास्की जिल्ला क्रिकेट संघलाई यसअघि नै जमिन छुट्याएर घेराबार भई जमिन सम्याउने काम भइसकेको छ । वीरेन्द्रसिंह गुरुङको अध्यक्षतामा निर्माण समिति पनि बनिसकेको छ ।

पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका विकास समिति, पर्यटन क्षेत्रका संस्था, व्यवसायी तथा उद्योग वाणिज्य संघका पदाधिकारीले क्यानको योजनाले खेल पर्यटनको गन्तव्य बनाउन लक्ष्य बोकेका पोखरेलीलाई थप हौस्याएको बताएका छन् । उनीहरूले स्थानीय तहबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
साभार कान्तिपुर अनलाइन

Tuesday, February 10, 2009

नेपाल र यूएईको सम्भावना बराबर

शरदप्रकाश धिताल

काठमाडौं, माघ २७ - नेपाल एसीसी यू-१७ एलिट कपको सेमिफाइनल समीकरणसम्म यूएईभन्दा बलियो देखिएको छ । तर पनि मंगलबार हुने अन्तिम चारको खेलअघि दुवै टिमका प्रशिक्षक जित सम्भावना बराबर रहेको बताउँछन् ।
नेपाल आफ्नो समूहको विजेता हो भने यूएईले उपविजेताका रूपमा सेमिफाइनल यात्रा तय गरेको हो । 'सेमिफाइनल लिग जस्तो सजिलो छैन,' नेपाली प्रशिक्षक रोय डायसले भने, 'दुवै टिमको समान सम्भावना छ । खेलाडीले जितका लागि ब्याटिङ सुधार्न आवश्यक छ ।'उनले लिगचरणको अन्तिम खेल समाप्तिमा नेपाली खेलाडीले एक रन लिने प्रयास नगरेको गुनासो गरेका थिए । 'नयाँ खेलाडीको फिल्डिङमा पनि केही समस्या देखिएको छ,' डायसले थपे, 'यूएई एसियामा टेस्ट नखेल्ने राष्ट्रमध्ये अगाडि छ र उनीहरूले धरै क्रिकेट खेलेका छन् ।' उनी पहिले ब्याटिङ गरेमा १ सय ८ भन्दा बढी स्कोर बनाउनुपर्ने बताउँछन् ।

यूएईका प्रशिक्षक साह हुसेन उपविजेताका रूपमा समूह चरण पार गरे पनि सम्भावना बराबर भएको मान्छन् । उनले डायसको विचारमा सहमति जनाउँदै भने, 'दुवै टिमको सम्भावना बराबर छ । नेपाल र यूएई राष्ट्रिय तथा उमेर समूहमा चिरपरिचित छन् ।'

उनी बलिङलाई आफ्नो टिमको बलियो पक्ष मान्छन् । 'नेपालको जस्तै हाम्रो पनि बलिङ बलियो छ,' उनले भने, 'नेपाली बलिङ झेल्न सक्ने तीन/चार ब्याट्सम्यान टिममा छन् र त्यो राम्रो पक्ष हो ।' उनले मलेसियाविरुद्ध आफ्नै कमजोरीले हारे पनि अन्य दुई खेलमा राम्रो गरेकाले टिमको मनोबल उच्च रहेको बताए ।

कीर्तिपुर मैदानमा हुने खेलमा दुई मात्र स्वदेशी खेलाडी रहेको यूएईले ब्याटिङ र फिल्डिङमा चुनौती दिन कोसिस गर्नेछ । यूएई टिममा नौ भारतीय र तीन पाकिस्तानी खेलाडी छन् । उपाधिको दाबेदार मानिएको नेपालले लिगचरणसम्म असन्तुलित ब्याटिङ गरे पनि कसिलो बलिङ गरेको छ ।

लिगचरणको पहिलो खेलमा कतारसामु २ सय ८ रन बनाएको नेपालले दोस्रो खेलमा कमजोर ब्याटिङ गरेको थियो । त्यसमा नेपालले ७७ रनमात्र जोडेको

थियो । दुई खेलमा पहिले ब्याटिङ गरेको नेपालले अन्तिम खेलमा सिंगापुरले दिएको १ सय ३ रनको लक्ष्य पूरा गरेको थियो । यूएई पनि लिगचरणमा कमजोर

देखिएन ।

पहिलो खेलमा मलेसियासूग एक विकेटले हारेको यूएईले अन्य दुई खेलमा कुवेतलाई सय रन र बहराइनलाई ७३ रनले हराएको थियो । लिगचरणमा नेपाली ब्याटिङ सामान्य रह्यो । कुनै पनि नेपाली ब्याट्सम्यानले अर्धशतक पूरा गर्न सकेका छैनन् । निश्चल चौधरीले तीन खेलबाट ८ रन बनाएका छन् ।

कप्तान पृथुले ५६, कृतेन गुरुङले ५ तथा सागर पुनले ५३ रन बनाएका छन् । बलिङमा नेपाली बलर रोचक भट्टले हङकङविरुद्ध सर्वाधिक चार विकेट लिएका छन् । यूएईका कृष्णकान्त भार्गव एक्लैले बहराइनविरुद्ध ५ रन बनाएका थिए ।

नेपाली कप्तान पृथुले ब्याटिङमा सुधार गर्नुपर्ने विचार राखेका

छन् । उनी लिगचरणको तुलनामा सेमिफाइनलमा फिल्डिङ कसिलो हुनेमा विश्वस्त छन् ।

एसीसीले आयोजना गरेका अन्य सबै उमेर समूहको विजेता नेपाल यू-१७ मा भने दुर्भाग्यशाली देखिएको छ । सन् २५ मा मलेसियामा भएको प्रतियोगिताको सेमिफाइनलमा पुगेको नेपाल खाली हात र्फकनुपरेको थियो । इन्डोनेसियाको जंगलमा लागेको आगोका कारण प्रतियोगिता बीचैमा रद्द भएको थियो ।

पुल्चोक मैदानमा हुने अर्को सेमिफाइनलमा समूह 'बी' विजेता मलेसियाले समूह 'ए' उपविजेता कतारको सामना गर्दैछ ।

साभारः कान्तिपुर अनलाइन

Monday, February 9, 2009

नेपाल समूह विजेता

शरदप्रकाश धिताल

काठमाडौं, माघ २६ - नेपालले एसीसी यू-१७ एलाइट क्रिकेटमा सिंगापुरलाई चार विकेटले पराजित गर्दै आइतबार लिगचरणको सुखद अन्त्य गरेको छ । यससँगै नेपालले समूह 'ए' को लिगचरणका सबै खेलमा जित हात पार्दै समूहविजेता बनेको छ । पहिलो खेलमा नेपालसँग १ सय ४ रनले पराजित कतार समूह उपविजेताका रूपमा अन्तिम चारमा पुग्यो । फाइनल प्रवेशका लागि उसले यूएईको सामना गर्नेछ । टसमा भाग्यमानी ठहरेको नेपालले सबै खेलमा टस जित्यो । पहिलो दुई खेलमा ब्याटिङ रोजेको नेपालले पहिलोपल्ट फिल्डिङ रोज्यो । सिंगापुरविरुद्ध जितपछि नेपाली प्रशिक्षक रोय डायस खुसी देखिएनन् । उनले ब्याटिङ अझ नसुध्रेको बताए । 'ब्याटिङ रोटेसन भएन, सिंगल रनका लागि खेलाडीले खेलेनन्,' उनले भने । जितका लागि संघर्ष गनर्ुुपरेको उनको भनाइ थियो । 'कुनै पनि खेलाडीले लामो इनिङ खेल्न नसकेको उनले बताए । 'खेलाडीले हिट गरेर खेल्न खोजे,' डायसले भने ।

नेपाली टिममा सामान्य परिवर्तन गरिएको थियो । विवेक दलीको स्थानमा अमनदीप सिंह टिममा रहेका थिए । उनी नेपाली टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने पहिलो शिख सम्प्रदायका खेलाडी हुन् । नेपाली कसिलो बलिङसामु सिंगापुरको सुरुआत सामान्य रह्यो । नेपाली बलर कृष्ण कार्कीले सुरुआती ओभर मेडन राखेपछि सिंगापुरले ६ ओभरमा ४ रनमात्र जोडेको थियो । प्रारम्भिक ब्याट्सम्यान इशान शेखरले १९ तथा मोहित कुलकर्नीले १४ रनको योगदान दिए । सिंगापुरले ढिलो सुरुआत गरे पनि नेपाली बलिङसामु डटेर खेल्यो र ९ विकेट क्षतिमा १ सय ३९ रन बनायो । लिगचरणमा नेपालसामु सिंगापुरले सबैभन्दा ठूलो चुनौती पेस गरेको हो । कतारले १ सय ४ र हङकङले ४९ रनमात्र बनाएका थिए । विजयी टिमका लागि सागर पुनले तीन विकेट लिए । आक्रामक ब्याटिङ प्रस्तुत गरेको नेपालले ३१ ओभर ३ बलमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपाली खेलाडीले १८ चौका र एक छक्का प्रहार गरे । टिमले २५ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालका लागि पाँच चौका मदतले सागर पुनले २७ रन जोडे । त्यस्तै ३८ बलमा ३४ रन बनाएका निश्चल चौधरीले ६ चौका र एक छक्का प्रहार गरे । प्रतियोगितामा नेपाली खेलाडीको यो पहिलो छक्का हो ।

मलेसिया समूह विजेता

प्रतियोगिताको समूह 'ख' मा मलेसिया समूहविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ । उसले बहराइनलाई ५७ रनले पराजित गर्‍यो । सेमिफाइनलमा उसले कतारको सामना गर्नेछ । त्यस्तै उपविजेताका रूपमा सेमिफाइनल पुगेको यूएईले कुवेतलाई सय रनले हरायो ।

स्कोरवोर्ड

सिंगापुर

इशान शर्मा क. रोचक बो. सागर १९
मोहित कुलकर्नी क. रोचक बो. सागर १४
रेजा गजनाभी रनआउट ०७
टिमोथी सिन्गम एलबीडब्लू रोचक ०५
प्रसेन परम बो. भुवन १५
बरुण शिवराम क. पृथु बो. कृष्ण १९
सरनडेभ कृष्णन रनआउट २०
विकासराज गोपाल क. भुवन बो. सागर ०८
उसमन मनजिर रनआउट ०७
अभिराज प्रदीप नटआउट ०६
दर्शन चौहान रनआउट ०२

अतिरिक्त ः -नोबल १, वाइड ११, लेगबाई ५) १७
कुल ः -४० ओभरमा नौ विकेट गुमाएर) १३९

विकेट पतन ः १-३५, २-४०, ३-५३, ४-६०, ५-७४,६-१००, ७-११२, ८-१२४, ९-१३०
बलिङ ः कृष्ण कार्की ८-३-२८-१, अविनाश कर्ण ५-१-१४-०,भुवन कार्की ८-२-२३-१, सागर पुन ७-१-२५-३, रोचक भट्ट ५-०-२४-१, पृथु बाँस्कोटा ३-१-१२-०, अमनदीप सिंह ४-०-८-०

नेपाल

कृतेन गुरुङ क. मोहित बो. अभिराज ०९
सागर पुन स्टम्प टिमाथी बो. अभिराज २३
आकाश परियार बो. अभिराज ०७
पृथु बाँस्कोटा नटआउट १८
प्रदीप ऐरी एलबीडब्लू मोहित १५
निश्चल चौधरी क. दर्शन बो. रेजा ३८
भुवन कार्की क. एन्ड बो. रेजा ०४
कृष्ण कार्की नआउट ००

अतिरिक्त ः -वाइड २०, बाई २, लेगबाई ४) २६
कुल ः -३१.३ ओभरमा छ विकेट गुमाएर) १४०

विकेट पतन ः १-२५, २-५१, ३-५२, ४-७४, ५-११९, ६-१३२
बलिङ ः बरुण शिवराम ३-०-१३-०, मोहित कुलकर्नी ६-१-३०-१, अभिजित सिंह ८-१-२७-३, दर्शन चौहान ५.३-०-२२-०,
रेजा गजनाभी ८-०-३३-२, विकास गोपाल १-०-०९-० ।

साभारः कान्तिपुर अनलाइन

Saturday, February 7, 2009

एसीसी यू-१७ एलाइट कप: नेपाल र हङकङ भिड्ने

शरदप्रकाश धिताल

काठमाडौं, माघ २४ - सेमिफाइनल यात्रा सहज बनाउन नेपालले एसीसी यू-१७ एलाइट कपमा शनिबार जित यात्रा तय गर्नुपर्नेछ । पहिलो खेलमा १ सय ४ रनले कतारलाई पराजित गरेको नेपालले समूह 'ए' को लिगचरणअन्तर्गत दोस्रो खेलमा हङकङको सामना गर्दै छ । तर सेमिफाइनल प्रवेशका लागि हङकङलाई जित आवश्यक छ ।
दुवै अपरिचित प्रतिद्वन्द्वी भने होइनन् । यू-१७ भिडन्त पहिलो भए पनि नेपाल र हङकङ काठमाडौंमा भएको यू-१५ मा भिडेका थिए । त्यसमा नेपाल १ सय ५४ रनले विजयी भएको थियो । त्यसबेलाका आठ खेलाडी वर्तमान नेपाली टिममा छन् ।
'सेमिफाइनलमा सुरक्षित रहन पनि जित आवश्यक छ,' नेपाली प्रशिक्षक रोय डायस भन्छन् । 'पहिलो जितलाई अन्तिमसम्म कायम राख्न चाहन्छौं,' उनले भने । दोस्रो खेलमा ब्याटिङ सुधि्रने उनको विश्वास थियो । 'हङकङलाई कमजोर आँक्नु हँुदैन,' भक्तपुर मैदान नेपाली टिमका लागि नयाँ भएको डायसले बताए । हङकङका प्रशिक्षक शेरबहादुर लामाले दोस्रो खेलमा हार बेहोरेका कारण जित्नुपर्ने बाध्यता रहेको विचार राखे । 'सेमिफाइनल प्रवेशका लागि नेपालविरुद्ध 'गर या मर' को स्थितिमा उत्रनेछौं,' हङकङ टिमका नेपाली प्रशिक्षक लामाले भने । 'नेपालविरुद्धको खेल सधैं विशेष हुने गर्छ,' लामाले भने, 'नेपालसँग हारेमा हामी अरू टिमको नतिजामा भर पर्न बाध्य हुनेछौं ।' उमेर समूहमा नेपाल र हङकङको स्तर उस्तै रहेकाले जसले राम्रो खेल्छ, उसले जित्ने विचार उनको थियो । दोस्रो खेलको अन्तिम बलमा कतारसँग पराजित हुनु दुर्भाग्यपूर्ण रहेको र त्यसले थप दबाबमा रहेको उनको भनाइ थियो । 'हङकङको ब्याटिङ राम्रै छ, केही सुरुआती ब्याट्सम्यान चल्नुपर्छ,' उनको भनाइ थियो । 'नेपालविरुद्ध २ सयभन्दा बढी रन बनाउनुपर्ने वा उसलाई त्यसभन्दा कम स्कोरमा रोक्नुपर्छ,' लामाले भने ।

समूहमा एक खेल कम खेलेको नेपाल नेट रनरेटका आधारमा पहिलो स्थानमा छ भने एक खेलमा जित तथा अर्कोमा हार बेहोरेको हङकङ दोस्रो स्थानमा र कतार तेस्रो स्थानमा छ । तीनवटै टिमको समान २/२ अंक छ । एक खेलमात्र खेलेको सिंगापुर अंकविहीन चौथो स्थानमा छ । कतारले शनिबार पुल्चोक मैदानमा सिंगापुरको सामना गर्दैछ । उसले हङकङमाथि एक विकेटको रोमाञ्चक जित हात पार्दै सेमिफाइनल सम्भावना कायम राखेको थियो ।

आजका खेलहरू

यूएईविरुद्ध मलेसिया- कीर्तिपुर मैदान
सिंगापुरविरुद्ध कतार- पुल्चोक मैदान
नेपालविरुद्ध हङकङ- भक्तपुर मैदान

