Wednesday, July 23, 2008

नेपालको लगातार तेस्रो जित

काठमाडौं, साउन ६ - एसीसी ट्रफी एलाइट कप क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका क्रिकेट बोर्ड-११ विरुद्ध अभ्यास खेलमा सोमबार लगातार तेस्रो जित हासिल गरेको छ । चार विकेटको जितस“गै नेपालले तीन म्याचको अभ्यास शृङ्खला ह्वाइटवास गरेको छ ।
कोलम्बोको मोरतुवा रंगशालामा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाली टिमले जितका लागि १ सय ५० रनको लक्ष्य पाएको थियो । उसले निर्धारित ५० ओभर समाप्त हुन १२ ओभर बा“की हु“दा छ विकेट क्षतिमा १ सय ५३ रन जोड्यो र मलेसिया जानुअघि आत्मविश्वास बलियो बनायो ।
नेपालका लागि परेश लोहनीले ३४ रनको उच्च योगदान गरे । उपकप्तान पारस खडका विजयी लक्ष्य भेटाउ“दा ३१ रनमा अविजित रहे । वसन्त रेग्मीले अविजित १० रन जोडे ।
नेपाली टिमका तर्फाट अन्य ब्याट्सम्यान दीपेन्द्र चौधरीले २४ र ज्ञानेन्द्र मल्लले २१ रनको योगदान गरे । बलिङतर्फनेपालका कप्तान विनोद दासले तीन विकेट हात पारे । अर्का बलर राजकुमार प्रधानले पनि तीन विकेट लिए । अमृत भट्टर्राईले दर्ुइ विकेट झारे भने सञ्जम रेग्मी र वसन्त रेग्मीले एक-एक विकेट बा“डे ।
यसअघि पहिले ब्याटिङ गरेको घरेलु टिमले ४९ ओभरमा सबै विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । नेपाली टिम प्रतियोगितामा सहभागी हुन बुधबार श्रीलंकाबाट मलेसिया प्रस्थान गर्दै छ ।
Sourse of eKantipur.com

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home