Tuesday, July 29, 2008

नेपाल सेमिफाइनलनजिक

काठमाडौं, साउन १३ - नेपाल पारस खडकाको उत्कृष्ट ब्याटिङ मदतले एसीसी ट्रफी एलाइट क्रिकेटमा सोमबार लगातार तेस्रो जित हात पार्दै सेमिफाइनलनजिक पुगेको छ । नेपालले समूह 'बी' को आफ्नो तेस्रो खेलमा सिंगापुरलाई छ विकेटले हरायो ।
नेपालको तीन खेलबाट ६ अंक भएको छ भने त्यति नै खेल खेलेको हङकङको ४ अंक छ । नेपाल सेमिफाइनल पुग्ने निश्चित देखिए पनि अन्य टिमको गणितीय सम्भावना कायमै छ ।
किनारा ओबल मैदानमा सिंगापुरविरुद्ध १ सय ५६ रनको विजयी लक्ष्य नेपालले ४० ओभर पा“च बलमा चार विकेट गुमाएर प्राप्त गर्‍यो । नेपालको जितमा उपकप्तान पारसको अविजित ७१ रन योगदान रह्यो । टिमले विजयी लक्ष्य भेटाउ“दा पारसलाई शक्ति गौचनले अविजित ३० रनमा साथ दिइरहेका थिए ।
नेपालले लगातार तेस्रो खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्‍यो । 'म्यान अफ द म्याच' पारसले ९७ बलमा आठ चौका र दर्ुइ छक्का प्रहार गरे । पहिलो विकेटका लागि गतिलो साझेदारी गर्न नसके पनि मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट पर््रदर्शन गर्दै नेपालको जितलाई सहज बनाए ।
नेपालले टिमको ४ रन स्थितिमा परेश लोहनीलाई गुमाएको थियो । प्रारम्भिक ब्याट्सम्यान परेश ३ रन जोडी सिंगापुरका प्रमोद राजाको बलमा बोल्ड भए । अर्का प्रारम्भिक ब्याट्सम्यान कनिष्क चौगाईंले १६ रन योगदान गरे । शरद भेषावकर ९ रन जोडेर पेभेलियन फर्के भने ज्ञानेन्द्र मल्लले १७ रन बटुले । ज्ञानेन्द्रले पारसस“ग चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे ।
शक्ति र पारसले अविजित ६२ रनको साझेदारी गरेर टिमलाई विजयी लक्ष्यसम्म पुर्‍याएका थिए । शक्तिले ३० रन जोड्न ४६ बलको सामना गरे । त्यसमा चार चौका समावेश रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरको सुरुको ब्याटिङ क्रमलाई नेपाली तीव्र गतिका बलर महबुब आलमले ध्वस्त पारे । सिंगापुरले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १ सय ५५ रन जोडेको थियो । महबुबले सिंगापुरले खाता नखोलेको अवस्थामा प्रारम्भिक ब्याट्सम्यान ग्लेन मेयरलाई पाखा लगाए ।
सिंगापुरका लागि अर्का प्रारम्भिक ब्याट्सम्यान चेतन र्सर्ूयवंशीले ३२ रन योगदान गरे । उनी पनि महबुबकै बलमा बोल्ड भए । महबुबले तीनै ब्याट्सम्यानलाई बोल्ड पारे । उनले १० ओभरमा तीन मेडन राख्दै २५ रनमात्र खर्चे ।
नेपालका लागि अर्का बलर शक्ति गौचन र राजकुमार प्रधानले दर्ुइ-दर्ुइ विकेट बा“डे । शक्तिले किफायती बलिङ गरे । उनले १० ओभरमा एक मेडन राख्दै १७ रनमात्र दिए । राजकुमारले ६ ओभरमा दर्ुइ मेडनसहित ११ रन खर्चे । सिंगापुरका लागि चामिन्दा रुवानले ४० रनको उच्च योगदान गरे ।
नेपालले समूह चरणको अन्तिम खेल कुवेतस“ग खेल्नेछ । त्यस्तै, अन्य खेलमा यर्ूर्एइले बहराइनलाई ८ विकेटले हरायो भने हङकङले कतारलाई १ सय ७६ रनले पराजित गर्‍यो ।
Sourse of eKantipuronline.com

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home