Saturday, May 31, 2008

नेपाल बाहिरियो

आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा नेपाल पराजित भएको छ । अफगानिस्तानसँग ३७ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलब ४ ओभरमा सबै विकेट गुमाई एक सय ४२ रनको योगफल तयार पारेको थियो । प्रतिउत्तरमा कीर्तिमान रच्दै अघि बढेको नेपाल ४५ दशमलब पाँच ओभरमा एक सय पाँच रनमा समेटिएको थियो । अफगानिस्तानका लागि मध्यक्रममा आएका एम नाबी इसाखिलले सर्वाधिक ४८ रन बनाएका थिए । त्यस्तै मध्यक्रमकै अर्का ब्याट्सम्यान रइस अहमदजियाले २२, कप्तान केके सेडेकले १८ तथा मोहम्मद स्टेनिकजियाले १८ रनको योगदान दिए । नेपालका लागि शक्ति गौचनले तीन, विनोद दासले दुई, महबुब आलम र पारस खड्काले एक/एक विकेट लिएका थिए । एक सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो अवस्थामा नै झड्का पाएको थियो । पहिलो ओभरको दोस्रो बलमा नै पारस लोहनी खाता खोल्न नपाई पेभेलियन फर्किएका थिए । नेपालका लागि महबुब आलमले सर्वाधिक १७ रन बनाएका थिए । उनका अतिरिक्त ज्ञानेन्द्र मल्ल, कप्तान विनोद दास र बसन्त रेग्मीले क्रमशः ११, १२ र १० रनको योगदान दिए । बाँकी सबै ब्याट्सम्यानले दोहारो अंकको स्कोर बनाउन सकेनन् । अफगानिस्तानका लागि डबलाट अहमदनीले सर्वाधिक तीन तथा गुल अबेद र हामिद हसले २/२ विकेट लिएका थिए ।

Wednesday, May 28, 2008

नेपाल सेमिफाइनलमा


नेपाल आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन फाइभ क्रिकेटको सेमिफाइनलमा मंगलबार प्रवेश गरेको छ ।
जर्सर्ीी भएको खेलमा नेपालले भानुतुलाई १ सय ८३ ले पराजित गर्‍यो । भानुतु ३२ ओभर १ बलमा ८३ रनमा समेटियो । यो नेपालको लगातार चौथो जित हो ।
यसअघि भानुतुले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले निर्धारित ४६ ओभरमा ९ विकेट गुमाउ“दै २ सय २० रन बनाएको थियो ।
नेपाली टिम व्यवस्थापक टंक पनेरुले दिएको जानकारीअनुसार महेश क्षेत्रीले र्सवाधिक ६५ रन बनाए । महबुब आलमले १९ बलमा ३४ रनको योगदान दिए । त्यस्तै, प्रारम्भिक ब्याट्सम्यान परेश लोहनीले २८ रनको योगदान दिएका थिए । वसन्त रेग्मी १९ रनमा अविजित रहे भने शरद भेषावकरले २० रन जोडे । भानुतुका निमोहोले ५३ रन खर्चेर ३ विकेट लिए ।

नर्वेमाथि १ सय ८ रनको फराकिलो जित


सोमबार भएको खेलमा नेपालले नर्वेमाथि १ सय ८ रनको फराकिलो जित दर्ता गरेको थियो । नेपालले पहिले ब्याटिङ गर्दै २ सय ४ रन बनाएको थियो । प्रत्युत्तरमा नर्वे ४६ ओभर ४ बलमा ९६ रनमा सीमित भएको थियो । नेपालले बुधबार अमेरिकास“ग लिग चरणको अन्तिम खेल खेल्नेछ

