Friday, May 9, 2008

नेपाल पाकिस्तानसँग दोस्रोपटक पराजित


नेपाल र पाकिस्तान क्रिकेट बोर्ड एकेडेमी बीचको तीन एक दिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा शुक्रबार पनि नेपाल पराजित भएको छ। राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पाहुना टोली पाकिस्तानले नेपाललाई १ सय ९ रनको विशाल अन्तरले हरायो। विश्वकप क्रिकेट छनोटको लागि डिभिजन फाइभ प्रतियोगिताको तयारीमा रहेको नेपाल बिहीबारको पहिलो खेलमा ७ विकेटले पराजित भएको थियो। पाहुना टोलीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभरमा १ सय ९ रनमै सीमित भयो। टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाँउदै २ सय १८ रन जोडेको थियो। ७ विकेट गुमाउँदा १ सय १८ रन बनाएको पाकिस्तानले आठौं विकेटका लागि एक सय रनको साझेदारी गरेपछि सम्मानजनक योगफल तयार गरेको हो। मे २३ देखि जर्सीमा हुने डिभिजन फाइभ क्रिकेट खेल्न जानुअघि विनोद दासको टिमले घरेलु मैदानमा पाकिस्तानी एकेडेमीसँग अभ्यास खेलेको हो। यसअघि नेपालले गत हप्ता बंगलादेशी टिमलाई ६० रनले हराएको थियो।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home