Saturday, July 19, 2008

नेपाली टिमलाई सफलता

काठमाडौं, साउन ३ - एसीसी ट्रफी एलाइट कप क्रिकेटमा सहभागी हुने क्रममा श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा शुक्रबार जित हात पारेको छ ।
नेपाली टिमले श्रीलंका क्रिकेट बोर्ड-११ लाई ४ विकेटले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर २ बलमा सबै विकेट गुमाउ“दै १ सय ७३ रन बनायो । प्रत्युत्तरमा नेपाली टिमले ४० ओभरमा ६ विकेट गुमाउ“दै जित हात पार्‍यो । श्रींलका बोर्ड-११ विरुद्ध नेपाली टिमका अगुवा विनोद दासले ३ तथा शरद भेषावकरले २ विकेट लिए । त्यस्तै पारस खडका र राजकुमार प्रधानले १-१ विकेट लिए भने ३ खेलाडी रनआउट भए ।

नेपाली टिम व्यवस्थापक पवन अग्रवालले दिएको जानकारीअनुसार ब्याटिङमा नेपालका कनिष्क चौगाईंले ६२ रन बनाए । त्यस्तै, शक्ति गौचनले ४७ र पारस खडकाले २६ रन बनाए ।

यसअघि बिहीबारको खेलमा शरदको अलराउन्ड पर््रदर्शनले नेपाली टिमले श्रीलंका क्रिकेट बोर्ड बोर्ड-११ लाई २ रनले पराजित गर्‍यो । भेषावकरको अर्धशतक मदतले नेपालले ४५ ओभरमा ७ विकेट गुमाउ“दै २ सय ४८ रन बनायो । जवाफमा श्रीलंका ८ विकेट गुमाउ“दै २ सय ४६ रनमा सीमित भयो । कनिष्क चौगाईं र महेश क्षेत्रीले उत्कृष्ट सुरुवात दिलाउ“दै पहिलो विकेटका लागि ७८ रन बनाए । महेशले ६२ बलमा ५२ रन जोडेका थिए । त्यस्तै अमेरिकाबाट बिदामा फर्केका चौगाईंले ४३ रन जोडे । शरदले ६१ बलमा अविजित ५४ रन बनाए । बलिङमा नेपालका शरदले ४ विकेट लिए ।

नेपालले सोमबार अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्नेछ । त्यस्तै समूह 'बी' मा रहेको नेपालले लिग चरणमा जुलाई २५ मा हङकङ, जुलाई २६ मा कतार, जुलाई २८ मा सिंगापुर र जुलाई ३० मा कुवेतस“ग खेल्नेछ ।
साभार - कान्तिपुर दैनिक

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home