Monday, May 26, 2008

आलमको चमत्कार


देब्रेहाते तीव्र गतिका बलर महबुब आलमले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचेका छन् । आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत आइतबार भएको मोजाम्बिकविरुद्धको खेलमा उनले असाधारण बलिङ गर्दै सम्पूर्ण १० विकेट एक्लैले लिए । महबुबको घातक बलिङपछि मोजाम्बिक जम्मा १९ रनमा समेटिएको थियो । आइसिसीको मान्यताप्राप्त कुनै पनि अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबै विकेट एक्लैले लिने महबुब पहिलो बलर बनेका छन् । यसका लागि उनले सात ओभर पाँच बल बलिङ गर्दै १२ रन मात्र खर्चे । नेपालले पहिले ब्याटिङ गर्दै दुई सय ३८ रन बनाएको थियो । दुई सय १९ रनको विशाल अन्तरले नेपाल विजयी भयो । मोजाम्बिकका नौ ब्याट्सम्यान शून्य स्कोरमा पेभेलियन फर्केका थिए । राजविराजका अलराउन्डर महबुब तीनपटक ह्याटि्रकको संघारमा पुगेका थिए । सो क्रममा उनले एक मेडन राखे र एक दशमलब ५३ को इकोनोमी रेटमा सम्पूर्ण दस विकेटलाई पेभेलियनको बाटो देखाए । उनले चार नो बल फालेका थिए । सन् २००० मा यू-१९ क्रिकेट टोलीको सदस्यका रूपमा श्रीलंकाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटको थालनी गरेका आलमले आइतबार पहिलो ओभरको अन्तिम बलमा मोजाम्बिकका प्रारम्भिक ब्याट्सम्यान आइआइएम इखेरियालाई बोल्ड गरे । अर्का ब्याट्सम्यान एनजे कारिम पनि तेस्रो ओभरको पहिलो बलमै बोल्ड भए ।
आलमको अगाडि रन जोड्न सकेका मोजाम्बिकका खेलाडीमा सइद शाह (९) मात्र थिए । यद्यपि, शाहलाई पनि आलमले सातौं विकेटका रूपमा महेश क्षेत्रीको हातमा थमाएका थिए । यद्यपि, शाह आउट हुँदा १९ रनको अवस्थामा रहेको मोजाम्बिकले त्यसपछि कुनै रन जोड्न सकेन । आलमले कीर्तिमान बनाउन पाँच ब्याट्सम्यानलाई बोल्ड गरे भने चारजनालाई एलबिडब्लू धरापमा पारे । एक विकेटका लागि उनले महेश क्षेत्रीको सहारा लिएका थिए ।सन् २००० मा एसिसी ट्रफीबाट सिनियर राष्ट्रिय टोलीमा प्रवेश पाएका आलमले यसअघि सन् २००३ मा काठमाडौंमा भएको इमर्जिङ नेसन्स कपमा सर्वाधिक आठ विकेटको नेपाली कीर्तिमान बनाएका थिए । त्यसैगरी, सन् २००६ को एसिसी ट्रफीमा म्यान्मारविरुद्ध एकै इनिङमा सात विकेटसमेत लिएका थिए ।टेस्ट मान्यता पाएका मुलुकमा चामिन्दा भाषले जिम्बाबेविरुद्ध लिएको आठ विकेट नै सर्वाधिक सफल बलिङ रेकर्डका रूपमा रहेको छ । भाषले १९ रन खर्चेर सन् २००१ मा भएको एक खेलमा सो रेकर्ड राखेका थिए ।आलमले कीर्तिमान बनाएपछि खुसी भएका नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेले 'व्यक्तिगत रूपमै उनलाई पुरस्कृत गर्ने' नयाँ पत्रिकालाई बताए । 'यो आश्चर्यजनक प्रदर्शन हो, नेपाली टोलीले बलिङमा मात्र होइन ब्याटिङमा पनि आफूलाई सुधारेका छन् यो प्रतियोगितामा ।' अघिल्लो दिन -शनिबार) खेलका दौरान वर्षा सुरु भएपछि खेल रद्द भई आइतबार सुरुदेखि सञ्चालन भएको थियो ।अघिल्लो दिन नेपालले मोजाम्बिकलाई ७० रनमा समेटेपछि ब्याटिङ सुरु गर्दा भारी वर्षा सुरु भएको थियो । आलमले अघिल्लो दिन भने कुनै विकेट लिएका थिएनन् ।टस जितेको मोजाम्बिकले आइतबार भने पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा दुई सय ३८ रनको योगफल तयार गरेको थियो ।सो योगफल तयार गर्न ज्ञानेन्द्र मल्लले चार चौकाको मद्दतले ७१ रन जोडेका थिए । उनले र शक्ति गौचन (३४) ले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरेपछि नेपालले चुनौतीपूर्ण योगफल तयार गरेको थियो । एक समय नेपाल ३० रन जोड्दा तीन विकेटको फितलो अवस्थामा थियो । मल्लले पारस खड्का (४४) सँग पाँचौं विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । खड्काले ५० बलमा दुई चौका र एक छक्काको मद्दतले सो रन जोडेका थिए । यसैगरी अविजित रहेका आलमले २३ रन जोडेका थिए ।

