Tuesday, April 8, 2008

एसीसीद्वारा सहयोग रोक्ने धम्की

कान्तिपुर संवाददाता
काठमाडौं, चैत २५ - एसीसी यू-१५ एलाइट कप क्रिकेट प्रतियोगिताको आर्थिक विवरण समयमा नबुझाएकाले आर्थिक सहयोग रोकिन सक्ने एसियाली क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ -क्यान) लाई धम्की दिएको छ ।
क्यान स्रोतले दिएको जानकारीअनुसार एसीसीले आफूले दिएको रकमको समयमा हिसाब नबुझाएकाले दिंदै आएको आर्थिक सहयोग रोक्न सक्ने बताउ“दै केही दिनपहिले पत्र लेखेको हो ।
नेपालमा मंसिर ९ देखि १७ सम्म सञ्चालन भएको प्रतियोगिताका लागि मैदान र आवश्यक जनशक्ति परिचालनका लागि १ लाख २० हजार डलर क्यानलाई उपलब्ध गराएको थियो । त्यस्तै यातायात, हवाई खर्च र होटलको खर्च एसीसी आफैंले तिरेको थियो ।
क्यान अध्यक्ष विनयराज पाण्डेले एसीसीबाट पत्र आएको स्वीकारे । 'हामीले गत शुक्रबार खर्चको विवरण पठाइसकेका छौं,' क्यान अध्यक्ष पाण्डेले भने । 'हामीले मार्चको अन्तसम्म खर्च विवरण पठाउनुपर्ने थियो, तर ढिलो भएकाले एसीसीले पत्र पठाएको हो,' उनले भने । उनले क्यानले ढिलो विवरण पठाएको बारे कुनै प्रतिक्रिया दिएनन् ।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home