साभारः कान्तिपुर दैनिक

Friday, February 6, 2009

मलेसिया र कतारको जित

काठमाडौं, माघ २३ - पभिथरन नादाइसानले उत्कृष्ट पाँच विकेट लिएपछि एसीसी यू-१७ एलाइट कपमा बिहीबार मलेसियाले कुवेतमाथि सात विकेटको जित दर्ता गर्‍यो ।
समूह 'बी' को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत मलेसियाली कसिलो बलिङ आक्रमणसामु टिक्न सकेन । वीरेन्द्र सैनिक मैदान, भक्तपुरमा भएको खेलमा कुवेती टिम २३ ओभरमा ६३ रनको झीनो स्कोरमा समेटियो । उसलाई सस्तोमा समेट्न निशाधेनले ७ ओभर बलिङ गर्दै तीन मेडनसाथ १४ रन खर्चे ।

कुवेतका लागि खालिद लियाकतले अविजित १२ तथा उस्मान घानीले १० रन जोडे ।

जवाफमा मलेसियाका जुवेर नाजमीले ३१ रनको योगदान दिए । यसै समूहको अर्को खेलमा यूएईले बहराइनमाथि ७३ रनको जित हात पार्‍यो ।

पहिले ब्याटिङ गरेको यूएईले ब्यंटा कृष्णन भार्गवको ९५ तथा रिउविन जाई अब्राहमको अर्धशतक मदतले ६ विकेट क्षतिमा २ सय २३ रन बनायो । जवाफमा बहराइन ३३ ओभर १ बलमा १ सय ५० रनमा अलआउट भयो ।

पुल्चोक मैदानमा यूएईका भार्गवले ९९ बलमा १२ चौका र एक छक्का प्रहार गरेका थिए । उनी समीरको बलमा सरदीप सिंहको हातबाट समातिए । त्यस्तै ५० रन बनाएका अब्राहम माज जाफरको बलमा बोल्ड भए ।

पहिलो खेलमा जित हात पारेको बहराइनको सुरुआत राम्रो हुन सकेन । टिमको १६ रन हुँदा दुई विकेट गुमाएको बहराइनका समीर युसुफले ५५ रनको योगदान दिए भने सामुएल भिगासले ३९ रन बनाए । यूएईका महम्मुद सलार बाकिरले चार विकेट लिए ।

समूह 'बी' मा एक-एक खेलमा जित हात पारेका मलेसिया र यूएई पहिलो र दोस्राे स्थानमा छन् । एकमा जित र अर्कोमा हार बेहोरेको बहराइन तेस्रो तथा दुवै खेलमा हार बेहोरेको कुवेत अन्तिममा छ ।

समूह 'ए' को खेलमा कतारले हङकङमाथि एक विकेटको रोमाञ्चक जित हात पार्‍यो ।

त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । प्रत्युत्तरमा कतारले ९ विकेट क्षतिमा १ सय ७७ रन बनायो ।

नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कतारका कप्तान तमुर साजादले आफ्नो प्रदर्शन दोहोर्‍याए ।

नेपालविरुद्ध ७२ रनको आकर्षक इनिङ खेलेका साजादले हङकङविरुद्ध पनि ७२ रन बनाए । समूहमा एक खेल खेलेको नेपाल अग्रस्थानमा छ भने हङकङ दोस्रो, कतार तेस्रो र सिंगापुर अन्तिममा छन् ।


साभारः कान्तिपुर अनलाइन

Thursday, February 5, 2009

जितसँगै नेपाली अभियान सुरु

शरदप्रकाश धिताल

काठमाडौं, माघ २२ - उमेर समूहका सबै एसीसी स्तरीय क्रिकेट उपाधि जित्ने अभियानको पहिलो खुडकिलोमा बुधबार नेपालले सफलता पाएको छ । एसीसी यू-१७ एलाइट कपको समूह 'ए' को खेलमा नेपालले कतारलाई १ सय ४ रनले हरायो । सहज जितका बावजुद उपाधितर्फ आँखा गाढेका नेपाली प्रशिक्षक रोय डायसले भने, 'अझै धेरै बाटो पार गर्नु छ ।' पुल्चोक इन्जिनियरिङ मैदानमा सुधारिएको प्रदर्शन गरेको नेपाली टिम पूरै ४० ओभर मैदानमा टिकेको थियो ।घरेलु दर्शकको समर्थन पाएको नेपाली टिमले आठ विकेट क्षतिमा २ सय ८ रन बनायो । राष्ट्रिय प्रतियोगितामा सहभागी ८४ मध्ये उमेर परीक्षणबाट छानिएका १४ खेलाडीमात्र टिममा राखेको नेपालले राम्रो सुरुआत गर्‍यो ।

सधैं राष्ट्रिय टिमको समस्याका रूपमा देखिएको ब्याटिङ केही मात्रामा भए पनि सुधारिएको देखिएको थियो । पहिलोपटक एक आपसमा भिडेका कतारविरुद्ध कृतेन गुरुङ र सागर पुनले पहिलो विकेटका लागि ४५ रन बनाए । सागरले ३ चौका मदतले २३ रन जोडे ।'जितका साथ सुरुआत गर्नु राम्रो हुन्छ,' डायसले भने । उनले नेपालले ब्याटिङमा अझ सुधार गर्नुपर्ने राय राखे । प्रदीप सस्तैमा आउट भएको उनले बताए । प्रदीप ऐरीले दुई रनमात्र जोडेका थिए । व्यक्तिगत ४ चार रनमा जीवनदान पाएका कृतेनले ६ चौकम मदतले ३८ रन बनाए ।

उनले दोस्रो विकेटका लागि कप्तान पृथु वास्कोटासँग ५१ रनको महत्त्वपूर्ण साझेदारी गरे । पृथुले ३८ रनको योगदान दिए । विजयी टिमका लागि निश्चल चौधरीले ३४ तथा आकाश परियारले २२ रन जोडे । नेपाली बलरले कशिलो प्रदर्शन गरेपछि कतार टिम २३ ओभर ५ बलमा १ सय ४ रनमा समेटियो । तीव्र बलर कृष्ण कार्कीले तीन तथा भुवन कार्की र प्रदीपले दुई/दुई विकेट लिएका थिए । प्रदीपले राष्ट्रिय प्रतियोगिताका क्रममा लागेको चोटका कारण प्रशिक्षणमा बलिङ गरेका थिएनन् । 'ओपनिङ बलरहरूले राम्रो गरे' नेपाली कप्तान पृथुले भने । 'सुरुमा विकेट चाहिएको थियो, त्यो पाउनाले सजिलो भयो,' उनले भने ।

लिगमा जितले फाइदा पुर्‍याउने उनको भनाइ थियो । कतारका लागि कप्तान सुमर सादतले मात्र आकर्षक इनिङ खेले । उनले ८४ बलमा १० चौका र ३ छक्का मदतले ७२ रन बनाए । उनलाई अन्य कुनै सहकर्मीले साथ दिन सकेनन् । कतारका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाएनन् । 'म्यान अफ द म्याच' सादत कतारी टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् । दुई विकेट लिएका सादतले यू-१३, १५, १७ र १९ को साथै राष्ट्रिय टिममा पनि सहभागिता जनाइसकेका छन् । 'नेपाली बलरले अत्यन्त राम्रो प्रदर्शन गरे, उनीहरूले आफ्नो उमेर समूहको भन्दा स्तरीय खेल देखाए,' कतारका प्रशिक्षक मोहम्मद अन्जद वेगले भने ।
उनले आफ्नो स्पिनरहरूले राम्रो प्रदर्शन गर्न नसकेका कारण नेपालले ठूलो लक्ष्य तयार गरेको विचार राखे । 'अर्को खेलका लागि अनुभव प्राप्त भएको छ, ब्याटिङ क्रम र बलिङमा परिवर्तन गर्नु पर्छ,' वेगले भने ।

बिहीबारका खेल
कतारविरुद्ध हङकङ- त्रिवि मैदान
बहराइनविरुद्ध यूएई- पुल्चोक मैदान
कुवेतविरुद्ध मलेसिया- भक्तपुर मैदान
बहराइन र हङकङ विजयी

काठमाडौं- एसीसी यू-१७ का अन्य खेलमा बहराइन र हङकङ विजयी भएका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बहराइनले कुवेतलाई १ सय २५ रनले

हरायो । पहिले ब्याटिङ गरेको वहराइनले ३७.५ ओभरमा २ सय २५ रन बनायो । प्रत्युत्तरमा कुवेत १९.२ ओभरमा सय रनमा सीमित भयो । वीरेन्द्र सैनिक खेल मैदान भक्तपुरमा भएको अर्को खेलमा हङकङले सिंगापुरलाई सात विकेटले हरायो । सिंगापुरले ३८.४ ओभरमा बनाएको १ सय ३७ रनको जवाफमा हङकङले ३२.४ ओभरमा ३ विकेट गुमाउँदै जित हात पार्‍यो ।

स्कोरबोर्ड

नेपाल

कृतेन गुरुङ एलबीडब्लू इस्टिक ३८
सागर पुन क. ताहा मुहम्मद बो. रमेश २३
पृथु बास्कोटा स्टम्प ताहा मुहम्मद बो. साहिद ३८
प्रदीप एैरे एलबीडब्लू इस्टिक ०२
निश्चल चौधरी क. साद बो. तमुर ३४
भुवन कार्की क. अलि बो. फैजन ०७
कृष्ण कार्की क. तलल बो. फैसल ११
आकाश परियार बो. राहुल २२
विवेक दली नटआउट ०३
रोचक भट्ट नटआउट ०३

अतिरिक्त ः -नोबल १, वाइड १९, बाई ३, लेगबाई ४) २७
कुल ः -४० ओभरमा आठ विकेट गुमाएर) २०८

विकेट पतन ः १-४५, २-९८, ३-९९, ४-१४९, ५-१६५, ६-१७२, ७-१९८, ८-२०३
बलिङ ः तमुर साहिद ८-०-४३-२, राहुल रमेश ८-०-३९-२, फैजन अहमद ८-१-३६-१, अलि इस्टिक ८-०-३३-२, तलल खान २-०-१५-०, फैसल ६-०-३५-१

कतार

ताहा मुहम्मद रनआउट ०३
साद खान क. निश्चल बो. कृष्ण ००
फैजन अहमद बो. कृष्ण ००
तमुर सजद क. प्रदीप बो. भुवन ७२
अलि इस्टिक क. सागर बो. कृष्ण ०१
हसन मिर्जा क. कृतेन बो. कृष्ण ०२
तलल खान बो. प्रदीप ०६
फैसल राउफ बो. प्रदीप ०५
राहुल रमेश स्टम्प आकाश बो. भुवन ०४
सुल्तमन खान बो. भुवन ००
अब्दुल रहेमान नआउट ००

अतिरिक्त ः -नोबल ५, वाइड ३ लेगबाई ३) ११
कुल ः -२३.५ ओभरमा सबै विकेट गुमाएर) १०४

विकेट पतन ः १-४, २-६, ३-११, ४-१४, ५-२९, ६-४६, ७-६६, ८-७५, ९-७५, १०-१०४
बलिङ ः कृष्ण कार्की ५-०-१९-३, अभिनाश कर्ण ५-१९-१, प्रदीप एैरे ६-१-२७-२, भुवन कार्की ६.५-१-३५-३, पृथु बास्कोटा १-०-१-०

साभारः कान्तिपुर अनलाइन

Wednesday, February 4, 2009

एसीसी यू-१७ एलाइट कप: नेपाल ऐतिहासिक सफलताको संघारमा

शरदप्रकाश धिताल
काठमाडौं, माघ २१ - नेपाल उमेर समूहका सबै एसीसी स्तरीय क्रिकेट प्रतियोगिता जित्ने ऐतिहासिक उपलब्धिनजिक छ । बुधबारबाट काठमाडौंमा सुरु हुने एसीसी यू-१७ क्रिकेटको उपाधि चुमे नेपालले उमेर समूहका सबै प्रतियोगिता जितेर सफलताको अनुपम झन्डा गाड्नेछ । एसीसीको आयोजनामा यू-१७ स्तरमा अन्तिमपटक प्रतियोगिता हुँदैछ । उमेर समूहका एसीसी यू-१५ र १९ मा जित हात पारेको नेपाल यू-१७ मा भने दुर्भाग्यशाली रहेको छ । उसले कुनै पनि संस्करणमा उपाधि जित्न सकेको छैन । सन् २००५ मा मलेसियामा भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुगेको थियो ।

तर इन्डोनेसियाको जंगलमा लागेको आगोको धूवाँका कारण प्रतियोगिता बीचैमा रोकियो । नेपालले यस उमेर समूहमा चारपटक सहभागिता जनाएको छ । पहिलोपटक सन् २००० मा पाकिस्तामा भएको आईसीसी यू-१७ एसिया कपमा नेपालले पहिलो खेलमा कुवेतसँग हार बेहोरेको थियो । नेपालले यसबाहेक बंगलादेशमा भएको एसीसी यू-१७ एसिया कप, सन् २००४ मा भारतमा भएको एसीसी कप फर यू-१७ मा सहभागिता जनाएको छ । नेपालले अहिलेसम्म खेलेका १७ खेलमध्ये आठमा जित र आठमा हार बेहोरेको छ । एउटा खेलको नतिजा निस्केन ।

नेपाल टेस्ट खेल्ने राष्ट्रविरुद्धका छ खेलमध्ये सबैमा पराजित रहेको छ । नेपाल पाकिस्तानविरुद्ध ३, बंगलादेशविरुद्ध २ र भारतसँग एक खेल हारेको छ । टेस्ट नखेल्ने अफगानिस्तानसँग पनि हारेको छ । जित लक्ष्य सम्भवतः उमेर समूहमा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगितामा टिमको जिम्मेवारी लिइरहेका प्रशिक्षक रोय डायस सुखद अन्त्य चाहन्छन् । यू-१७ मा नेपालको पराजयको क्रम टार्ने यो सबैभन्दा सुनौलो मौका छ । टेस्ट नखेल्ने राष्ट्रमात्र सहभागी प्रतियोगितामा नेपालले सबैभन्दा बलियो चुनौती पेस गर्न सक्छ ।

'हामी जितका लागि उत्रने छौं,' प्रशिक्षक रोय डायसले भने । उनले मलेसिया सबैभन्दा बलियो प्रतिद्वन्द्वी भएको बताए । नेपालको बलिङ र फिल्डिङ बलियो भएको उनको भनाइ थियो । 'अरू उमेर समूहभन्दा ब्याटिङ बलियो भए पनि नयाँ खेलाडीमा 'बिग सट' खेल्ने समस्या छ,' उनले भने ।

धेरै खेलाडीमा अन्तर्राष्ट्रिय अनुभव र करिब डेढ महिना प्रशिक्षणमा रहनु सुखद पक्ष रहेको उनले बताए । नेपाली खेलाडीमा चोटको सामान्य समस्या रहेको र आवश्यक परे प्रदीप ऐरीलाई बलिङ गराउन सक्ने उनले जानकारी दिए ।

प्रदीप यू-१७ राष्ट्रिय प्रतियोगितामा नेपालगन्जविरुद्ध खेलमा घाइते भएका थिए । नेपालले पहिलो खेल बुधबार कतारविरुद्ध खेल्दैछ । कतार यू-१७ मा नेपालको नयाँ प्रतिद्वन्द्वी हो ।

तयारी पूरा

नेपाल क्रिकेट संघ -क्यान) ले मंगलबार पत्रकार सम्मेलन गरी एसीसी यू-१७ को तयारी पूरा भएको जानकारी दिएको छ । क्यान अध्यक्ष विनयराज पाण्डेले प्रतियोगिताका लागि एसियाली क्रिकेट परिषद्बाट ८७ लाख प्राप्त भएको बताए ।

उनले यसैबाट खेलाडीको यातायात, होटल तथा सबै व्यवस्थापन खर्च बेहोर्ने जानकारी दिए । 'यसले खेलको मात्र होइन, देशको समग्र होटल तथा पर्यटन व्यवसायमा पनि सकारात्मक असर पर्छ,' उनले भने । क्यान महासचिव टंकप्रसाद पनेरुले नेपालले सहभागिताअघि उमेर परीक्षणमा कडाइ गरेको र यसमा कुनै समस्या नआउने बताए ।

'नेपाल सफल आयोजनाका लागि प्रतिबद्ध छ,' उनले भने । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर, पुल्चोक इन्जिनियरिङ मैदान र वीरेन्द्र सैनिक मैदान, भक्तपुरमा खेल हुने जानकारी उनले दिए ।

उमेरको समस्या नआउने

यसपटक एसीसीले प्रतियोगिताअघि सबै सहभागी राष्ट्रका खेलाडीको उमेर परीक्षण गरेकाले बढी उमेरको समस्या नआउने भएको छ । एसीसीका इभेन्ट एक्जुकेटिभ हरिदास केकेले पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन् । यसअघि नेपालमा भएको एसीसी यू-१५ को बीचमा खेलाडीको उमेर परीक्षण गर्दा आयोजकसहित ८ राष्ट्र अयोग्य ठहरिएका थिए ।