क्रिकेट का हिरोहरू

अहिलेसम्म एकल १० विकेट लिन सफल भएका क्रिकेट खेलाडीहरू

१. जेम्स चार्ल्स लेकर ५१.२-२३-५३-१० विरूदॄ अस्ट्रेलिया २६ जुलाइ १९५६
२. अनिल राधाकृष्ण कुम्ब्ले २६.३-९-७४-१० विरूदॄ पाकिस्तान ०४ फेब्रुअरी १९९९
३. मेहबुब अलम ७.५-१-१२-१० विरूदॄ मोजाम्विक २५ मे २००८

Sunday, May 25, 2008

बलिङको सान



नेपाली राष्ट्रिय क्रिकेट टोलीका विनोद दास बलिङ एक्सनमा । आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत शनिबार मोजाम्बिकविरुद्धको नेपालको खेल वषर्ाका कारण रद्द भएको छ । क्रिकेट संघका महासचिव टंक पनेरुले इमेलमा दिएको जानकारीअनुसार खेल आइतबारदेखि सञ्चालन हुनेछ । वषर्ाले खेल प्रभावित हुनुअघि नेपालले मोजाम्बिकलाई २८ दशमलव पाँच ओभरमा ७० रनमा समेटेको थियो । विनोद दासले १६ रन र सञ्जम रेग्मीले आठ रन खर्चेर समान पाँच/पाँच विकेट लिएका थिए ।

Saturday, May 24, 2008

नेपालको शानदार जित


आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले समूह 'ए'को पहिलो खेलमा जर्मनीमाथि सहज सात विकेटको जित हासिल गरेको हो । नेपाली टोलीले आफ्नो बलिङक्षमताकै आधारमा सो जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको जर्मनीलाई नेपाली बलरले ३९ ओभर पाँच बलमा ६९ रनमा समेटेका थिए । ७० रनको विजयी लक्ष्यलाई नेपालले १९ ओभर २ बलमा तीन विकेटको क्षतिमा भेटेको थियो । जर्मनीविरुद्ध खेल्नुअघि लगातार तीन अभ्यास खेलमा जित हासिल गरेको नेपाली टोलीलाई उपाधि दाबेदारमध्येको एक मानिएको छ । नेपालले जर्मनीसँग खेल्नुअघि अभ्यासमा बहामास, गुयन्र्से र काठमाडौंमा पाकिस्तान क्रिकेट एकेडेमीलाई पराजित गरेको थियो । युरोपेली च्याम्पियनसिप डिभिजन-२ खेलमा तेस्रो भएपछि वल्र्ड क्रिकेट लिग डिभिजन-५ मा छनोट भएको जर्मनी कुनै पनि समय नेपालको बलियो प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत भएन । नेपालको बलिङ आक्रमणका अगाडि टोलीका आसिफ शाहमात्र २२ रन बनाउन सक्षम भए । जर्मनीलाई थोरै रनमा सीमित गर्न प्रारम्भिक बलर मेहबुब आलमले २४ रन खर्चेर तीन विकेट लिए । उता, स्पिनर सन्जम रेग्मीले घातक बलिङको नमुना देखाउँदै चार रनमात्र खर्चेर तीन विकेट लिए । नेपालले १० रन जोड्दा पहिलो विकेट गुमाए पनि महेश क्षेत्री अविजित रही २३ रन जोडेपछि जित हासिल गरेको थियो । अब नेपालले शनिबार मोजाम्बिकविरुद्ध समूह चरणको दोस्रो खेल खेल्नेछ ।

