Wednesday, February 20, 2008

ब्याटिङ फेरि निराशाजनक

ब्याटिङमा निराशाजनक प्रदर्शनपछि नेपालको मलेसियामा भइरहेको आइसीसी यु-१९ विश्वकप क्रिकेटमा सुपर लिगमा छनोट हुने आशा समाप्त भएको छ। अघिल्लो दिन श्रीलंकासँग ६१ रनले पराजित भएको नेपाल मंगलबार पेनाङ स्पोर्ट्स क्लबमा टेस्ट खेल्ने अर्को राष्ट्र अस्ट्रेलियासँग ९६ रनले पराजित हुन पुग्यो। २ सय ७ रनको विजयलक्ष्य लिएर आएको नेपाल ३२.१ ओभरमा १ सय १० रनमा समेटिएको थियो। राहुलकुमार विश्वकर्माले ३३ रन बनाए। नेपालका लागि सर्वाधिक रन बनाउने क्रममा राहुलले ४७ बलको सामना गरी तीन चौका र एक छक्का प्रहार गरे। ९ विकेट केवल ६६ रनमा गुमाइसकेको अवस्थामा राहुलले अघिल्लो दिन चार विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका अमृत भट्टराईसँग अन्तिम विकेटका लागि ४४ रन जोडेका थिए। अमृतले २० बलको सामना गरी दुई चौका प्रहार गर्दै ९ रन बनाए। राहुलबाहेक ज्ञानेन्द्र मल्ल र रोम श्रेष्ठले मात्र दोहोरो स्कोर बनाए। पिठयूँको चोटका कारण पूर्ण फटि नरहेका ज्ञानेन्द्रले १७ र प्रतियोगितामा पहिलो खेल खेलिरहेका रोमले ११ रन बनाए। ँहामीले राम्रो बलिङ गर्दै उनीहरूलाई अलआउट गर्यौं, तर महेश क्षत्री शुरूआतमै रनआउट भएपछि खेल परिवर्तन भयो’, नेपालका प्रशिक्षक रोय डायसले नेपाल क्रिकेट डट कम डट एनपीलाई भने- ँअन्तिम थापा, सागर खड्का र आकाश गुप्ताले आफ्नो विकेट फ्याँके, ज्ञानेन्द्र, अनिल मण्डल र पारस खड्का मात्र राम्रो बलमा आउट भएका छन्।’पारसले बलिङमा नेतृत्व सम्हाल्दा यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाको इनिङ ४९.३ ओभरमा २ सय ६ रनमा खुम्चिएको थियो, जबकि अस्ट्रेलियाले २२ ओभरमा दुई विकेट गुमाई १ सय रन बनाउँदै राम्रो शुरूआत गरेको थियो। पारसले ९.३ ओभरमा एक मेडन राख्दै ३२ रन खर्चेर चार विकेट लिए। त्यस्तै पहिलो परिवर्तनको रूपमा आएका राज श्रेष्ठले १० ओभरमा ३२ रन खर्चेर तीन विकेट लिए। खेलभरि छाएका राहुलले १० ओभरमा ३४ रन खर्चेर दुई विकेट लिए। एक विकेट अन्तिमको नाममा रह्यो।अस्ट्रेलियाका लागि ओपनरद्वय केटी पासकोइ र पीजी ह्युज्सले क्रमशः ३७ र ४३ रन बनाएका थिए। त्यस्तै एम कार्नरले ३२, जेपी फाउलकनरले २२ रन बनाए।१० रन बनाउनुका साथै ६ ओभरमा २ मेडन राख्दै २५ रन खर्चेर अनिल, पारस र ज्ञानेन्द्रलाई आउट गरेका जेम्स प्याटिन्सन म्यान अफ द म्याचमा चुनिए। ँशुरूआतमा बल सही ठाउँमा बजार्दा तेज बलरहरूका लागि पिचमा केही थियो’, प्याटिन्सनले भने- ँतर धेरै गर्मी भएका कारण म पाँच ओभर बलिङ गर्दा थाकिसकेको थिएँ।’ नेपाललाई सजिलो रूपमा नलिई भारत र पाकिस्तानसँग जस्तै खेलेको प्याटिन्सनले बताए। खेलपछि नेपालका कप्तान पारसले भने- ँशुरूआत खराब भए पनि हामीले राम्रो बलिङ गर्दै पुनरागमन गर्यौं, तर ब्याटिङमा म निकै निराश छु।’ँहामीले अझै रन बनाउनुपर्ने थियो, तर हामी खराब समयमा आउट भयौं’, अस्ट्रेलियाका कप्तान एम हिलले भने- ँशुरूआतमा नयाँ बल र त्यसपछि स्पिनरहरूलाई राम्रो मद्दत मिलिरहेका कारण २ सय रन राम्रो स्कोर हो भन्ने हामीले बुझेका थियौं।’सुपर लिगको दौडबाट लगभग बाहिरिएको नेपालले अब नामिबियासँग बिहीबार समूहचरणको अन्तिम खेल खेल्नेछ।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home