दुई खेलाडी अनिवार्य

प्रतियोगितामा सहभागी राष्ट्रले खेलाडी छनोट गर्दा अन्तिम ११ मा आफ्नै राष्ट्रका दुई खेलाडी अनिवार्य सहभागी गराउनुपर्नेछ । हरिदासले दिएको जानकारीअनुसार खेलअघि म्याच रेप|mीले यसका बारेमा निरीक्षण गर्नेछन् । पहिलो खेलमा नेपालविरुद्ध भिड्न लागेको कतार टिममा आफ्नो राष्ट्रका दुईमात्र खेलाडी सहभागी छन् ।

नेपाली टिम
पृथु बाँस्कोटा -कप्तान), प्रदीप ऐरी, सागर पुन, रोचक भट्ट, निश्चलसिंह चौधरी, विवेक दली, कृतेन गुरुङ, भुवन कार्की, कृष्ण कार्की, अविनाश कर्ण, आयुष राणा, अमनदीप सिंह, प्रतीक सिंह र आकाशसिंह परियार ।

प्रशिक्षक- रोय डाय, ससहायक प्रशिक्षक- मञ्जुर आलम खान ।

बुधबारको खेल
बहराइनविरुद्ध कुवेत- त्रिवि मैदान
नेपालविरुद्ध कतार- पुल्चोक मैदान
सिंगापुरविरुद्ध हङकङ- भक्तपुर मैदान

साभारः कान्तिपुर अनलाइन

Friday, August 1, 2008

एसिया कप खेल्ने सपना चकनाचुर

काठमाडौँ। सन् २०१० मा हुने एसिया कप क्रिकेट खेल्ने नेपालको सपना पूरा नहुने भएको छ। एसीसी ट्रफी एलिट क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज यूएईसँग ६ विकेटले पराजित भएपछि नेपालको एसिया कप खेल्ने सपना चकनाचुर भएको हो। मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा जितका लागि १ सय ६७ रनको लक्ष्य पाएको यूएईले ४५ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४७ दशमलव ३ ओभरमा सवै विकेट गुमाएर १ सय ६६ रन बनायो। नेपालका शक्ति गौचनले ३५ तथा शरद भेषवाकरले ३३ रन बनाए। लिग चरणका सबै ४ वटा खेलमा जित हात पार्दै समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल लिग चरणको प्रदर्शन दोहोर्‍याउन नसक्दा पराजित भएको हो।

Sourse of weekly Nepal

Tuesday, July 29, 2008

नेपाल सेमिफाइनलनजिक

काठमाडौं, साउन १३ - नेपाल पारस खडकाको उत्कृष्ट ब्याटिङ मदतले एसीसी ट्रफी एलाइट क्रिकेटमा सोमबार लगातार तेस्रो जित हात पार्दै सेमिफाइनलनजिक पुगेको छ । नेपालले समूह 'बी' को आफ्नो तेस्रो खेलमा सिंगापुरलाई छ विकेटले हरायो ।
नेपालको तीन खेलबाट ६ अंक भएको छ भने त्यति नै खेल खेलेको हङकङको ४ अंक छ । नेपाल सेमिफाइनल पुग्ने निश्चित देखिए पनि अन्य टिमको गणितीय सम्भावना कायमै छ ।
किनारा ओबल मैदानमा सिंगापुरविरुद्ध १ सय ५६ रनको विजयी लक्ष्य नेपालले ४० ओभर पा“च बलमा चार विकेट गुमाएर प्राप्त गर्‍यो । नेपालको जितमा उपकप्तान पारसको अविजित ७१ रन योगदान रह्यो । टिमले विजयी लक्ष्य भेटाउ“दा पारसलाई शक्ति गौचनले अविजित ३० रनमा साथ दिइरहेका थिए ।
नेपालले लगातार तेस्रो खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्‍यो । 'म्यान अफ द म्याच' पारसले ९७ बलमा आठ चौका र दर्ुइ छक्का प्रहार गरे । पहिलो विकेटका लागि गतिलो साझेदारी गर्न नसके पनि मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट पर््रदर्शन गर्दै नेपालको जितलाई सहज बनाए ।
नेपालले टिमको ४ रन स्थितिमा परेश लोहनीलाई गुमाएको थियो । प्रारम्भिक ब्याट्सम्यान परेश ३ रन जोडी सिंगापुरका प्रमोद राजाको बलमा बोल्ड भए । अर्का प्रारम्भिक ब्याट्सम्यान कनिष्क चौगाईंले १६ रन योगदान गरे । शरद भेषावकर ९ रन जोडेर पेभेलियन फर्के भने ज्ञानेन्द्र मल्लले १७ रन बटुले । ज्ञानेन्द्रले पारसस“ग चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे ।
शक्ति र पारसले अविजित ६२ रनको साझेदारी गरेर टिमलाई विजयी लक्ष्यसम्म पुर्‍याएका थिए । शक्तिले ३० रन जोड्न ४६ बलको सामना गरे । त्यसमा चार चौका समावेश रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरको सुरुको ब्याटिङ क्रमलाई नेपाली तीव्र गतिका बलर महबुब आलमले ध्वस्त पारे । सिंगापुरले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १ सय ५५ रन जोडेको थियो । महबुबले सिंगापुरले खाता नखोलेको अवस्थामा प्रारम्भिक ब्याट्सम्यान ग्लेन मेयरलाई पाखा लगाए ।
सिंगापुरका लागि अर्का प्रारम्भिक ब्याट्सम्यान चेतन र्सर्ूयवंशीले ३२ रन योगदान गरे । उनी पनि महबुबकै बलमा बोल्ड भए । महबुबले तीनै ब्याट्सम्यानलाई बोल्ड पारे । उनले १० ओभरमा तीन मेडन राख्दै २५ रनमात्र खर्चे ।
नेपालका लागि अर्का बलर शक्ति गौचन र राजकुमार प्रधानले दर्ुइ-दर्ुइ विकेट बा“डे । शक्तिले किफायती बलिङ गरे । उनले १० ओभरमा एक मेडन राख्दै १७ रनमात्र दिए । राजकुमारले ६ ओभरमा दर्ुइ मेडनसहित ११ रन खर्चे । सिंगापुरका लागि चामिन्दा रुवानले ४० रनको उच्च योगदान गरे ।
नेपालले समूह चरणको अन्तिम खेल कुवेतस“ग खेल्नेछ । त्यस्तै, अन्य खेलमा यर्ूर्एइले बहराइनलाई ८ विकेटले हरायो भने हङकङले कतारलाई १ सय ७६ रनले पराजित गर्‍यो ।
Sourse of eKantipuronline.com

Sunday, July 27, 2008

नेपालको लगातार दोस्रो जित

काठमाडौं, साउन ११ - नेपालले एसीसी ट्रफी एलाइट क्रिकेटमा शनिबार लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा सञ्चालन भइरहेको प्रतियोगितामा उसले कतारलाई सात विकेटले सजिलै हरायो ।
नेपाली बलर शक्ति गौचनले किफायती बलिङ गरेपछि कतारले ४७ ओभर दर्ुइ बलमा सबै विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार पार्‍यो । 'म्यान अफ द म्याच' शक्तिले १० ओभरमा तीन मेडन राख्दै तीन विकेट हात पारे । उनले २५ रन मात्र खर्चे ।
रोयल मिलेट्री कलेजमा भएको प्रतिस्पर्धामा नेपाली ब्याट्सम्यानको पर््रदर्शन दोस्रो दिन पनि उत्कृष्ट रह्यो । टिमलाई सजिलै विजयी लक्ष्यसम्म पुर्‍याउन शरद भेषावकर र ज्ञानेन्द्र मल्लले महत्त्वपर्ूण्ा भूमिका खेले । उक्त जोडीले अविजित १ सय २६ रनको साझेदारी गरेपछि नेपालले ३७ ओभर तीन बलमा तीन विकेट गुमाएर १ सय ७२ रनको विजयी लक्ष्य भेटायो ।
ज्ञानेन्द्रले अविजित ७६ रन जोडे । उनले ८२ बलमा पा“च चौका र दर्ुइ छक्का प्रहार गरे । ज्ञानेन्द्रलाई गतिलो साथ दिएका शरदले पनि अर्द्धशतक पूरा गरे । उनले १ सय ४ बलमा अविजित ५१ रन बटुले । शरदले तीन चौका हिर्काए ।
नेपालको सुरुवात भने फितलो रह्यो । नेपालले ४ रनको स्थितिमा प्रारम्भिक ब्याट्सम्यान परेश लोहनीलाई गुमायो । परेशले पा“च बलमा ४ रन बटुलेका थिए । एक चौका हानेका परेश अब्बास खानको बलमा ओमर ताजद्वारा समातिए । अर्का प्रारम्भिक ब्याट्सम्यान कनिष्क चौगाईंले २० रनको योगदान गरे । उनले ३३ बलमा दर्ुइ चौका प्रहार गरे । शुक्रबार हङकङविरुद्धको खेलमा जित हासिल गर्न महत्त्वपर्ूण्ा भूमिका निर्वाह गरेका पारस खडकाले ३ रनमात्र जोडे । उनी पनि अब्बासको सिकार बने । नेपाललाई ४६ रनमा तीन विकेट गुमाएको स्थितिबाट शरद र पारसले विजयी लक्ष्यसम्म पुर्‍याएका थिए । बलिङतर्फकतारका अब्बासले १० ओभरमा दर्ुइ विकेट लिएर ४० रन खर्चे ।
कतारको सुरुवात भने राम्रो रह्यो । उसको प्रारम्भिक जोडीले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गर्‍यो । टिमका लागि र्सवाधिक ४८ रन जोडेका ओमर ताजलाई वसन्त रेग्मीले बोल्ड पारे ।
शक्तिस“गै वसन्तले तीन विकेट हात पारे । उनले नौ ओभरमा एक मेडनसहित ३० रन दिए । कप्तान विनोद दासले दर्ुइ विकेट लिए भने अमृत भट्टर्राई र शरदले एक-एक विकेट बा“डे ।
Sourse of eKantipuronline.com

Saturday, July 26, 2008

नेपालले हङकङलाई हरायो

पारस खड्काले अर्धशतक पूरा गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी ट्रफी एलिट कप प्रतियोगितामा हङकङलाई ४४ रनले पराजित गरेको छ । प्रतियोगितामा नेपालले हङकङलाई पराजित गरेको यो लगातार दोस्रो पटक हो । यसअघि सन् २००६ मा नेपालले हङकङलाई ८७ रनले पराजित गरेको थियो । त्यसअघि भने नेपालले लगातार तीनपटक हङकङसँग पराजय भोगेको थियो । मलेसियाको क्वालालम्पुरमा शुक्रबार सुरु भएको प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ रोज्यो । सेलङ्गर टर्फ क्लबमा विजयी सुरुवात गर्ने क्रममा नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाई दुई सय ४५ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो । सो योगफल तयार गर्न पारस खड्काले ८१ रनको प्रभावकारी इनिङ खेले । उनले ७२ बलमा आठ चौका र तीन छक्काको मद्दतले सो रन जोडेका थिए । मध्यक्रमका ब्याट्सम्यान खड्का जेड अब्बासको बलमा आई गुलबाट छैटौं विकेटका रूपमा समातिए । यसअघि कनिस्क चौगाइर्ं पहिलो विकेटका रूपमा डकआउट हुँदा नेपाल एक रन जोडेको अवस्थामा थियो । चौगाईं आई अहमदबाट बोल्ड भएका थिए । नेपालका लागि शरद भेषवाकरले ४८, परेश लोहनीले ४२, ज्ञानेन्द्र मल्लले २३ र महबुब आलमले २० रनको योगदान दिए । नेपालले निर्धारित ओभर पूरा गर्दा शक्ति गौचन १२ रनमा र महेश क्षेत्री दुई रनमा अविजित थिए । ७३ बलको सामना गरेका भेषवाकरले नौ चौका प्रहार गरेका थिए । बलिङको क्रममा हङकङका एम अहमद र इलियास गुलले दुई/दुई विकेट लिए । नेपालले दिएको दुई सय ४६ रनको विजयी लक्ष्य पछ्याउन आएको हङकङ निर्धारित ओभरमा नौ विकेट गुमाई दुई सय एक रनमा समेटिएको थियो । टोलीका लागि बी हुसेनले सर्वाधिक ५२ रनको योगदान दिए । हङकङलाई विजयी लक्ष्यसम्म पुग्न नदिन कप्तान विनोद दास र बसन्त रेग्मीले तीन-तीन विकेट लिएका थिए । यसैगरी, महबुब आलम र पारस खड्काले एक/एक विकेट लिए । बलिङ र ब्याटिङ दुवैमा जमेका पारस म्यान अफ द म्याच घोषित भए । दुई वर्षपछि हुने एसिया कपका लागि छनोट खेलसमेत रहेको प्रतियोगितामा हङकङमाथिको विजयसँगै नेपालले दुई अंक बटुलेको छ । अब नेपालले शनिबार कतारविरुद्ध खेल्नेछ ।

Wednesday, July 23, 2008

नेपालको लगातार तेस्रो जित

काठमाडौं, साउन ६ - एसीसी ट्रफी एलाइट कप क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका क्रिकेट बोर्ड-११ विरुद्ध अभ्यास खेलमा सोमबार लगातार तेस्रो जित हासिल गरेको छ । चार विकेटको जितस“गै नेपालले तीन म्याचको अभ्यास शृङ्खला ह्वाइटवास गरेको छ ।
कोलम्बोको मोरतुवा रंगशालामा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाली टिमले जितका लागि १ सय ५० रनको लक्ष्य पाएको थियो । उसले निर्धारित ५० ओभर समाप्त हुन १२ ओभर बा“की हु“दा छ विकेट क्षतिमा १ सय ५३ रन जोड्यो र मलेसिया जानुअघि आत्मविश्वास बलियो बनायो ।
नेपालका लागि परेश लोहनीले ३४ रनको उच्च योगदान गरे । उपकप्तान पारस खडका विजयी लक्ष्य भेटाउ“दा ३१ रनमा अविजित रहे । वसन्त रेग्मीले अविजित १० रन जोडे ।
नेपाली टिमका तर्फाट अन्य ब्याट्सम्यान दीपेन्द्र चौधरीले २४ र ज्ञानेन्द्र मल्लले २१ रनको योगदान गरे । बलिङतर्फनेपालका कप्तान विनोद दासले तीन विकेट हात पारे । अर्का बलर राजकुमार प्रधानले पनि तीन विकेट लिए । अमृत भट्टर्राईले दर्ुइ विकेट झारे भने सञ्जम रेग्मी र वसन्त रेग्मीले एक-एक विकेट बा“डे ।
यसअघि पहिले ब्याटिङ गरेको घरेलु टिमले ४९ ओभरमा सबै विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । नेपाली टिम प्रतियोगितामा सहभागी हुन बुधबार श्रीलंकाबाट मलेसिया प्रस्थान गर्दै छ ।
Sourse of eKantipur.com

Saturday, July 19, 2008

नेपाली टिमलाई सफलता

काठमाडौं, साउन ३ - एसीसी ट्रफी एलाइट कप क्रिकेटमा सहभागी हुने क्रममा श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा शुक्रबार जित हात पारेको छ ।
नेपाली टिमले श्रीलंका क्रिकेट बोर्ड-११ लाई ४ विकेटले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर २ बलमा सबै विकेट गुमाउ“दै १ सय ७३ रन बनायो । प्रत्युत्तरमा नेपाली टिमले ४० ओभरमा ६ विकेट गुमाउ“दै जित हात पार्‍यो । श्रींलका बोर्ड-११ विरुद्ध नेपाली टिमका अगुवा विनोद दासले ३ तथा शरद भेषावकरले २ विकेट लिए । त्यस्तै पारस खडका र राजकुमार प्रधानले १-१ विकेट लिए भने ३ खेलाडी रनआउट भए ।

नेपाली टिम व्यवस्थापक पवन अग्रवालले दिएको जानकारीअनुसार ब्याटिङमा नेपालका कनिष्क चौगाईंले ६२ रन बनाए । त्यस्तै, शक्ति गौचनले ४७ र पारस खडकाले २६ रन बनाए ।