Friday, May 23, 2008

अभ्यास खेलमा नेपालको दोस्रो जित

आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत बुधबार राति भएको अभ्यास खेलमा नेपालले गुयन्र्सेलाई ७३ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा दुई सय नौ रनको योगफल तयार गरेको थियो । प्रत्युत्तरमा आएको गुयन्र्से सम्पूर्ण विकेट गुमाउँदा एक सय ३९ रनमात्र जोड्न सफल भयो । नेपालको जितमा शरद भेषवाकरको सफल ब्याटिङ र राजकुमार प्रधानको घातक बलिङले महत्त्वपूर्ण भूमिका खेल्यो । एक सय ३९ बलमा ७२ रन जोडेका भेषवाकरले मेहबुब आलम -४५) सँग एक सय तीन रनको साझेदारी गरेका थिए । उनीहरूको साझेदारीले नेपालको जितको आधार तय गरेको थियो । गुयन्र्सेको प्रभावशाली बलिङका कारण एक समय पाँच विकेटको क्षतिमा ६५ रन मात्र जोेडेको कमजोर अवस्थामा रहेको नेपाली टोलीलाई भेषवाकर र आलमले चुनौतीपूर्ण योगफलतर्फ लगेका थिए । नेपाली टोलीका लागि अविजित रहेका बसन्त रेग्मी -२०) र विनोद दास -१५) ले पनि महत्त्वपूर्ण योगदान दिए । नेपाली बलर हावी भएपछि प्रत्युत्तरमा आएको गुयन्र्से ४० रन जोड्दा चार विकेटको गुमाएको कमजोर अवस्थामा पुगेको थियो । यद्यपि, टोलीका कप्तान स्टुआर्ट प्रेभोस्टले ४१ र जेरेमी र्फथले २४ रनको योगदान दिए । बलिङमा राजकुमार प्रधानले ३६ रन खर्चेर चार विकेट लिए । यसैगरी, मेहबुब आलम र पारस खड्काले दुई/दुई विकेट तथा सन्जम रेग्मीले एक विकेट लिए । सो विजयसँगै नेपाली टोली बुधबार राति नै प्रतियोगिता आयोजनास्थल जर्सी लागेको छ । नेपालले प्रतियोगिताको पहिलो खेल शुक्रबार जर्मनीविरुद्ध खेल्नेछ । यसैगरी, नेपाल रहेको समूह 'ए'को अन्य दुई खेल पनि हुनेछ । समूह 'बी'का तीन खेल शुक्रबार हुनेछन् ।

Wednesday, May 21, 2008

नेपालको फराकिलो जित

जेठ ७ - नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा मंगलबार बहामासलाई २ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
आईसीसी विश्वकप लिग डिभिजन ५ क्रिकेट प्रतियोगितामा सहभागी हुन जर्सर्ीीान लागेको नेपाली टिमले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाउ“दै २ सय ७२ रन बनायो । टोलीका व्यवस्थापक टंक पनेरुले दिएको जानकारीअनुसार गुनर्सर्ीीाइसल्यान्ड यूकेमा भएको खेलमा प्रत्युत्तरमा बहामास टिम ३० ओभर ४ बलमा ७१ रनमा सीमित भयो । नेपाली टिमका लागि पारख खडकाले र्सवाधिक ६३ रनको योगदान दिए । उनले ४२ बलको सामना गरे ।
त्यस्तै शक्ति गौचनले ५० तथा ज्ञानेन्द्र मल्लले ४८ रनको उत्कृष्ट इनिङ खेले । नेपालका लागि दीपेन्द्र चौधरीले २९ तथा महबुब आलमले १९ र परेश लोहनीले १८ रन जोडे ।
बहमासलाई सस्तैमा समेट्न नेपाली बलरले उत्कृष्ट पर््रदर्शन गरे । कप्तान विनोद दास, राजकुमार प्रधान र महबुबले दर्ुइ-दर्ुइ विकेट लिए । त्यस्तै, वसन्त रेग्मी, सञ्जम रेग्मी, शक्ति र पारसले एक-एक विकेट हात पारे ।
नेपालले अर्को अभ्यास खेल बुधबार गुनर्सर्ीीग खेल्नेछ ।

Tuesday, May 20, 2008

WCL-5 २३ मै २००८ बाट शुरू

WCL Group-5 को खेल २३ मै बाट शुरू हुँदैछ। स्कोर को लागी यहाँ थिच्नुहोस --->

Tuesday, May 13, 2008

क्रिकेट टोलीले भिसा पायो

जर्सीमा हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन- ५ क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीले सोमबार इङ्ल्यान्डको भिसा पाएको छ । नेपाली क्रिकेट टोली भिसा आवेदनका लागि सोमबार नयाँदिल्ली गएको थियो । भिसा पाएको टोली मंगलबार नेपाल र्फकने जानकारी क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेले दिए । टोली १५ मेमा नेपालबाट इङ्ल्यान्डतर्फ जानेछ । यद्यपि, भारतको समेत भिसा लिनुपर्ने भएकाले सोमबार ढिलो गरी नयाँदिल्ली पुगेका प्रशिक्षक रोय डायसले मंगलबार भिसा आवेदन भर्दै छन् । भिसा पाएपछि सिधै जर्सीतर्फ लाग्ने प्रशिक्ष्ाक रोय डायसले नेपाली टोलीलाई दुबई ट्रान्जिटमा भेट्ने जानकारी पनि अध्यक्ष पाण्डेले दिए । यसअघि, नेपालस्थित काउन्सेलर शाखाबाट भरिएको भिसा आवेदन गलत भएपछि नेपाली टोली दिल्लीसम्म जानुपरेको हो ।

