Saturday, May 31, 2008

नेपाल बाहिरियो

आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा नेपाल पराजित भएको छ । अफगानिस्तानसँग ३७ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलब ४ ओभरमा सबै विकेट गुमाई एक सय ४२ रनको योगफल तयार पारेको थियो । प्रतिउत्तरमा कीर्तिमान रच्दै अघि बढेको नेपाल ४५ दशमलब पाँच ओभरमा एक सय पाँच रनमा समेटिएको थियो । अफगानिस्तानका लागि मध्यक्रममा आएका एम नाबी इसाखिलले सर्वाधिक ४८ रन बनाएका थिए । त्यस्तै मध्यक्रमकै अर्का ब्याट्सम्यान रइस अहमदजियाले २२, कप्तान केके सेडेकले १८ तथा मोहम्मद स्टेनिकजियाले १८ रनको योगदान दिए । नेपालका लागि शक्ति गौचनले तीन, विनोद दासले दुई, महबुब आलम र पारस खड्काले एक/एक विकेट लिएका थिए । एक सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो अवस्थामा नै झड्का पाएको थियो । पहिलो ओभरको दोस्रो बलमा नै पारस लोहनी खाता खोल्न नपाई पेभेलियन फर्किएका थिए । नेपालका लागि महबुब आलमले सर्वाधिक १७ रन बनाएका थिए । उनका अतिरिक्त ज्ञानेन्द्र मल्ल, कप्तान विनोद दास र बसन्त रेग्मीले क्रमशः ११, १२ र १० रनको योगदान दिए । बाँकी सबै ब्याट्सम्यानले दोहारो अंकको स्कोर बनाउन सकेनन् । अफगानिस्तानका लागि डबलाट अहमदनीले सर्वाधिक तीन तथा गुल अबेद र हामिद हसले २/२ विकेट लिएका थिए ।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home