यसअघि बिहीबारको खेलमा शरदको अलराउन्ड पर््रदर्शनले नेपाली टिमले श्रीलंका क्रिकेट बोर्ड बोर्ड-११ लाई २ रनले पराजित गर्‍यो । भेषावकरको अर्धशतक मदतले नेपालले ४५ ओभरमा ७ विकेट गुमाउ“दै २ सय ४८ रन बनायो । जवाफमा श्रीलंका ८ विकेट गुमाउ“दै २ सय ४६ रनमा सीमित भयो । कनिष्क चौगाईं र महेश क्षेत्रीले उत्कृष्ट सुरुवात दिलाउ“दै पहिलो विकेटका लागि ७८ रन बनाए । महेशले ६२ बलमा ५२ रन जोडेका थिए । त्यस्तै अमेरिकाबाट बिदामा फर्केका चौगाईंले ४३ रन जोडे । शरदले ६१ बलमा अविजित ५४ रन बनाए । बलिङमा नेपालका शरदले ४ विकेट लिए ।

नेपालले सोमबार अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्नेछ । त्यस्तै समूह 'बी' मा रहेको नेपालले लिग चरणमा जुलाई २५ मा हङकङ, जुलाई २६ मा कतार, जुलाई २८ मा सिंगापुर र जुलाई ३० मा कुवेतस“ग खेल्नेछ ।
साभार - कान्तिपुर दैनिक

Friday, July 11, 2008

उत्कृष्ट खेलाडी अवार्डमा सम्मानित।


एसियाली क्रिकेट काउन्सिलको उत्कृष्ट खेलाडी अवार्डमा सम्मानित नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय महिला क्रिकेट टिम क्याप्टेन नेरी थापा । पारस ँबेस्ट इमर्जिङ एसियन क्रिकेटर अफ द इयर’ तथा नेरी ँबेस्ट इमर्जिङ एसियन ओेमन क्रिकेटर’ भएका हुन् । दुवै पुरस्कार एसीसीका एसोसिएट्स सदस्यका लागि मात्र हुन् ।
Sourse of eKantipuronline

Tuesday, June 3, 2008

नेपाली टिम स्वदेश फर्कियो

नेपाली टिम स्वदेश फर्कियो
कास
काठमाडौं, जेठ २० - नेपाली टिमको ब्याटिङ स्तर सुधार्न नया“ र विदेशिएका राम्रा खेलाडीलाई टिममा ल्याउनुपर्ने नेपाली टिमका प्रशिक्षक रोय डायसले बताएका छन् ।
सेमिफाइनलमा अफगानिस्तानस“ग पराजित भएपछि विश्वक्रिकेट डिभिजन-फाइभमा तेस्रो ह“ुदै स्वदेश र्फकने क्रममा मंगलबार डायसले त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा सञ्चारकर्मीस“ग यस्तो प्रतिक्रिया दिए ।
'यसका लागि अनुभवी खेलाडीको आवश्यकता छ । म क्यानस“ग विदेशमा रहेका कनिष्क चौगाईं जस्ता खेलाडीलाई एसीसीका लागि बोलाउन आग्रह गर्छर्ुर्ु' उनले भने ।
डिभिजन फाइभको निर्ण्ाायक खेलमा फितलो ब्याटिङका कारण तेस्रो स्थानमा सीमित रहनुपरेको औंल्याउ“दै उनले ब्याटिङ सुधार्न टिम परिवर्तनको आवश्यकता रहेको बताए ।
डायसले प्रतियोगिताभर नेपालको बलिङ र फिल्डिङले प्रशंसा पाएको जानकारी दिए । 'महबुबको पर््रदर्शनबाट सबै प्रभावित थिए ।'
उनले एसीसी ट्रफीमा ब्याटिङ पक्ष परिवर्तन गर्ने सोच राखेको जानकारी दिए । डिभिजन-फाइभको सेमिफाइनल यात्रा तय गरेको नेपाली टिमलाई अन्तिम खेलको ब्याटिङमा सुरुवाती ब्याट्सम्यानले निराश पारेको उनको कथन थियो ।
नेपाली टिमका अगुवा विनोद दासले तेस्रो स्थानमै सीमित रहे पनि सन् २००० को एसीसी ट्रफीपछि नेपालको उत्कृष्ट पर््रदर्शन रहेको दाबी गरे । ब्याटिङक्रम राम्रो रह“दा पनि अफ्गानिस्तानस“ग सेमिफाइनलमा सामान्य रन लक्ष्य पछ्याउन नसकेको उनले स्वीकारे । 'अघिल्ला प्रतियोगिताको तुलनामा ब्याटिङ राम्रो थियो तर अन्तिम निर्ण्ाायक खेलमा राम्रो गर्न सकेनौं,' उनले भने ।
नेपाललाई अपराजित राख्दै सेमिफाइनल पुर्‍याउन अलराउन्डर महबुब आलमले ठूलो भूमिका निभाएका थिए । मोजाम्बिकविरुद्धको खेलमा दस विकेट लिएर नया“ कर्ीर्तिमान कायम गरेका उनी 'म्यान अफ द सिरिज' समेत घोषित भए ।
तर आलम त्यसबाट सन्तुष्ट देखिएनन् । 'मेरो पर््रदर्शन खेर गयो । मेरो सफलतास“गै नेपाली टिम सफल हुन सकेन,' उनको भनाइ थियो । 'मेरा लागि अब क्रिकेटमा असम्भव केही छैन, नेपाललाई विश्वकप खेल्ने बनाउनु मात्र हो,' उनले भने ।
विश्व कप खेल्ने सपना बोकेर त्यसको छनोट चरण डिभिजन-फाइभ खेल्न जर्सर्ीीुगेको नेपाली टिम अफगानिस्तानस“ग सेमिफाइनलमा ३७ रनले पराजित भएको थियो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा उसले अमेरिकालाई पराजित गरेको थियो ।
Sourse of Kantipuronine daily

Sunday, June 1, 2008

नेपाल तेस्रो स्थानमा

जेठ १९ - नेपाल आईसीसी विश्वक्रिकेट लिग डिभिजन फाइभ क्रिकेटमा शनिबार तेस्रो भएको छ । नेपालले संयुक्त राज्य अमेरिकालाई ९८ रनले पराजित गर्‍यो ।
पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा सबै विकेट गुमाउ“दै १ सय ८९ रन बनायो । नेपालका लागि पारस खड्काले र्सवाधिक ४८ रन बनाए । प्रत्युत्तरमा अमेरिका ४२ ओभर ४ बलमा ९१ रनमा समेटियो ।
नेपाललाई पराजित गर्दै फाइनल पुगेको अफगानिस्तानले आयोजक जर्सर्ीीई दर्ुर्ुइ विकेटले हराउ“दै पहिलो स्थान हासिल गर्‍यो । जर्सर्ीी९ ओभर ५ बलमा ८० रनमा समेटियो । अफगानिस्तानले ३८ ओभर ४ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

Saturday, May 31, 2008

नेपाल बाहिरियो

आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा नेपाल पराजित भएको छ । अफगानिस्तानसँग ३७ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलब ४ ओभरमा सबै विकेट गुमाई एक सय ४२ रनको योगफल तयार पारेको थियो । प्रतिउत्तरमा कीर्तिमान रच्दै अघि बढेको नेपाल ४५ दशमलब पाँच ओभरमा एक सय पाँच रनमा समेटिएको थियो । अफगानिस्तानका लागि मध्यक्रममा आएका एम नाबी इसाखिलले सर्वाधिक ४८ रन बनाएका थिए । त्यस्तै मध्यक्रमकै अर्का ब्याट्सम्यान रइस अहमदजियाले २२, कप्तान केके सेडेकले १८ तथा मोहम्मद स्टेनिकजियाले १८ रनको योगदान दिए । नेपालका लागि शक्ति गौचनले तीन, विनोद दासले दुई, महबुब आलम र पारस खड्काले एक/एक विकेट लिएका थिए । एक सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो अवस्थामा नै झड्का पाएको थियो । पहिलो ओभरको दोस्रो बलमा नै पारस लोहनी खाता खोल्न नपाई पेभेलियन फर्किएका थिए । नेपालका लागि महबुब आलमले सर्वाधिक १७ रन बनाएका थिए । उनका अतिरिक्त ज्ञानेन्द्र मल्ल, कप्तान विनोद दास र बसन्त रेग्मीले क्रमशः ११, १२ र १० रनको योगदान दिए । बाँकी सबै ब्याट्सम्यानले दोहारो अंकको स्कोर बनाउन सकेनन् । अफगानिस्तानका लागि डबलाट अहमदनीले सर्वाधिक तीन तथा गुल अबेद र हामिद हसले २/२ विकेट लिएका थिए ।

Wednesday, May 28, 2008

नेपाल सेमिफाइनलमा


नेपाल आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन फाइभ क्रिकेटको सेमिफाइनलमा मंगलबार प्रवेश गरेको छ ।
जर्सर्ीी भएको खेलमा नेपालले भानुतुलाई १ सय ८३ ले पराजित गर्‍यो । भानुतु ३२ ओभर १ बलमा ८३ रनमा समेटियो । यो नेपालको लगातार चौथो जित हो ।
यसअघि भानुतुले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले निर्धारित ४६ ओभरमा ९ विकेट गुमाउ“दै २ सय २० रन बनाएको थियो ।
नेपाली टिम व्यवस्थापक टंक पनेरुले दिएको जानकारीअनुसार महेश क्षेत्रीले र्सवाधिक ६५ रन बनाए । महबुब आलमले १९ बलमा ३४ रनको योगदान दिए । त्यस्तै, प्रारम्भिक ब्याट्सम्यान परेश लोहनीले २८ रनको योगदान दिएका थिए । वसन्त रेग्मी १९ रनमा अविजित रहे भने शरद भेषावकरले २० रन जोडे । भानुतुका निमोहोले ५३ रन खर्चेर ३ विकेट लिए ।

नर्वेमाथि १ सय ८ रनको फराकिलो जित


सोमबार भएको खेलमा नेपालले नर्वेमाथि १ सय ८ रनको फराकिलो जित दर्ता गरेको थियो । नेपालले पहिले ब्याटिङ गर्दै २ सय ४ रन बनाएको थियो । प्रत्युत्तरमा नर्वे ४६ ओभर ४ बलमा ९६ रनमा सीमित भएको थियो । नेपालले बुधबार अमेरिकास“ग लिग चरणको अन्तिम खेल खेल्नेछ

Monday, May 26, 2008

आलमको चमत्कार


देब्रेहाते तीव्र गतिका बलर महबुब आलमले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचेका छन् । आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत आइतबार भएको मोजाम्बिकविरुद्धको खेलमा उनले असाधारण बलिङ गर्दै सम्पूर्ण १० विकेट एक्लैले लिए । महबुबको घातक बलिङपछि मोजाम्बिक जम्मा १९ रनमा समेटिएको थियो । आइसिसीको मान्यताप्राप्त कुनै पनि अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबै विकेट एक्लैले लिने महबुब पहिलो बलर बनेका छन् । यसका लागि उनले सात ओभर पाँच बल बलिङ गर्दै १२ रन मात्र खर्चे । नेपालले पहिले ब्याटिङ गर्दै दुई सय ३८ रन बनाएको थियो । दुई सय १९ रनको विशाल अन्तरले नेपाल विजयी भयो । मोजाम्बिकका नौ ब्याट्सम्यान शून्य स्कोरमा पेभेलियन फर्केका थिए । राजविराजका अलराउन्डर महबुब तीनपटक ह्याटि्रकको संघारमा पुगेका थिए । सो क्रममा उनले एक मेडन राखे र एक दशमलब ५३ को इकोनोमी रेटमा सम्पूर्ण दस विकेटलाई पेभेलियनको बाटो देखाए । उनले चार नो बल फालेका थिए । सन् २००० मा यू-१९ क्रिकेट टोलीको सदस्यका रूपमा श्रीलंकाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटको थालनी गरेका आलमले आइतबार पहिलो ओभरको अन्तिम बलमा मोजाम्बिकका प्रारम्भिक ब्याट्सम्यान आइआइएम इखेरियालाई बोल्ड गरे । अर्का ब्याट्सम्यान एनजे कारिम पनि तेस्रो ओभरको पहिलो बलमै बोल्ड भए ।
आलमको अगाडि रन जोड्न सकेका मोजाम्बिकका खेलाडीमा सइद शाह (९) मात्र थिए । यद्यपि, शाहलाई पनि आलमले सातौं विकेटका रूपमा महेश क्षेत्रीको हातमा थमाएका थिए । यद्यपि, शाह आउट हुँदा १९ रनको अवस्थामा रहेको मोजाम्बिकले त्यसपछि कुनै रन जोड्न सकेन । आलमले कीर्तिमान बनाउन पाँच ब्याट्सम्यानलाई बोल्ड गरे भने चारजनालाई एलबिडब्लू धरापमा पारे । एक विकेटका लागि उनले महेश क्षेत्रीको सहारा लिएका थिए ।सन् २००० मा एसिसी ट्रफीबाट सिनियर राष्ट्रिय टोलीमा प्रवेश पाएका आलमले यसअघि सन् २००३ मा काठमाडौंमा भएको इमर्जिङ नेसन्स कपमा सर्वाधिक आठ विकेटको नेपाली कीर्तिमान बनाएका थिए । त्यसैगरी, सन् २००६ को एसिसी ट्रफीमा म्यान्मारविरुद्ध एकै इनिङमा सात विकेटसमेत लिएका थिए ।टेस्ट मान्यता पाएका मुलुकमा चामिन्दा भाषले जिम्बाबेविरुद्ध लिएको आठ विकेट नै सर्वाधिक सफल बलिङ रेकर्डका रूपमा रहेको छ । भाषले १९ रन खर्चेर सन् २००१ मा भएको एक खेलमा सो रेकर्ड राखेका थिए ।आलमले कीर्तिमान बनाएपछि खुसी भएका नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेले 'व्यक्तिगत रूपमै उनलाई पुरस्कृत गर्ने' नयाँ पत्रिकालाई बताए । 'यो आश्चर्यजनक प्रदर्शन हो, नेपाली टोलीले बलिङमा मात्र होइन ब्याटिङमा पनि आफूलाई सुधारेका छन् यो प्रतियोगितामा ।' अघिल्लो दिन -शनिबार) खेलका दौरान वर्षा सुरु भएपछि खेल रद्द भई आइतबार सुरुदेखि सञ्चालन भएको थियो ।अघिल्लो दिन नेपालले मोजाम्बिकलाई ७० रनमा समेटेपछि ब्याटिङ सुरु गर्दा भारी वर्षा सुरु भएको थियो । आलमले अघिल्लो दिन भने कुनै विकेट लिएका थिएनन् ।टस जितेको मोजाम्बिकले आइतबार भने पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा दुई सय ३८ रनको योगफल तयार गरेको थियो ।सो योगफल तयार गर्न ज्ञानेन्द्र मल्लले चार चौकाको मद्दतले ७१ रन जोडेका थिए । उनले र शक्ति गौचन (३४) ले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरेपछि नेपालले चुनौतीपूर्ण योगफल तयार गरेको थियो । एक समय नेपाल ३० रन जोड्दा तीन विकेटको फितलो अवस्थामा थियो । मल्लले पारस खड्का (४४) सँग पाँचौं विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । खड्काले ५० बलमा दुई चौका र एक छक्काको मद्दतले सो रन जोडेका थिए । यसैगरी अविजित रहेका आलमले २३ रन जोडेका थिए ।

क्रिकेट का हिरोहरू

अहिलेसम्म एकल १० विकेट लिन सफल भएका क्रिकेट खेलाडीहरू

१. जेम्स चार्ल्स लेकर ५१.२-२३-५३-१० विरूदॄ अस्ट्रेलिया २६ जुलाइ १९५६
२. अनिल राधाकृष्ण कुम्ब्ले २६.३-९-७४-१० विरूदॄ पाकिस्तान ०४ फेब्रुअरी १९९९
३. मेहबुब अलम ७.५-१-१२-१० विरूदॄ मोजाम्विक २५ मे २००८

Sunday, May 25, 2008

बलिङको सान



नेपाली राष्ट्रिय क्रिकेट टोलीका विनोद दास बलिङ एक्सनमा । आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत शनिबार मोजाम्बिकविरुद्धको नेपालको खेल वषर्ाका कारण रद्द भएको छ । क्रिकेट संघका महासचिव टंक पनेरुले इमेलमा दिएको जानकारीअनुसार खेल आइतबारदेखि सञ्चालन हुनेछ । वषर्ाले खेल प्रभावित हुनुअघि नेपालले मोजाम्बिकलाई २८ दशमलव पाँच ओभरमा ७० रनमा समेटेको थियो । विनोद दासले १६ रन र सञ्जम रेग्मीले आठ रन खर्चेर समान पाँच/पाँच विकेट लिएका थिए ।