Monday, May 12, 2008

नेपालको यात्रामा हौसलाको सिँढी


विनोद पाण्डे (काठमाडौं) पाकिस्तान क्रिकेट बोर्ड एकेडेमीविरुद्धको अभ्यास खेलमा स्मरणीय विजय हात पारेपछि विश्वकपमा छनोट हुने नेपाली क्रिकेटको महत्त्वाकांक्षी योजनामा ठूलो बल प्रदान गरेको छ। आफूभन्दा निकै माथिल्लोस्तरको मानिएको पाकिस्तानी टोलीविरुद्ध नेपालले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १५ रनको अप्रत्याशित विजयी नतिजा निकालेको थियो।सन् २०११ मा एसियाली महाद्वीपमा हुने विश्वकपको छनोट खेल खेल्न नेपाली टोली यसै साता इङ्ल्यान्ड हुँदै जर्सीग्दै छ। मे २१ देखि ३१ सम्म जर्सी हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ मा नेपालले समूह चरणमा अमेरिका, जर्मनी, नर्वे, मोजाम्बिक र भानुएटुसँग प्रतिस्पर्धा गर्नेछ। डिभिजन-५ को फाइनलमा पुग्ने दर्ुइ टोली डिभिजन-४ का लागि छनोट हुनेछन्।विश्वकपमा छनोट हुन नेपालले डिभिजन-५ बाट डिभिजन-४, डिभिजन-३ हुँदै अन्तिम छनोट मानिएको १२ राष्ट्र सम्मिलित डिभिजन-२ मा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।यस अर्थमा नेपालका लागि विश्वकपमा छनोट हुनु अहिलेलाई नै लगभग असम्भव चुनौती हो। तर क्रिकेटमा सबै सम्भव छ। विश्व क्रिकेटमा ँर्डार्क हर्सँ को उपनाम पाएको नेपाली टोलीले आइतबार पाकिस्तानी टोलीविरुद्ध निकालेको विजय नतिजापछि त्यो प्रमाणित पनि भएको छ।ँयदि नेपाल विश्वकपमा छनोट भएमा सबैभन्दा खुसी म हुनेछु’, नेपालको प्रदर्शनको प्रशंसा गर्दै पाकिस्तान क्रिकेट बोर्ड एकेडेमी टोलीका प्रशिक्षक इजाज अहमदले भने- ँनेपालले राम्रो खेलेर जितेको हो, राम्रो टोलीसँग खेलेरै नेपालले आफनो प्रदर्शनमा सुधार ल्याएको हो।’

पाकिस्तानसँगको अन्तिम खेलमा नेपालले लाज बचायो

नेपाल र पाकिस्तानबीचको तीन एक दिवसीय मैत्रीपूर्ण खेलको शृंखलाअन्तर्गत आज भएको अन्तिम खेलमा १५ रनले जित्दै नेपालले लाज बचाएको छ। टस जिती पहिलो ब्याटिङ गर्दै विपक्षीसामु एक सय ३७ रनको चुनौती पेस गरेकोमा पाकिस्तान २८ दशमलब ३ ओभरमा एक सय २१ रनमै अलआउट भएपछि नेपालले शृंखलामा सान्त्वना जित हात पारेको हो। यसअघि भइसकेको दुई खेलमा नेपाल पराजित भइसकेको थियो। राजधानीको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ३८ दशमलब दुई ओभरमा एक सय ३६ रन बनाएर अलआउट भएको थियो। नेपालका लागि शक्ति गौचनले अविजित ५० रन बनाउनुभएको थियो।

