Friday, February 22, 2008

कस्तो थियो विगतको प्रदर्शन ::: साभार- साप्ताहिक नेपाल

युथ–१९ विश्वकप प्रतियोगितामा नेपाल सन् २००० देखि सहभागिता जनाउँदै आएको छ। सन् १९९९ मा सिंगापुरमा भएको युथ– १९ एसिया कपमा उपविजेता भएपछि नेपालले पहिलोपल्ट युथ विश्वकप खेल्ने सौभाग्य पाएको थियो। पहिलो सहभागितामै नेपाल सुपरलिगमा प्रवेश गरेको थियो। त्यसपछि सन् २००२ मा न्यूजिल्यान्डमा नेपाल दोस्रो विश्वकप खेल्यो। जहाँ प्लेटच्याम्पियनसीपको उपविजेता बनी इतिहास रच्न पुग्यो। प्लेट च्याम्पियनसीपमा नेपालले जिम्बाबेसँग १ सय ३७ रनको पराजय भोगेको थियो। लिगको पहिलो चरणको खेलमा नेपालले सनसनी मच्चाएको थियो। टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तान र बंगलादेशलाई पराजित गरेको थियो। त्यस्तै सन् २००४ मा नेपालले तेस्रो पटक सहभागिता जनायो। बंगलादेशमा सम्पन्न उक्त विश्वकपमा नेपालले खासै उपलब्धि हात भने पार्न सकेन। तर प्लेट च्याम्पियनसीपको दौरानमा टेस्ट खेल्ने राष्ट्र साउथ अफ्रिकालाई हराउँदै आफ्नो दम्भ भने देखाएको थियो। नेपालको लागि श्रीलंकन विश्वकप ऐतिहासिक रह्यो। सन् २००६ मा श्रीलंकामा सम्पन्न विश्वकपमा नेपालको चौथो सहभागिता थियो। नेपालले प्लेटच्याम्पियनसीपको उपाधि जित्न पुग्यो। न्यूजिल्यान्डजस्तो टेस्टस्तरको सशक्त टिमलाई फाइनलमा एक विकेटले पराजित गरी उपाधि चुमेको थियो। उक्त विश्वकपको पहिलो चरणमा साउथ अफ्रिकालाई पनि पराजित गर्यो ।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home