Saturday, May 24, 2008

नेपालको शानदार जित


आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले समूह 'ए'को पहिलो खेलमा जर्मनीमाथि सहज सात विकेटको जित हासिल गरेको हो । नेपाली टोलीले आफ्नो बलिङक्षमताकै आधारमा सो जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको जर्मनीलाई नेपाली बलरले ३९ ओभर पाँच बलमा ६९ रनमा समेटेका थिए । ७० रनको विजयी लक्ष्यलाई नेपालले १९ ओभर २ बलमा तीन विकेटको क्षतिमा भेटेको थियो । जर्मनीविरुद्ध खेल्नुअघि लगातार तीन अभ्यास खेलमा जित हासिल गरेको नेपाली टोलीलाई उपाधि दाबेदारमध्येको एक मानिएको छ । नेपालले जर्मनीसँग खेल्नुअघि अभ्यासमा बहामास, गुयन्र्से र काठमाडौंमा पाकिस्तान क्रिकेट एकेडेमीलाई पराजित गरेको थियो । युरोपेली च्याम्पियनसिप डिभिजन-२ खेलमा तेस्रो भएपछि वल्र्ड क्रिकेट लिग डिभिजन-५ मा छनोट भएको जर्मनी कुनै पनि समय नेपालको बलियो प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत भएन । नेपालको बलिङ आक्रमणका अगाडि टोलीका आसिफ शाहमात्र २२ रन बनाउन सक्षम भए । जर्मनीलाई थोरै रनमा सीमित गर्न प्रारम्भिक बलर मेहबुब आलमले २४ रन खर्चेर तीन विकेट लिए । उता, स्पिनर सन्जम रेग्मीले घातक बलिङको नमुना देखाउँदै चार रनमात्र खर्चेर तीन विकेट लिए । नेपालले १० रन जोड्दा पहिलो विकेट गुमाए पनि महेश क्षेत्री अविजित रही २३ रन जोडेपछि जित हासिल गरेको थियो । अब नेपालले शनिबार मोजाम्बिकविरुद्ध समूह चरणको दोस्रो खेल खेल्नेछ ।

Friday, May 23, 2008

अभ्यास खेलमा नेपालको दोस्रो जित

आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत बुधबार राति भएको अभ्यास खेलमा नेपालले गुयन्र्सेलाई ७३ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा दुई सय नौ रनको योगफल तयार गरेको थियो । प्रत्युत्तरमा आएको गुयन्र्से सम्पूर्ण विकेट गुमाउँदा एक सय ३९ रनमात्र जोड्न सफल भयो । नेपालको जितमा शरद भेषवाकरको सफल ब्याटिङ र राजकुमार प्रधानको घातक बलिङले महत्त्वपूर्ण भूमिका खेल्यो । एक सय ३९ बलमा ७२ रन जोडेका भेषवाकरले मेहबुब आलम -४५) सँग एक सय तीन रनको साझेदारी गरेका थिए । उनीहरूको साझेदारीले नेपालको जितको आधार तय गरेको थियो । गुयन्र्सेको प्रभावशाली बलिङका कारण एक समय पाँच विकेटको क्षतिमा ६५ रन मात्र जोेडेको कमजोर अवस्थामा रहेको नेपाली टोलीलाई भेषवाकर र आलमले चुनौतीपूर्ण योगफलतर्फ लगेका थिए । नेपाली टोलीका लागि अविजित रहेका बसन्त रेग्मी -२०) र विनोद दास -१५) ले पनि महत्त्वपूर्ण योगदान दिए । नेपाली बलर हावी भएपछि प्रत्युत्तरमा आएको गुयन्र्से ४० रन जोड्दा चार विकेटको गुमाएको कमजोर अवस्थामा पुगेको थियो । यद्यपि, टोलीका कप्तान स्टुआर्ट प्रेभोस्टले ४१ र जेरेमी र्फथले २४ रनको योगदान दिए । बलिङमा राजकुमार प्रधानले ३६ रन खर्चेर चार विकेट लिए । यसैगरी, मेहबुब आलम र पारस खड्काले दुई/दुई विकेट तथा सन्जम रेग्मीले एक विकेट लिए । सो विजयसँगै नेपाली टोली बुधबार राति नै प्रतियोगिता आयोजनास्थल जर्सी लागेको छ । नेपालले प्रतियोगिताको पहिलो खेल शुक्रबार जर्मनीविरुद्ध खेल्नेछ । यसैगरी, नेपाल रहेको समूह 'ए'को अन्य दुई खेल पनि हुनेछ । समूह 'बी'का तीन खेल शुक्रबार हुनेछन् ।

Wednesday, May 21, 2008

नेपालको फराकिलो जित

जेठ ७ - नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा मंगलबार बहामासलाई २ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
आईसीसी विश्वकप लिग डिभिजन ५ क्रिकेट प्रतियोगितामा सहभागी हुन जर्सर्ीीान लागेको नेपाली टिमले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाउ“दै २ सय ७२ रन बनायो । टोलीका व्यवस्थापक टंक पनेरुले दिएको जानकारीअनुसार गुनर्सर्ीीाइसल्यान्ड यूकेमा भएको खेलमा प्रत्युत्तरमा बहामास टिम ३० ओभर ४ बलमा ७१ रनमा सीमित भयो । नेपाली टिमका लागि पारख खडकाले र्सवाधिक ६३ रनको योगदान दिए । उनले ४२ बलको सामना गरे ।
त्यस्तै शक्ति गौचनले ५० तथा ज्ञानेन्द्र मल्लले ४८ रनको उत्कृष्ट इनिङ खेले । नेपालका लागि दीपेन्द्र चौधरीले २९ तथा महबुब आलमले १९ र परेश लोहनीले १८ रन जोडे ।
बहमासलाई सस्तैमा समेट्न नेपाली बलरले उत्कृष्ट पर््रदर्शन गरे । कप्तान विनोद दास, राजकुमार प्रधान र महबुबले दर्ुइ-दर्ुइ विकेट लिए । त्यस्तै, वसन्त रेग्मी, सञ्जम रेग्मी, शक्ति र पारसले एक-एक विकेट हात पारे ।
नेपालले अर्को अभ्यास खेल बुधबार गुनर्सर्ीीग खेल्नेछ ।

Tuesday, May 20, 2008

WCL-5 २३ मै २००८ बाट शुरू

WCL Group-5 को खेल २३ मै बाट शुरू हुँदैछ। स्कोर को लागी यहाँ थिच्नुहोस --->

Tuesday, May 13, 2008

क्रिकेट टोलीले भिसा पायो

जर्सीमा हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन- ५ क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीले सोमबार इङ्ल्यान्डको भिसा पाएको छ । नेपाली क्रिकेट टोली भिसा आवेदनका लागि सोमबार नयाँदिल्ली गएको थियो । भिसा पाएको टोली मंगलबार नेपाल र्फकने जानकारी क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेले दिए । टोली १५ मेमा नेपालबाट इङ्ल्यान्डतर्फ जानेछ । यद्यपि, भारतको समेत भिसा लिनुपर्ने भएकाले सोमबार ढिलो गरी नयाँदिल्ली पुगेका प्रशिक्षक रोय डायसले मंगलबार भिसा आवेदन भर्दै छन् । भिसा पाएपछि सिधै जर्सीतर्फ लाग्ने प्रशिक्ष्ाक रोय डायसले नेपाली टोलीलाई दुबई ट्रान्जिटमा भेट्ने जानकारी पनि अध्यक्ष पाण्डेले दिए । यसअघि, नेपालस्थित काउन्सेलर शाखाबाट भरिएको भिसा आवेदन गलत भएपछि नेपाली टोली दिल्लीसम्म जानुपरेको हो ।

Monday, May 12, 2008

नेपालको यात्रामा हौसलाको सिँढी


विनोद पाण्डे (काठमाडौं) पाकिस्तान क्रिकेट बोर्ड एकेडेमीविरुद्धको अभ्यास खेलमा स्मरणीय विजय हात पारेपछि विश्वकपमा छनोट हुने नेपाली क्रिकेटको महत्त्वाकांक्षी योजनामा ठूलो बल प्रदान गरेको छ। आफूभन्दा निकै माथिल्लोस्तरको मानिएको पाकिस्तानी टोलीविरुद्ध नेपालले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १५ रनको अप्रत्याशित विजयी नतिजा निकालेको थियो।सन् २०११ मा एसियाली महाद्वीपमा हुने विश्वकपको छनोट खेल खेल्न नेपाली टोली यसै साता इङ्ल्यान्ड हुँदै जर्सीग्दै छ। मे २१ देखि ३१ सम्म जर्सी हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ मा नेपालले समूह चरणमा अमेरिका, जर्मनी, नर्वे, मोजाम्बिक र भानुएटुसँग प्रतिस्पर्धा गर्नेछ। डिभिजन-५ को फाइनलमा पुग्ने दर्ुइ टोली डिभिजन-४ का लागि छनोट हुनेछन्।विश्वकपमा छनोट हुन नेपालले डिभिजन-५ बाट डिभिजन-४, डिभिजन-३ हुँदै अन्तिम छनोट मानिएको १२ राष्ट्र सम्मिलित डिभिजन-२ मा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।यस अर्थमा नेपालका लागि विश्वकपमा छनोट हुनु अहिलेलाई नै लगभग असम्भव चुनौती हो। तर क्रिकेटमा सबै सम्भव छ। विश्व क्रिकेटमा ँर्डार्क हर्सँ को उपनाम पाएको नेपाली टोलीले आइतबार पाकिस्तानी टोलीविरुद्ध निकालेको विजय नतिजापछि त्यो प्रमाणित पनि भएको छ।ँयदि नेपाल विश्वकपमा छनोट भएमा सबैभन्दा खुसी म हुनेछु’, नेपालको प्रदर्शनको प्रशंसा गर्दै पाकिस्तान क्रिकेट बोर्ड एकेडेमी टोलीका प्रशिक्षक इजाज अहमदले भने- ँनेपालले राम्रो खेलेर जितेको हो, राम्रो टोलीसँग खेलेरै नेपालले आफनो प्रदर्शनमा सुधार ल्याएको हो।’

पाकिस्तानसँगको अन्तिम खेलमा नेपालले लाज बचायो

नेपाल र पाकिस्तानबीचको तीन एक दिवसीय मैत्रीपूर्ण खेलको शृंखलाअन्तर्गत आज भएको अन्तिम खेलमा १५ रनले जित्दै नेपालले लाज बचाएको छ। टस जिती पहिलो ब्याटिङ गर्दै विपक्षीसामु एक सय ३७ रनको चुनौती पेस गरेकोमा पाकिस्तान २८ दशमलब ३ ओभरमा एक सय २१ रनमै अलआउट भएपछि नेपालले शृंखलामा सान्त्वना जित हात पारेको हो। यसअघि भइसकेको दुई खेलमा नेपाल पराजित भइसकेको थियो। राजधानीको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ३८ दशमलब दुई ओभरमा एक सय ३६ रन बनाएर अलआउट भएको थियो। नेपालका लागि शक्ति गौचनले अविजित ५० रन बनाउनुभएको थियो।

Friday, May 9, 2008

नेपाल पाकिस्तानसँग दोस्रोपटक पराजित


नेपाल र पाकिस्तान क्रिकेट बोर्ड एकेडेमी बीचको तीन एक दिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा शुक्रबार पनि नेपाल पराजित भएको छ। राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पाहुना टोली पाकिस्तानले नेपाललाई १ सय ९ रनको विशाल अन्तरले हरायो। विश्वकप क्रिकेट छनोटको लागि डिभिजन फाइभ प्रतियोगिताको तयारीमा रहेको नेपाल बिहीबारको पहिलो खेलमा ७ विकेटले पराजित भएको थियो। पाहुना टोलीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभरमा १ सय ९ रनमै सीमित भयो। टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाँउदै २ सय १८ रन जोडेको थियो। ७ विकेट गुमाउँदा १ सय १८ रन बनाएको पाकिस्तानले आठौं विकेटका लागि एक सय रनको साझेदारी गरेपछि सम्मानजनक योगफल तयार गरेको हो। मे २३ देखि जर्सीमा हुने डिभिजन फाइभ क्रिकेट खेल्न जानुअघि विनोद दासको टिमले घरेलु मैदानमा पाकिस्तानी एकेडेमीसँग अभ्यास खेलेको हो। यसअघि नेपालले गत हप्ता बंगलादेशी टिमलाई ६० रनले हराएको थियो।

Thursday, May 8, 2008

एकदिवसीय मैत्री खेलमा पाकिस्तानद्वारा नेपाल पराजित

पाकिस्तान क्रिकेट बोर्डको एकेडेमिक टोली र नेपाली राष्ट्रिय टोलीबीच बिहीबार राजधानीमा भएको मैत्रीपूर्ण एकदिवसीय खेलमा नेपाल पराजित भएको छ। नेपाली राष्ट्रिय टोलीले पहिले ब्याटिङ थालेको खेलमा नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएकोमा पाकिस्तान क्रिकेट बोर्डको टोलीले २३ दशमलब २ ओभरमा ३ विकेट गुमाएर आफ्नो लक्ष्य हासिल गरेको हो।नेपालले आफ्नो इनिङमा ४६ ओभरमा एक सय ५२ रन बनाउने क्रममा अलआउट भए पछि पाकिस्तानी टोलीले एक सय ५३ रनको चुनौती पाएको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ४५ रन बनाए भने परेश लोहनीले २३ रन जोडेका थिए।

नेपाली क्रिकेटको ँवास्तविक’ परीक्षा

काठमाडौं, वैशाख २५ - नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार अहिलेसम्मकै र्सवाधिक कठिन चुनौतीबाट गुज्रिनेछ । नेपालले टीयू क्रिकेट मैदानमा पाकिस्तानी क्रिकेट एकेडेमीको सामना गर्दा उसको सामु टेस्ट र एकदिवसीय अनुभव भएका युवा उत्कृष्ट खेलाडी हुनेछन् ।
नेपाल र पाकिस्तानी टिमबीच तीन खेल हुनेछ । बा“की दर्ुइ खेलमध्ये दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ । पाकिस्तानी टिमका प्रशिक्षकमा पर्ूव टेस्ट तथा एकदिवसीय खेलाडी इजाज अहमद रहेका छन् । उनले ६८ टेस्ट र २ सय ५० एकदिवसीय खेलेका छन् ।
'हाम्रो टिम बलियो र सन्तुलित
छ । हामीस“ग ठोस ब्याट्सम्यान, उपयोगी तीव्र गति र स्पिन बलिङ छ,' अहमदले भने, 'हामीविरुद्ध खेलेर नेपालले अमूल्य अनुभव बटुल्न सक्नेछ । नेपाली क्रिकेटलाई सहयोग गर्न पाकिस्तान सधैं तयार छ ।'
पाकिस्तानी टिमका व्यवस्थापकमा सइद अजर छन् । खलिद लतिफ कप्तान छन् । खेलाडीमा खुराम मन्जुर, राहिल माजिद, मोहम्मद आमेर, यासिर शाह, सोहिल खान, सोहेल खान, अदिल राजा, नइम अन्जुम, अहमद सेहजाद, अजर अली, सइड वासिम, अनवर अली, सरफराज अहमद र सेख मोहम्मद छन् ।
'बलियो र सशक्त टिम पठाएकामा पाकिस्तानी क्रिकेट बोर्डलाई धन्यवाद' नेपाली प्रशिक्षक रोय डायसले भने, 'नेपाली क्रिकेटलाई राम्रो प्रतिद्वन्द्वीको आवश्यक छ । यस्ता टिमको सामना गरे मात्र नेपाली टिमको स्तर बढ्नेछ । यो शृङ्खलामा नेपाली टिमको परीक्षा हुनेछ ।'
त्यस अवसरमा पाकिस्तानी क्रिकेट टिमका व्यवस्थापक अजर हुसेनले नेपालको भ्रमण गर्न पाएकामा खुसी व्यक्त गर्दै शृङ्खलाबाट नेपालले धेरै सिक्न पाउने बताए । 'नेपाल अन्तर्रर्ााट्रय क्रिकेट मैदानमा उदयमान शक्ति हो,' उनले भने, 'शृङ्खला नेपालका लागि फाइदा हुनेछ ।'
त्यस अवसरमा नेपाल क्रिकेट संघ अध्यक्ष विनयराज पाण्डेले भविष्यमा पनि नेपालले छिमेकी दक्षिण एसियाली देशस“गै मैत्रीपर्ूण्ा क्रिकेटका शृङ्खला हुने बताए । 'नेपालका चार छिमेकी टेस्ट टिम हुन,' उनले भने, 'आउने दिन तिनीहरूविरुद्ध मैत्रीपर्ूण्ा शृङ्खला अघि बढ्नेछ ।
sourse of eKantipuronline