Friday, May 9, 2008

नेपाल पाकिस्तानसँग दोस्रोपटक पराजित


नेपाल र पाकिस्तान क्रिकेट बोर्ड एकेडेमी बीचको तीन एक दिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा शुक्रबार पनि नेपाल पराजित भएको छ। राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पाहुना टोली पाकिस्तानले नेपाललाई १ सय ९ रनको विशाल अन्तरले हरायो। विश्वकप क्रिकेट छनोटको लागि डिभिजन फाइभ प्रतियोगिताको तयारीमा रहेको नेपाल बिहीबारको पहिलो खेलमा ७ विकेटले पराजित भएको थियो। पाहुना टोलीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभरमा १ सय ९ रनमै सीमित भयो। टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाँउदै २ सय १८ रन जोडेको थियो। ७ विकेट गुमाउँदा १ सय १८ रन बनाएको पाकिस्तानले आठौं विकेटका लागि एक सय रनको साझेदारी गरेपछि सम्मानजनक योगफल तयार गरेको हो। मे २३ देखि जर्सीमा हुने डिभिजन फाइभ क्रिकेट खेल्न जानुअघि विनोद दासको टिमले घरेलु मैदानमा पाकिस्तानी एकेडेमीसँग अभ्यास खेलेको हो। यसअघि नेपालले गत हप्ता बंगलादेशी टिमलाई ६० रनले हराएको थियो।

Thursday, May 8, 2008

एकदिवसीय मैत्री खेलमा पाकिस्तानद्वारा नेपाल पराजित

पाकिस्तान क्रिकेट बोर्डको एकेडेमिक टोली र नेपाली राष्ट्रिय टोलीबीच बिहीबार राजधानीमा भएको मैत्रीपूर्ण एकदिवसीय खेलमा नेपाल पराजित भएको छ। नेपाली राष्ट्रिय टोलीले पहिले ब्याटिङ थालेको खेलमा नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएकोमा पाकिस्तान क्रिकेट बोर्डको टोलीले २३ दशमलब २ ओभरमा ३ विकेट गुमाएर आफ्नो लक्ष्य हासिल गरेको हो।नेपालले आफ्नो इनिङमा ४६ ओभरमा एक सय ५२ रन बनाउने क्रममा अलआउट भए पछि पाकिस्तानी टोलीले एक सय ५३ रनको चुनौती पाएको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ४५ रन बनाए भने परेश लोहनीले २३ रन जोडेका थिए।

नेपाली क्रिकेटको ँवास्तविक’ परीक्षा

काठमाडौं, वैशाख २५ - नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार अहिलेसम्मकै र्सवाधिक कठिन चुनौतीबाट गुज्रिनेछ । नेपालले टीयू क्रिकेट मैदानमा पाकिस्तानी क्रिकेट एकेडेमीको सामना गर्दा उसको सामु टेस्ट र एकदिवसीय अनुभव भएका युवा उत्कृष्ट खेलाडी हुनेछन् ।
नेपाल र पाकिस्तानी टिमबीच तीन खेल हुनेछ । बा“की दर्ुइ खेलमध्ये दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ । पाकिस्तानी टिमका प्रशिक्षकमा पर्ूव टेस्ट तथा एकदिवसीय खेलाडी इजाज अहमद रहेका छन् । उनले ६८ टेस्ट र २ सय ५० एकदिवसीय खेलेका छन् ।
'हाम्रो टिम बलियो र सन्तुलित
छ । हामीस“ग ठोस ब्याट्सम्यान, उपयोगी तीव्र गति र स्पिन बलिङ छ,' अहमदले भने, 'हामीविरुद्ध खेलेर नेपालले अमूल्य अनुभव बटुल्न सक्नेछ । नेपाली क्रिकेटलाई सहयोग गर्न पाकिस्तान सधैं तयार छ ।'
पाकिस्तानी टिमका व्यवस्थापकमा सइद अजर छन् । खलिद लतिफ कप्तान छन् । खेलाडीमा खुराम मन्जुर, राहिल माजिद, मोहम्मद आमेर, यासिर शाह, सोहिल खान, सोहेल खान, अदिल राजा, नइम अन्जुम, अहमद सेहजाद, अजर अली, सइड वासिम, अनवर अली, सरफराज अहमद र सेख मोहम्मद छन् ।
'बलियो र सशक्त टिम पठाएकामा पाकिस्तानी क्रिकेट बोर्डलाई धन्यवाद' नेपाली प्रशिक्षक रोय डायसले भने, 'नेपाली क्रिकेटलाई राम्रो प्रतिद्वन्द्वीको आवश्यक छ । यस्ता टिमको सामना गरे मात्र नेपाली टिमको स्तर बढ्नेछ । यो शृङ्खलामा नेपाली टिमको परीक्षा हुनेछ ।'
त्यस अवसरमा पाकिस्तानी क्रिकेट टिमका व्यवस्थापक अजर हुसेनले नेपालको भ्रमण गर्न पाएकामा खुसी व्यक्त गर्दै शृङ्खलाबाट नेपालले धेरै सिक्न पाउने बताए । 'नेपाल अन्तर्रर्ााट्रय क्रिकेट मैदानमा उदयमान शक्ति हो,' उनले भने, 'शृङ्खला नेपालका लागि फाइदा हुनेछ ।'
त्यस अवसरमा नेपाल क्रिकेट संघ अध्यक्ष विनयराज पाण्डेले भविष्यमा पनि नेपालले छिमेकी दक्षिण एसियाली देशस“गै मैत्रीपर्ूण्ा क्रिकेटका शृङ्खला हुने बताए । 'नेपालका चार छिमेकी टेस्ट टिम हुन,' उनले भने, 'आउने दिन तिनीहरूविरुद्ध मैत्रीपर्ूण्ा शृङ्खला अघि बढ्नेछ ।
sourse of eKantipuronline

