Tuesday, February 17, 2009

दुईवटा मैदान एकैसाथ निर्माण हुने

काठमाडौं, फागुन ५ - क्रिकेटको भौतिक पूर्वाधार निरीक्षणमा रहेका एसियाली क्रिकेट काउन्सिलका विकास प्रबन्धकले नेपालमा दुईवटा क्रिकेट मैदान एकैसाथ निर्माण हुने बताएका छन् । पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिने घोषणाको भोलिपल्ट सोमबार मूलपानीमा निर्माणाधीन मैदान निरीक्षण गर्दै विकास प्रबन्धक बुन्दला वर्णपूराले उक्त जानकारी दिएका हुन् ।
उनले क्रिकेटको विकासका लागि एउटा सहरमा कम्तीमा तीन मैदान चाहिने र त्यसका लागि एसीसीले सहयोग गर्ने बताए। पोखरा अन्तर्राष्ट्रिय मैदान र प्रतियोगिताका लागि योग्य देखिएकाले सहयोग गर्न लागेका हौं,' उनले भने । काठमाडौं पछि पोखरा पहिलो प्राथमिकतामा रहने उनको भनाइ थियो । पोखरा र मूलपानी मैदानको पहिलो चरणको निर्माण कार्य सम्पन्न भएपछि थप सहयोग प्राप्त हुने उनले जानकारी दिए । 'नेपालमा भौतिक पूर्वाधारको विकास भएपछि यसलाई तटस्थ स्थानका रूपमा विकास गर्न सकिन्छ, उनले भने । नेपालले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सक्ने प्रमाणित गरिसकेको उनको विचार थियो । उमेर समूहको राम्रो प्रदर्शनलाई अब राष्ट्रियस्तरमा दोहोर्‍याउनुपर्छ, उनले भने, अहिलेको नेपालको भौतिक पूर्वाधारले पुग्दैन त्यसैले यसको विकासमा ध्यान दिनु आवश्यक छ ।' उनले निर्माणाधीन दुवै मैदान सन् २०१० को
अन्त्यसम्म निर्माण भइसक्ने विश्वास व्यक्त गरे । पहिले मैदान बन्नु पर्‍यो, त्यसपछि अरू पूर्वाधार निर्माण हुँदै जान्छ,' वर्णपूराको भनाइ थियो । क्यान अध्यक्ष विनयराज पाण्डेले मूलपानी मैदान निर्माणका लागि टेन्डर आह्वान गरिसकेको र छिट्टै कार्य सुरु हुने बताए ।

साभारः कान्तिपुर अनलाइन

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home