Wednesday, May 7, 2008

पाकिस्तानी टिम काठमाडौंमा

पाकिस्तानी टिम काठमाडौंमा
कास
काठमाडौं, वैशाख २४ - विश्वकप क्रिकेटमा सहभागिता पाउनका लागि डिभिजन-५ खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमस“ग मैत्री खेल खेल्न १९ सदस्यीय पाकिस्तानी टोली मंगलबार काठमाडौं आएको छ ।
पाकिस्तान क्रिकेट बोर्डको एकेडेमी टिमले बिहीबार, शुक्रबार र आइतबार राष्ट्रिय टिमस“ग ३ मैत्रीपर्ूण्ा एकदिवसीय खेल खेल्नेछ । पाकिस्तानी टिमका प्रशिक्षक इजाजामदले त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा मैत्रीपर्ूण्ा खेलमा हार, जितभन्दा पनि खेलले दुवै देशका खेलाडीलाई राम्रो हुने प्रतिक्रिया
दिए । 'मैत्रीपर्ूण्ा खेल भएकाले कुनै लक्ष्य हामीले बनाएका छैनौं ।' उनले थपे- 'तर हामीले बंगलादेशमा राम्रो पर््रदर्शन गरेका छौं ।'
विभिन्न अन्तर्रर्ााट्रय प्रतियोगिताको अनुभव संगालेका र पाकिस्तानको यू-१९ टिमका खेलाडी रहेको पाकिस्तानी टिमले बंगलादेशमा पनि उत्कृष्ट पर््रदर्शन गरेको थियो । उसले बंगलादेशस“गका चार खेल जितेको थियो भने श्रीलंका, बंगलादेश र पाकिस्तानबीचको त्रिकोणात्मक शृङख्लामा पनि विजयी भएको थियो ।

Saturday, May 3, 2008

क्यानको जित

क्यानको जित
कास
काठमाडौं, वैशाख २० - डिफिजन फाइभको प्रतिस्पर्धामा ओर्लनअघि मैत्रीपर्ूण्ा खेलमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले शुक्रबार पुराना बंगलादेशी खेलाडीविरुद्ध कर्ीर्तिपुर मैदानमा जितको स्वाद चाखे । लगभग राष्ट्रिय टिमका रूपमा उत्रेको क्यान-११ ले भेट्रान खेलाडीले भरिएको ढाका क्लबलाई ६० रनले हरायो ।
नेपाली टिमको जितमा राहुल विक नायक रहे । उसले ५.३ ओभरमा पा“च रनमात्र खर्चे । उनले विकेट संख्या भने छ पुर्‍याए । उनी 'म्यान अफ द म्याच' भए । टस जितेर पहिले ब्याटिङ गरेको क्यानले ३५ ओभरमा सात विकेट गुमाएर १ सय ८५ रन जोड्यो ।
ढाका क्लबले प्रत्युत्तरमा ३४.३ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रनमात्र जोड्न सक्यो । नेपाललाई सुदृढ स्कोरम्म पुर्‍याउन शरद भेषावकर र अनुभवी दीपेन्द्र चौधरीले प्रमुख भूमिका खेले ।
खराब सुरुवातपछि तेस्रँे क्रमका शरदले ४५ बलको सामना गरेर ४३ रन जोडे ।
sourse of eKantipuronline

Wednesday, April 23, 2008

CAN announces preliminary squad for World Cricket League

Cricket Association of Nepal (CAN) announced 18-member preliminary squad for the ICC World Cricket League (WCL) Division-V tournament.
As usual, Binod Das is the captain of the team while young Paras Khadka is his deputy. Other players in the team are Paresh Lohani, Shakti Gauchan, Mehboob Alam, Sanjam Regmi, Sharad Vesawkar, Dipendra Chaudhary, Gyanendra Malla, Mahesh Chhetry, Raj Kumar Pradhan, Amrit Bhattarai, Basanta Regmi, Dhirendra Chand, Manjeet Shrestha, Pramod Basnet, Antim Thapa and Yashwant Subedi.
According to chief selector Bijaya Kumar Sharma, the players were selected on the basis of their performance in the Springwood Senior One Day National League held in March-April. The final 14-member-team will be selected later this month.
Sri Lankan Roy Luke Dias is the coach and CAN General Secretary Tanka Prasad Paneru the manager. The tournament is being played in Jersey from May 21-31 where Afghanistan, Bahamas, Botswana, Germany, Mozambique, Norway, Singapore, the United States, Japan and Vanuatu will also take part in the tournament.
The top two teams from the qualifiers will go to Division IV and from where they have to fight again with Division III and Division II teams before fighting against Cayman Island and Papua New Guinea for the two spots in the ICC World Cup Qualifiers.
Meanwhile, Malaysia have been confirmed as the hosts for 2008 ACC Trophy being played from July 25 to August 3. nepalnews.com bt Apr 16 08

वर्ल्डकप सुपरलिग ५

वर्ल्डकप सुपरलिग ५ का नेपाली टिम खेलाडीहरू

Binod Das
Paresh Lohani
Paras Khadka
Shakti Gauchan
Mehboob Alam
Sanjam Regmi
Sarad Veswakar
Dipendra Chaudhary
Gyanendra Malla
Mahesh Chhetri
Raj Kumar Pradhan
Amrit Bhattarai
Basant Regmi
Dhirendra Chand
Manjeet Shrestha
Pramod Basnet
Antim Thapa
Yashwant Subedi.

The match will begin on 21st May to 31st May 2008

Tuesday, April 8, 2008

एसीसीद्वारा सहयोग रोक्ने धम्की

कान्तिपुर संवाददाता
काठमाडौं, चैत २५ - एसीसी यू-१५ एलाइट कप क्रिकेट प्रतियोगिताको आर्थिक विवरण समयमा नबुझाएकाले आर्थिक सहयोग रोकिन सक्ने एसियाली क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ -क्यान) लाई धम्की दिएको छ ।
क्यान स्रोतले दिएको जानकारीअनुसार एसीसीले आफूले दिएको रकमको समयमा हिसाब नबुझाएकाले दिंदै आएको आर्थिक सहयोग रोक्न सक्ने बताउ“दै केही दिनपहिले पत्र लेखेको हो ।
नेपालमा मंसिर ९ देखि १७ सम्म सञ्चालन भएको प्रतियोगिताका लागि मैदान र आवश्यक जनशक्ति परिचालनका लागि १ लाख २० हजार डलर क्यानलाई उपलब्ध गराएको थियो । त्यस्तै यातायात, हवाई खर्च र होटलको खर्च एसीसी आफैंले तिरेको थियो ।
क्यान अध्यक्ष विनयराज पाण्डेले एसीसीबाट पत्र आएको स्वीकारे । 'हामीले गत शुक्रबार खर्चको विवरण पठाइसकेका छौं,' क्यान अध्यक्ष पाण्डेले भने । 'हामीले मार्चको अन्तसम्म खर्च विवरण पठाउनुपर्ने थियो, तर ढिलो भएकाले एसीसीले पत्र पठाएको हो,' उनले भने । उनले क्यानले ढिलो विवरण पठाएको बारे कुनै प्रतिक्रिया दिएनन् ।

रोमाञ्चक फाइनलमा काठमाडौंलाई उपाधि

विनोद पाण्डे, (काठमाडौं)। निकै रोमाञ्चक फाइनलमा निकटतम प्रतिद्वन्द्वी भैरहवा (क्षेत्र नं. ४) लाई १ रनले पराजित गरी काठमाडौं (क्षेत्र नं. २) ले स्प्रिङउड राष्ट्रिय क्रिकेट लिग प्रतियोगिताको उपाधि जितेको छ। यसअघि तीन पटक फाइनलमा निराशा भोगेको काठमाडौंले राष्ट्रिय प्रतियोगिता जितेको यो पहिलो अवसर हो।त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले ४९.३ ओभरमा अलआउट भई १ सय ९९ रन जोडेको थियो। वर्षाले बाधा गरेपछि भैरहवालाई ३६ ओभरमा १ सय ६९ रन बनाउनुपर्ने नयाँ लक्ष्य दिइएको थियो।अन्तिम ओभरमा जितका लागि आठ रन बनाउनुपर्ने अवस्थामा भैरहवाका अन्तिम जोडी फैजल खान र मोहन थापाले पारस खड्काको पहिलो चार बलमा एक/एक गरी चार रन लिएका थिए। पाँचौं बलमा बिट भएका मोहनले अन्तिम बलमा दुई रन मात्र जोडेपछि भैरहवाले ३६ ओभरमा ९ विकेट गुमाई १ सय ६७ रन मात्र बनाउन सक्यो। बाँकी समचार

Thursday, April 3, 2008

नेपाल यु-१७ को जित

काठमाडौं, चैत २० - प्रथम इन्डो नेपाल अन्तर्रर्ााट्रय युवा २०-२० क्रिकेट शृङ्खलाको बुधबारको खेलमा नेपाल सेलेक्ट यु-१७ टिम विजयी भएको छ ।
पुल्चोक इन्जिनियरिङ मैदानमा भएको खेलमा उसले अखिल भारत युवा २०-२० महासंघकोयु-१७ टिमलाई ७५ रनले पराजित गर्‍यो ।
फेसन लिंक एन्ड एक्सल बिजनेसको आयोजनामा भएको प्रतियोगितामा नेपाली टिमले टस जितेर पहिले ब्याटिङ रोज्यो । उसले १ सय ४३ रन बनायो । जवाफमा भारतको टिम १४ ओभर १ बलमा ६८ रनमा समेटियो ।
नेपाली टिमको लागि पृथु बा“स्कोटाले र्सवाधिक ३६ रनको योगदान दिए । त्यस्तै सुवेन्दु पाण्डेले २४ र डोलबहादुर डगामीले १८ रन जोडे ।
कांतिपुरबाट लिएको समाचार

Tuesday, April 1, 2008

राहुल र सागरको बलिङमा आइसीसीको प्रश्न


विनोद पाण्डे, (काठमाडौं)। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आइसीसी) ले नेपालका दुई युवा खेलाडीको बलिङ एक्सनमा आशंका गरेको छ। गत महिना मलेसियामा सम्पन्न आइसीसी यु-१९ विश्वकपदौरान नेपालका स्पिनरद्वय सागर खड्का र राहुलकुमार विश्वकर्माको बलिङ एक्सन शंकास्पद भएको आइसीसीले जनाएको छ। नेपाल क्रिकेट संघ -क्यान) का महासचिव टंकप्रसाद पनेरूले नेपाली खेलाडीद्वयको बलिङ एक्सनमा आइसीसीले आशंका गरेको पुष्टि गर्दै हाल चलिरहेको स्प्रिङउड राष्ट्रिय लिग एकदिवसीय क्रिकेट प्रतियोगितापछि यसबारे समाधान खोजिने बताउनुभयो। ँबलिङ नसुधारिएसम्म अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा नखेलाउनू भनेर आइसीसीले पत्र पठाएको छ’ -पनेरूले नेपाल समाचारपत्रलाई भन्नुभयो।बाकि समाचार

Monday, March 31, 2008

इन्डो-नेपाल क्रिकेट हुने

काठमाडौं, चैत १७ - प्रथम इन्डो-नेपाल अन्तर्रर्ााट्रय युथ २०-२० क्रिकेट शृङ्खला बुधबार सुरु हुने भएको छ । फेसन लिन्क इभेन्ट्स म्यानेजमेन्ट र साउथ एसिया एन्ड अप्रिmकन युथ २०-२० क्रिकेट रेडले शृङ्खलाको आयोजना गर्न लागेको हो ।
शृङ्खलामा तीन खेल हुनेछन् । इन्जिनियरिङ मैदानमा बुधबार दर्ुइ खेल र बिहीबार एक खेल हुनेछ । पहिलो दिन यू-१७ र यू-१९ बीच नेपाल र भारतीय टिमबीच खेल हुनेछ । दोस्रो दिन यू-२५ को खेल हुनेछ ।
नेपाली टिम राष्ट्रिय खेलाडीले भरिएको हुनेछ । भारतीय टिमका खेलाडीमा प्रथम श्रेणी क्रिकेट खेलाडी पनि सहभागी हुनेछन् । खेलाडी रंगीन पोसाकमा उत्रनेछन र बल सेतो
हुनेछ । शृङ्खलाको कुल बजेट आठ लाख रुपैया“ छ । नेपाली टिममध्ये यू-१५ को पृथु बास्कोटा, यू-१९ को सन्देश कटुवाल र यू-२५ को महबुब आलामले नेतृत्व गर्नेछन् ।
Sourse of eKantipuronline.com

Wednesday, March 26, 2008

एसीसी यु-१७ क्रिकेट नेपालमै हुने

एसीसी यु-१७ क्रिकेट नेपालमा नै हुने भएको छ। प्रतियोगिता सम्भवतः नोभेम्बरमा आयोजना हुनेछ। मार्च १९ देखि २१ सम्म पाकिस्तानको लाहोरमा बसेको एसियाली क्रिकेट परिषद् -एसीसी) को विकास बैठकले उक्त निर्णय गरेको थियो। क्यान अध्यक्ष एवम् एसीसी विकास बैठक समितिका सदस्य विनयराज पाण्डेले सो बैठकमा सहभागिता जनाउनुभएको थियो। बाकि समाचार

Friday, March 21, 2008

रूपन्देहीलाई उपाधि

भैरहवा, चैत ७ - कास्कीलाई पराजित गर्दै रूपन्देहीले बिहीबार क्षेत्रीय सिनियर छनोट लिग क्रिकेट प्रतियोगिता' को उपाधि हात पारेको
छ । क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर चारको आयोजनामा भैरहवामा सम्पन्न फाइनलमा उसले कास्कीलाई चार विकेटले पराजित गर्‍यो ।
टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित ४० ओभरको खेलमा सबै विकेट गुमाउ“दै ९८ रन बनाएको थियो । प्रत्युत्तरमा रूपन्देहीले २३ ओभर १ बलमा ६ विकेट गुमाएर १ सय रन बनायो ।
कास्कीका गोविन्द प्रधानले चार चौका मदतले २५ रन र ऋषिकेश शर्माले अविजित २० रन बनाएका थिए । रूपन्देहीका लागि शक्ति गौचनले र्सवाधिक ३३ रन बनाए । अन्तिमसम्म आउट नहु“दै उनले ४ चौका प्रहार गरे । बलिङमा कास्कीका राजेश अर्यालले ७ ओभरमा १ मेडनसहित ३ विकेट लिए ।
रूपन्देहीका शक्ति गौचन 'म्यान अफ द म्याच' र म्यान अफ द सिरिज भए । प्रतियोगिाताको बेस्ट बलर कास्कीका राजेश अर्याल, बेस्ट ब्याट्सम्यान रूपन्देहीका वसन्त
रेग्मी भए । Sourse of eKantipuronlin

Wednesday, March 12, 2008

दक्षिण एसियाली भ्रमण सुरु हुने

राजेन्द्र ज्ञवाली,
काठमाडौं, फागुन २८ - नेपाल क्रिकेट संघ -क्यान) ले क्रिकेट विकासका लागि दक्षिण एसियाली राष्ट्रहरूस“ग मिलेर विशेष कार्यक्रम थालनी गर्ने भएको छ । त्यसअनुसार नेपालका उमेर समूह र राष्ट्रिय टिमले दक्षिण एसियाली मुलुकको भ्रमण गर्नुका साथै त्यहा“का टिमलाई निम्त्याउनेछ । 'तीन वर्षम्मका लागि बंगलादेशस“ग यो सुरु भइसकेको छ भने अन्य मुलुकस“गको वार्ता पनि अन्तिम टुंगो छ.