Wednesday, May 7, 2008

पाकिस्तानी टिम काठमाडौंमा

पाकिस्तानी टिम काठमाडौंमा
कास
काठमाडौं, वैशाख २४ - विश्वकप क्रिकेटमा सहभागिता पाउनका लागि डिभिजन-५ खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमस“ग मैत्री खेल खेल्न १९ सदस्यीय पाकिस्तानी टोली मंगलबार काठमाडौं आएको छ ।
पाकिस्तान क्रिकेट बोर्डको एकेडेमी टिमले बिहीबार, शुक्रबार र आइतबार राष्ट्रिय टिमस“ग ३ मैत्रीपर्ूण्ा एकदिवसीय खेल खेल्नेछ । पाकिस्तानी टिमका प्रशिक्षक इजाजामदले त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा मैत्रीपर्ूण्ा खेलमा हार, जितभन्दा पनि खेलले दुवै देशका खेलाडीलाई राम्रो हुने प्रतिक्रिया
दिए । 'मैत्रीपर्ूण्ा खेल भएकाले कुनै लक्ष्य हामीले बनाएका छैनौं ।' उनले थपे- 'तर हामीले बंगलादेशमा राम्रो पर््रदर्शन गरेका छौं ।'
विभिन्न अन्तर्रर्ााट्रय प्रतियोगिताको अनुभव संगालेका र पाकिस्तानको यू-१९ टिमका खेलाडी रहेको पाकिस्तानी टिमले बंगलादेशमा पनि उत्कृष्ट पर््रदर्शन गरेको थियो । उसले बंगलादेशस“गका चार खेल जितेको थियो भने श्रीलंका, बंगलादेश र पाकिस्तानबीचको त्रिकोणात्मक शृङख्लामा पनि विजयी भएको थियो ।

Saturday, May 3, 2008

क्यानको जित

क्यानको जित
कास
काठमाडौं, वैशाख २० - डिफिजन फाइभको प्रतिस्पर्धामा ओर्लनअघि मैत्रीपर्ूण्ा खेलमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले शुक्रबार पुराना बंगलादेशी खेलाडीविरुद्ध कर्ीर्तिपुर मैदानमा जितको स्वाद चाखे । लगभग राष्ट्रिय टिमका रूपमा उत्रेको क्यान-११ ले भेट्रान खेलाडीले भरिएको ढाका क्लबलाई ६० रनले हरायो ।
नेपाली टिमको जितमा राहुल विक नायक रहे । उसले ५.३ ओभरमा पा“च रनमात्र खर्चे । उनले विकेट संख्या भने छ पुर्‍याए । उनी 'म्यान अफ द म्याच' भए । टस जितेर पहिले ब्याटिङ गरेको क्यानले ३५ ओभरमा सात विकेट गुमाएर १ सय ८५ रन जोड्यो ।
ढाका क्लबले प्रत्युत्तरमा ३४.३ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रनमात्र जोड्न सक्यो । नेपाललाई सुदृढ स्कोरम्म पुर्‍याउन शरद भेषावकर र अनुभवी दीपेन्द्र चौधरीले प्रमुख भूमिका खेले ।
खराब सुरुवातपछि तेस्रँे क्रमका शरदले ४५ बलको सामना गरेर ४३ रन जोडे ।
sourse of eKantipuronline

Newer Posts Older Posts Home