Sunday, March 2, 2008

नेपाल उपविजेतामै सीमित ::: साभार नेपाल समाचारपत्र,

नेपाल समाचारपत्र, (काठमाडौं)।नेपाल आईसीसी यु-१९ विश्वकप क्रिकेटको प्लेट च्याम्पियनसिपमा उपविजेतामै सीमित भएको छ। मलेसियामा शनिबार भएको फाइनलमा टेस्ट खेल्ने राष्ट्र वेस्ट इन्डिजले नेपाललाई सजिलै सात विकेटले पराजित गर्यो। क्वालालम्पुरस्थित वायुमास ओवल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल केवल ७४ रनमा सीमित भयो। निरन्तर वर्षाका कारण २७ ओभरमा छोट्टयाइएको खेलमा नेपालले केवल २५.३ ओभर मात्र खेल्न सक्यो। यु-१९ विश्वकपमा ३२ खेल खेल्ने क्रममा नेपालले सबैभन्दा न्यून स्कोर बनाएपछि दोस्रो पटक प्लेटको उपविजेतामा नै चित्त बुझाउनुपर्यो। डिफेन्डिङ च्याम्पियन नेपाल सन् २००० मा न्युजिल्यान्डमा भएको संस्करणमा पनि जिम्बावेसँग एकतर्फी खेलमा १ सय ३७ रनले पराजित भएको थियो। सन् २००० मा श्रीलंकामा भएको प्रतियोगितामा आयोजकसँग सुपरलिगको खेलमा ८९ रन मात्र बनाउन सक्नु यु-१९ विश्वकपमा नेपालको यसअघिको न्यून स्कोर थियो।शुरूआतमै ४ विकेट झर्दा आफ्नो टोली एकतर्फी खेलमा पराजित भएको नेपालका श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाल क्रिकेट डट कमलाई बताए। यता टस जितेर पहिला ब्याटिङ गर्ने नेपालको निर्णयबाट आफू अचम्मित भएको वेस्ट इन्डिजका पूर्वअलराउन्डर एवम् प्रशिक्षक लारी गोम्सले बताए। नेपालले प्रतियोगितामा १०औं वरीयता पाएको छ। जुन हाल टेस्ट क्रिकेट स्थगन गरिरहेको जिम्बावेभन्दा माथि हो। सन् २००४ मा बंगलादेशमा दोस्रो वरीयतामा रहेको वेस्ट इन्डिज नवौं स्थानमा रह्यो।प्रतियोगिताको अघिल्ला खेलहरूमा झैं नेपालले पहिला ब्याटिङ गर्दा निकै कमजोर शुरूआत गरेको थियो। प्रतियोगितामा नेपालका लागि सर्वाधिक १ सय २७ रन बनाउने महेश क्षत्री इनिङको तेस्रो बलमै जेओ डावेसको बलमा बोल्ड भई डक आउट हुन पुगे। डावेसले चार विकेट लिँदै नेपालको इनिङलाई तहसनहस पारेका थिए। ६ ओभरमा एक मेडन राख्दै १८ रन खर्चेका डावेस नै म्यान अफ द म्याचमा चुनिए। प्रतियोगिताको ६ खेलमा केवल ३१ रन बनाएका ज्ञानेन्द्र मल्ललाई पनि डावेसले नै आउट गरेका थिए। प्रायः तेस्रो नम्बरमा ब्याटिङ गर्ने ज्ञानेन्द्रले शनिबार ओपनिङमा आई ६ रन बनाएका थिए। ओपनरबाट तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल मण्डल एक रन बनाई डीई जोहनसनको बलमा विकेटकिपर डीसी थोमसद्वारा क्याचआउट भए। थोमसले नेपाली इनिङमा कुल पाँच क्याच लिए। कप्तान पारस खड्का र सागर खड्काले मात्र दोहोरो स्कोर बनाए। पारसले २३ बलको सामना गरी दुई चौकाको मद्दतले १२ रन बनाई आउट हुँदा सागर १७ रनमा अविजित रहे। उनले ५५ बलको सामना गर्दै एक चौका प्रहार गरे। नेपालले अतिरिक्तमा सबैभन्दा बढी १८ रन जोडेको थियो।वेस्ट इन्डिजले ७६ बलअगावै तीन विकेट गुमाई खेल आफ्नो पक्षमा पारेको थियो। राहुलकुमार विश्वकर्मालाई बाउन्ड्री प्रहार गर्दै विजयी रन बटुलेका डीएम ब्राभो २४ रनमा अविजित रहे। उनले १५ बलको सामना गरी तीन चौका र एक छक्का प्रहार गरे।२४ रन बनाएका केओए पोवेललाई अमृत भट्टराईले आउट गरे। केएएम कोरबिनलाई ५ रनमा बोल्ड गरी अमृतले प्रतियोगितामा आफ्नो विकेट संख्या ११ पुर्याए। नेपालका लागि पारसले सर्वाधिक १२ विकेट लिए भने राहुल र राज श्रेष्ठले पनि १०/१० विकेट लिए। नेपाली टोली आजै काठमाडौं र्फर्किने कार्यक्रम रहेको छ।

Wednesday, February 27, 2008

नेपाल प्लेट फाइनलमा प्रवेश ::: साभार नेपाल समाचारपत्र

(काठमाडौं)
कप्तान पारस खड्काले नेतृत्वदायी भूमिका निभाएपछि नेपाल आइसीसी यु-१९ विश्वकप क्रिकेटको प्लेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा चलिरहेको प्रतियोगिताको मंगलबार भएको प्लेट सेमिफाइनलमा नेपालले नामिबियालाई ४ रनले पराजित गरेको थियो। समूहचरणको खेलमा पनि नेपालले नामिबियासँगको रोमाञ्चक खेल ३ रनले जितेको थियो। नेपाल प्लेट फाइनलमा प्रवेश गरेको यो तेस्रो अवसर हो। सन् २००२ मा न्युजिल्यान्डमा भएको प्रतियोगिताको प्लेट फाइनलमा जिम्बावेसँग १ सय ३७ रनले पराजित भएको नेपालले दुई वर्षघि श्रीलंकामा उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई एक विकेटले पराजित गरेको थियो।जोहोर क्रिकेट एकेडेमी ओभल मैदानमा वर्षाका कारण ३४ ओभरमा छोट्टयाएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाई १ सय ४३ रन बनाएको थियो।नेपालका लागि पारसले सर्वाधिक ४४ रन बनाए। लगातार दोस्रो खेलमा म्यान अफ द म्याचमा चुनिएका पारसले ६३ बलको सामना गरी ३ चौका प्रहार गरेका थिए। महेश क्षत्री (९) र फर्ममा नरहेका ज्ञानेन्द्र मल्ल (१) सस्तैमा आउट भएपछि पारसले ओपनर अनिल मण्डलसँग तेस्रो विकेटका लागि ४८ रन जोडेका थिए। अनिलले ५४ बलमा दुई चौकाको मद्दतले २३ रन बनाए।त्यसपछि आकाश गुप्ताले ९ बलमा २ चौकाको मद्दतले ११ र अन्तिम ओभरमा आउट भएका रोम श्रेष्ठले २२ बलमा एक छक्काको मद्दतले १८ रन बनाए। सागर खड्का ६ बलमा एक चौकाको मद्दतले ७ र राज श्रेष्ठ एक रन बनाई अविजित रहे।जबाफमा नामिबियाले ९ विकेट गुमाई १ सय ३९ रन मात्र बनाउन सक्यो। ८ बलमा १२ रन बनाउनुपर्ने अवस्थामा पारसले रेमन्ड भान सुरलाई तीन बल बाँकी रहेको अवस्थामा आउट गरेका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्दै सुरले ७३ बलको सामना गरी दुई चौकाको मद्दतले ४८ रन बनाए।जीएसजे कोइट्जीले ४ बलमा अविजित ९ रन बनाए पनि पारसले अन्तिम ओभर आफैं बलिङ गरी नेपाललाई उपाधितर्फ डोर्याएका थिए। सुरले कप्तान लुइस भान डेर बेस्थुइजेनसँग तेस्रो विकेटका लागि ५१ रन जोडेका थिए। ३३ रन बनाएका बेस्थुइजेनलाई अफ स्पिनर सागर खड्काले आउट गरी यो साझेदारी तोडेका थिए। पारस, राज र राहुलकुमार विश्वकर्माले २/२ विकेट लिए। पारसले ७ ओभरमा एक मेडन राख्दै २९ रन, राजले ६ ओभरमा एक मेडन राख्दै २३ रन र राहुलले ७ ओभरमा ३३ रन खर्चेका थिए। अमृत भट्टराई र सागरले १/१ विकेट लिए। प्रतियोगितामा पारसले १२, राजले १० तथा राहुल र अमृतले ९/९ विकेट लिइसकेका छन्। खेलपछि नेपाली टोलीका प्रशिक्षक रोय डायसले आफ्ना कप्तानको खुलेर प्रशंसा गरेका छन्। ँपारसको प्रदर्शनबाट म एकदमै सन्तुष्ट छु, जसरी अन्तिम समयको दबाबमा उनले बलरहरूलाई प्रयोग गरेका छन्, त्यो उदाहरणीय छ’ -श्रीलंकाली प्रशिक्षक डायसले नेपाल क्रिकेट डट कमलाई बताए। आज हुने वेस्ट इन्डिज र पपुवा न्युगिनीबीचको विजेता शनिबार नेपालसँग फाइनल खेल्नेछ।पारस म्यान अफ द सिरिजको दौडमानेपालका कप्तान पारस खड्का आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडीको दौडमा उभिएका छन्। जिम्बावेलाई प्लेटको क्वार्टरफाइनलमा पराजित गर्दा पनि म्यान अफ द म्याचमा चुनिएका पारसले म्यान अफ द सिरिजका लागि कुल ८ अंक बटुलिसकेका छन्। न्युजिल्यान्डका टी साउथीभन्दा पारस एक अंकले मात्र पछाडि छन्। प्रत्येक खेलको म्यान अफ द म्याच पाउनेले ३, दोस्रो उत्कृष्टले दुई र तेस्रो उत्कृष्टले एक अंक पाउने प्रावधानअनुरूप पारसले आठ अंक बटुलेका छन्। न्युजिल्यान्डले भारतसँग खेल्ने सुपर लिगको सेमिफाइनलसहित अर्को एक खेलमा पनि साउथीले कुनै चमत्कार देखाउन नसकेको खण्डमा तथा पारसले प्लेट फाइनलमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई दोहोर्याएमा पारस नै म्यान अफ द सिरिजमा चुनिनेछन्। गत वर्ष नेपाललाई मलेसियामा एसीसी यु-१९ इलाइट कपको उपाधि दिलाउँदै विश्वकपसम्म डोर्याउने क्रममा पनि पारस म्यान अफ द सिरिजमा चुनिएका थिए।

Monday, February 25, 2008

बदला लिँदै नेपाल सेमिफाइनलमा ::: साभार न्युज अफ नेपाल

जिम्बावेसँग मीठो बदला लिँदै नेपाल आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्लेट च्याम्पियनसिपतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा चलिरहेको प्रतियोगितामा नेपालले आइतबार जिम्बावेलाई ९९ रनले पराजित गरेको हो। प्लेटको फाइनलमा प्रवेश पाउन नेपालले मंगलबार हुने खेलमा नामिबियालाई पराजित गर्नुपर्नेछ। नामिबियाले आयोजक मलेसियालाई सजिलै नौ विकेटले पराजित गरेको थियो। समूहचरणको अन्तिम खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको थियो। हाल टेस्ट क्रिकेट स्थगन गरिरहेको जिम्बावे यु-१९ विश्वकपमा नेपालको सिकार हुने पछिल्लो राष्ट्र भएको छ। पछिल्ला चार यु-१९ विश्वकपमा सहभागिता जनाउने क्रममा नेपालले दक्षिण अफ्रिकालाई दुई तथा पाकिस्तान, बंगलादेश र न्युजिल्यान्डलाई १/१ पटक पराजित गरिसकेको थियो। तर नेपाल यु-१९ विश्वकपमा दुई पटक पराजित भएको थियो। सन् २००२ को प्लेट फाइनलमा १ सय ३७ रनले र दुई वर्षअघि श्रीलंकामा भएको पछिल्लो संस्करणको समूहचरणको खेलमा नेपाललाई जिम्बावेले दुई रनले पराजित गरेको थियो। यस पटकको विश्वकप शुरू हुनुअगाडि पनि अभ्यास खेलमा जिम्बावेसँग ३ विकेटले पराजित भएको बदला नेपालले लिएको छ। जोहोरबारुस्थित इन्स्टिच्युट पेर्गुरुएन टेमेङगोङ इब्राहिम मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालको इनिङ ४५.१ ओभरमा १ सय ५८ रनमा समेटिएको थियो। ७९ रन बनाउने क्रममा ७ विकेट गुमाइसकेको नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गरेका पुष्प थापाले सर्वाधिक ४० रन बनाए। ४९ बलको सामना गरी तीन चौका र एक छक्का प्रहार गरका पुष्पले राज श्रेष्ठसँग आठौं विकेटका लागि ५३ रन जोडेका थिए। राजले ७१ बलको सामना गर्दै तीन चौकाको मद्दतले १९ रन बनाए। यसअघि ओपनर महेश क्षत्री (१६) र कप्तान पारस खड्का (२०) बाहेक अन्य कसैले पनि दोहोरो स्कोर बनाउन नसक्दा नेपालले ब्याटिङमा पुनः निराश पारेको थियो। जिम्बावेले अतिरिक्तमा दिएको ४० रन नेपालका लागि वरदान नै साबित भयो। तर पारस र अमृतले आफ्नो ओपनिङ स्पेलमा ३/३ विकेट लिएपछि २४ रन बनाउँदासम्म ६ विकेट गुमाइसकेको जिम्बावे २७.२ ओभरमा ५९ रन समेटिएको थियो। जिम्बावेका लागि विकेटकिपर ब्याट्सम्यान टी चिमबाम्बोले २० र एएफ मिरेले अविजित १६ रन बनाए।पारसले ७ ओभरमा २ मेडन राख्दै १३ र अमृतले ८ ओभरमा १४ रन खर्चेर ३/३ विकेट लिए। त्यस्तै पहिलो परिवर्तनको रूपमा आएका राजले ६.२ ओभरमा एक मेडन राख्दै १६ रन खर्चेर तीन विकेट लिए। राहुलकुमार विश्वकर्माले चिमबाम्बोलाई आउट गरेका थिए। ब्याटिङमा ३३ बलको इनिङमा एक चौका र एक छक्का प्रहार गरेका पारस म्यान अफ द म्याचमा चुनिए।महेश र पारस अगाडिनेपालका विकेटकिपर महेश क्षत्री प्रतियोगितामा सर्वाधिक आउट गर्ने खेलाडीमा अग्रस्थानमा रहेका छन्। आइतबारको खेलसमाप्तिपश्चात् महेशले कुल १३ सिकार बनाइसकेका छन्। जिम्बावेविरुद्धको खेलमा उनले तीन क्याच र दुई स्टम्पिङ गरी पाँच सिकार बनाइसकेका छन्। प्रतियोगिताभरि उनले ५ क्याच र ८ स्टम्पिङ गरिसकेका हुन्। त्यस्तै कप्तान पारस खड्का सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा उक्लिएका छन्। यस प्रतियोगितामा उनले १० विकेट लिइसकेका छन्। अघिल्लो वर्ष नेपाललाई मलेसियामै एसीसी यु-१९ इलाइट कपको उपाधि दिलाउने क्रममा म्यान अफ द सिरिज घोषित पारसले ३४.३ ओभरमा १ सय ७ रन खर्चेर १०.७ को औसतमा कुल १० विकेट लिएका छन्। अस्ट्रेलियाविरुद्ध समूहचरणको खेलमा ३२ रन खर्चेर ४ विकेट लिई यस विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेका पारसअघि दक्षिण अफ्रिकाका बायने पारेनेल मात्र रहेका छन्। उनले १४ विकेट लिइसकेका छन्। ८/८ विकेट लिएका अमृत भट्टराई र राज श्रेष्ठ सर्वाधिक विकेट लिने सूचीमा १०औं र ११औं तथा राहुलकुमार विश्वकर्मा सात विकेटका साथ १७औं स्थानमा छन्।

Friday, February 22, 2008

नेपाललाई तीन रनको रोमाञ्चक जित ::: साभार नेपाल समाचारपत्र

(काठमाडौं)।ज्ञानेन्द्र मल्ल बलिङमा असुहाउँदो नायक बनेपछि नेपालले आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नामिबियालाई रोमाञ्चक ढंगले तीन रनले पराजित गरेको छ। १ सय ६५ रनको विजय लक्ष्य लिएर आएको नामिबियाले ३३ ओभरमा ४ विकेट गुमाई १ सय २३ रन बनाइसकेको थियो। अझ ४२ ओभरको समाप्तिमा टोली १४२-७ को स्थितिमा रहेको थियो।तर कप्तान पारस खड्काले जोखिमपूर्ण निर्णय गर्दै ज्ञानेन्द्रलाई ४५औं ओभरमा बल थमाइदिएपछि नेपालले नाटकीय ढंगले खेल आफ्नो पक्षमा पारेको थियो। उनले आफूले गरेको दोस्रो बलमै पिकी या फ्रान्सलाई १० रनमा विकेटकिपर महेश क्षत्रीको हातबाट क्याच आउट गराएका थिए। सन् २००५ को अगस्ट १० मा मलेसियामै भएको एसीसी यु-१७ कपमा मलेसियाविरुद्ध कप्तानको रूपमा दुई ओभर बलिङ गरेयता पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गरेका ज्ञानेन्द्रले ४९औं ओभरको अन्तिम बलमा मोर्ने इन्जेलब्रेच्टलाई ७ रनमा बोल्ड गरी नामिबियाको इनिङलाई समाप्त पारेका थिए।कप्तान पारस र राहुलकुमार विश्वकर्माले निकै किफायती बलिङ गर्दै नामिबियालाई दबाबमा ल्याएका थिए। पारसले १० ओभरमा दुई मेडन राख्दै ३० रन खर्चेर २ विकेट लिई प्रतियोगितामा आफ्नो विकेट संख्या ७ पुर्याएका छन्। राहुलले १० ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर दुई विकेट लिएका थिए। उनले तीनै खेलमा २/२ विकेट लिएका छन्।देब्रेहाते स्पिनर राज श्रेष्ठले १० ओभरमा एक मेडन राख्दै ३२ रन खर्चेर एक विकेट लिए। राजले ६५ रन बनाएका लुइज मान भेर बेस्थुइजेकलाई आउट गरेपछि अन्तिम सात ओभरमा नेपालले खेलमा नाटकीय पुनरागमन गरेको थियो। उनले ७५ बलको इनिङमा तीन चौका र एक छक्का प्रहार गरे।ँविजयबाट म सन्तुष्ट छैन, विशेष गरी हाम्रो ब्याटिङ निराशाजनक रहेको छ’, नेपालका श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाल क्रिकेट डट कम डट एनपीलाई भने- ँमैदानबाहिर बल हान्न होइन, ब्याट्सम्यान विकेटमै केन्द्रित हुनुपर्छ।’यु-१९ विश्वकपमा नेपालको नामिबियामाथि यो लगातार दोस्रो जित हो। २००२ को न्युजिल्यान्डमा भएको संस्करणमा नेपालले नामिबियालाई प्लेटमा १० रनले पराजित गरेको थियो। बिहीबार समूह चरणको अन्तिम खेलअघि नै नेपाल र नामिबिया सुपर लिगबाट बाहिरिसकेका थिए। नेपालले अब आइतबार जोहरबारूमा आयोजक मलेसिया अथवा जिम्बाबेसँग प्लेटको क्वार्टरफाइनल खेल खेल्नेछ। मलेसियाले अघिल्लो दिन जिम्बाबेलाई पराजित गरेर आर्श्चर्यजनक नतिजा निकालेको थियो। जिम्बाबेले आज हुने समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई पराजित गरेमा नेपालले मलेसियासँग खेल्नर्ुपर्नेछ अन्यथा जिम्बाबेसँग नै खेल्नेछ।पेनाङस्थित युनिभर्सिटी सैन्य मलेसियामा यसअघि नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १ सय ६४ रन बनाएको थियो। म्यान अफ द म्याच घोषित महेशले ६२ रन बनाए। १ सय २३ बलको इनिङमा महेशले चार चौका प्रहार गरे। त्यस्तै रोम श्रेष्ठले २८ बलमा दुई चौकाको मद्दतले २६, आकाश गुप्ताले २६ बलमा दुई चौका र एक छक्काको मद्दतले २१ र कप्तान पारसले १२ बाहेक अन्य कसैले नेपालका लागि दोहोरो स्कोर बनाउन सकेनन्।ँहामीले बलिङ र ब्याटिङ राम्रो गर्यौं, हामीले ९० ओभर राम्रो खेल्यौं, त्यसपछि १० ओभरमा खेल हार्यौं’ -नामिबियाका कप्तान डेबिड बोथाले बताए।

कस्तो थियो विगतको प्रदर्शन ::: साभार- साप्ताहिक नेपाल

युथ–१९ विश्वकप प्रतियोगितामा नेपाल सन् २००० देखि सहभागिता जनाउँदै आएको छ। सन् १९९९ मा सिंगापुरमा भएको युथ– १९ एसिया कपमा उपविजेता भएपछि नेपालले पहिलोपल्ट युथ विश्वकप खेल्ने सौभाग्य पाएको थियो। पहिलो सहभागितामै नेपाल सुपरलिगमा प्रवेश गरेको थियो। त्यसपछि सन् २००२ मा न्यूजिल्यान्डमा नेपाल दोस्रो विश्वकप खेल्यो। जहाँ प्लेटच्याम्पियनसीपको उपविजेता बनी इतिहास रच्न पुग्यो। प्लेट च्याम्पियनसीपमा नेपालले जिम्बाबेसँग १ सय ३७ रनको पराजय भोगेको थियो। लिगको पहिलो चरणको खेलमा नेपालले सनसनी मच्चाएको थियो। टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तान र बंगलादेशलाई पराजित गरेको थियो। त्यस्तै सन् २००४ मा नेपालले तेस्रो पटक सहभागिता जनायो। बंगलादेशमा सम्पन्न उक्त विश्वकपमा नेपालले खासै उपलब्धि हात भने पार्न सकेन। तर प्लेट च्याम्पियनसीपको दौरानमा टेस्ट खेल्ने राष्ट्र साउथ अफ्रिकालाई हराउँदै आफ्नो दम्भ भने देखाएको थियो। नेपालको लागि श्रीलंकन विश्वकप ऐतिहासिक रह्यो। सन् २००६ मा श्रीलंकामा सम्पन्न विश्वकपमा नेपालको चौथो सहभागिता थियो। नेपालले प्लेटच्याम्पियनसीपको उपाधि जित्न पुग्यो। न्यूजिल्यान्डजस्तो टेस्टस्तरको सशक्त टिमलाई फाइनलमा एक विकेटले पराजित गरी उपाधि चुमेको थियो। उक्त विश्वकपको पहिलो चरणमा साउथ अफ्रिकालाई पनि पराजित गर्यो ।

Wednesday, February 20, 2008

ब्याटिङ फेरि निराशाजनक

ब्याटिङमा निराशाजनक प्रदर्शनपछि नेपालको मलेसियामा भइरहेको आइसीसी यु-१९ विश्वकप क्रिकेटमा सुपर लिगमा छनोट हुने आशा समाप्त भएको छ। अघिल्लो दिन श्रीलंकासँग ६१ रनले पराजित भएको नेपाल मंगलबार पेनाङ स्पोर्ट्स क्लबमा टेस्ट खेल्ने अर्को राष्ट्र अस्ट्रेलियासँग ९६ रनले पराजित हुन पुग्यो। २ सय ७ रनको विजयलक्ष्य लिएर आएको नेपाल ३२.१ ओभरमा १ सय १० रनमा समेटिएको थियो। राहुलकुमार विश्वकर्माले ३३ रन बनाए। नेपालका लागि सर्वाधिक रन बनाउने क्रममा राहुलले ४७ बलको सामना गरी तीन चौका र एक छक्का प्रहार गरे। ९ विकेट केवल ६६ रनमा गुमाइसकेको अवस्थामा राहुलले अघिल्लो दिन चार विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका अमृत भट्टराईसँग अन्तिम विकेटका लागि ४४ रन जोडेका थिए। अमृतले २० बलको सामना गरी दुई चौका प्रहार गर्दै ९ रन बनाए। राहुलबाहेक ज्ञानेन्द्र मल्ल र रोम श्रेष्ठले मात्र दोहोरो स्कोर बनाए। पिठयूँको चोटका कारण पूर्ण फटि नरहेका ज्ञानेन्द्रले १७ र प्रतियोगितामा पहिलो खेल खेलिरहेका रोमले ११ रन बनाए। ँहामीले राम्रो बलिङ गर्दै उनीहरूलाई अलआउट गर्यौं, तर महेश क्षत्री शुरूआतमै रनआउट भएपछि खेल परिवर्तन भयो’, नेपालका प्रशिक्षक रोय डायसले नेपाल क्रिकेट डट कम डट एनपीलाई भने- ँअन्तिम थापा, सागर खड्का र आकाश गुप्ताले आफ्नो विकेट फ्याँके, ज्ञानेन्द्र, अनिल मण्डल र पारस खड्का मात्र राम्रो बलमा आउट भएका छन्।’पारसले बलिङमा नेतृत्व सम्हाल्दा यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाको इनिङ ४९.३ ओभरमा २ सय ६ रनमा खुम्चिएको थियो, जबकि अस्ट्रेलियाले २२ ओभरमा दुई विकेट गुमाई १ सय रन बनाउँदै राम्रो शुरूआत गरेको थियो। पारसले ९.३ ओभरमा एक मेडन राख्दै ३२ रन खर्चेर चार विकेट लिए। त्यस्तै पहिलो परिवर्तनको रूपमा आएका राज श्रेष्ठले १० ओभरमा ३२ रन खर्चेर तीन विकेट लिए। खेलभरि छाएका राहुलले १० ओभरमा ३४ रन खर्चेर दुई विकेट लिए। एक विकेट अन्तिमको नाममा रह्यो।अस्ट्रेलियाका लागि ओपनरद्वय केटी पासकोइ र पीजी ह्युज्सले क्रमशः ३७ र ४३ रन बनाएका थिए। त्यस्तै एम कार्नरले ३२, जेपी फाउलकनरले २२ रन बनाए।१० रन बनाउनुका साथै ६ ओभरमा २ मेडन राख्दै २५ रन खर्चेर अनिल, पारस र ज्ञानेन्द्रलाई आउट गरेका जेम्स प्याटिन्सन म्यान अफ द म्याचमा चुनिए। ँशुरूआतमा बल सही ठाउँमा बजार्दा तेज बलरहरूका लागि पिचमा केही थियो’, प्याटिन्सनले भने- ँतर धेरै गर्मी भएका कारण म पाँच ओभर बलिङ गर्दा थाकिसकेको थिएँ।’ नेपाललाई सजिलो रूपमा नलिई भारत र पाकिस्तानसँग जस्तै खेलेको प्याटिन्सनले बताए। खेलपछि नेपालका कप्तान पारसले भने- ँशुरूआत खराब भए पनि हामीले राम्रो बलिङ गर्दै पुनरागमन गर्यौं, तर ब्याटिङमा म निकै निराश छु।’ँहामीले अझै रन बनाउनुपर्ने थियो, तर हामी खराब समयमा आउट भयौं’, अस्ट्रेलियाका कप्तान एम हिलले भने- ँशुरूआतमा नयाँ बल र त्यसपछि स्पिनरहरूलाई राम्रो मद्दत मिलिरहेका कारण २ सय रन राम्रो स्कोर हो भन्ने हामीले बुझेका थियौं।’सुपर लिगको दौडबाट लगभग बाहिरिएको नेपालले अब नामिबियासँग बिहीबार समूहचरणको अन्तिम खेल खेल्नेछ।

Tuesday, February 19, 2008

अनुभवी श्रीलंकाले नेपाललाई पन्छायो

राम्रो चुनौती दिए पनि नेपाल सोमबार आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकासँग ६१ रनले पराजित भएको छ। मलेसियाको पेनाङस्थित पेनाङ स्पोर्ट्स क्लब मैदानमा नेपालले दुवै इनिङको पहिलो १५ ओभरमा उत्कृष्ट प्रदर्शन गरे पनि बाँकी खेल टेस्ट खेल्ने राष्ट्रले नियन्त्रणमा लिई आफ्नो पक्षमा पारेको थियो। अमृत भट्टराईले शुरूको चार विकेट लिँदा टस जितेर ब्याटिङ रोजेको श्रीलंकालाई ५८ रन बनाउने क्रममा चार विकेट गुमाइसकेको थियो। श्रीलंकाको २ सय ३७ रनको चुनौतीलाई पछयाउने क्रममा नेपालले पहिलो १५ ओभरमा बिनाक्षति ६० रन बनाएको थियो, तर श्रीलंकाले अनुभवको सदुपयोग गर्दै नेपाललाई अप्रत्याशित नतिजा निकाल्न दिएन।ँनेपालले निकै राम्रो शुरूआत गरेको थियो, तर हाम्रा मध्यपङ्क्तिका ब्याट्सम्यानले उत्कृष्ट संघर्ष गरे’, विश्वकप विजेता पूर्वस्टार एवम् श्रीलंकाली टोलीका परामर्शदाता अरबिन्द डी शिल्भाले नेपाल क्रिकेट डट कमलाई भने- ँअन्त्यमा हारजितको ठूलो अन्तर देखिए पनि खेलदौरानमा हामी निकै अप्ठयारोमा परेका थियौं।’विकेटकिपर ब्याट्सम्यान महेश क्षत्री र अनिल मण्डलले पहिलो विकेटका लागि ६१ रन जोड्दै नेपाललाई राम्रो शुरूआत दिलाएका थिए, तर देब्रेहाते स्पिनर सचित पाथिरानाले मण्डल र ज्ञानेन्द्र मल्ल -७) लाई आउट गरी श्रीलंकालाई खेलमा र्फकाएका थिए। मण्डलले ४२ बलको सामना गरी तीन चौकाको मद्दतले २५ रन बनाए। खराब सट खेलेर स्टम्पिङ आउट भएका महेशले ६९ बलको सामना गरी पाँच चौकाको मद्दतले ३९ रन बनाए। १२८-३ को राम्रै स्थितिमा रहेको नेपालले त्यसपछि ६ रन जोड्ने क्रममा आकाश गुप्ता, पारस खड्का र पुष्प थापा -२) गरी तीन प्रमुख ब्याट्सम्यानलाई गुमाएपछि पराजयलाई पनि निश्चित गरेको थियो।कप्तान पारसले ४६ बलको सामना गरी एक चौकाको मद्दतले २५, आकाशले ४० बलको सामना गरी दुई चौकाको मद्दतले २४ रन बनाए। तल्लो क्रममा राहुल विकले मात्र दोहोरो स्कोर बनाउने क्रममा १० रन बनाए। यसअघि श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाई २ सय ३६ रन बनाएको थियो। सामान्य चोटका कारण अघिल्लो दिन अभ्यासमा सहभागी नभएका देब्रेहाते तेज बलर अमृत भट्टराईले १० ओभरमा ४२ रन खर्चेर चार विकेट लिए। अमृतले चार विकेट लिई उत्कृष्ट प्रदर्शन गर्दा कप्तान आसन प्रियन्जन र सुवासिंघे पाथिरानाले पाँचौं विकेटका लागि ७२ रन जोड्दै श्रीलंकालाई सुरक्षित स्थानमा डोर्याएका थिए। सुवासिंघेले ८३ बलमा ५ चौकाको मद्दतले ४६ र म्यान अफ द म्याच घोषित पाथिरानाले ६० बलको सामना गरी सात चौकाको मद्दतले ६२ रन बनाए। नवौं नम्बरमा ब्याटिङ गरेका टिसारा पेरेराले २७ बलमा २ चौका र २ छक्काको मद्दतले अविजित ४१ रन बनाएपछि श्रीलंका मजबुत स्थितिमा पुगेको थियो। अमृतबाहेक नेपालका लागि राहुलले १० ओभरमा ५३ रन खर्चेर दुई विकेट लिँदा पारस, राज श्रेष्ठ र सागर खड्काले एक/एक विकेट बाँडेका थिए।नेपालका श्रीलंकाली प्रशिक्षक रोय डायसले आफू आफ्नो टोलीको बलिङबाट सन्तुष्ट रहे पनि पूरा टोलीको प्रदर्शनमा खुसी हुन नसकेको बताए। सन् २००० मा श्रीलंकामा नै भएको विश्वकपमा पनि नेपाल आयोजक टोलीसँग नौ विकेटले पराजित भएको थियो। नेपालले मंगलबार अस्ट्रेलियासँग खेल्नेछ। समूह ँसी’ मा अस्टे्रलियाले आइतबार नामिबियालाई १ सय ४९ रनले पराजित गरेको थियो।<