Tuesday, May 13, 2008

क्रिकेट टोलीले भिसा पायो

जर्सीमा हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन- ५ क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीले सोमबार इङ्ल्यान्डको भिसा पाएको छ । नेपाली क्रिकेट टोली भिसा आवेदनका लागि सोमबार नयाँदिल्ली गएको थियो । भिसा पाएको टोली मंगलबार नेपाल र्फकने जानकारी क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेले दिए । टोली १५ मेमा नेपालबाट इङ्ल्यान्डतर्फ जानेछ । यद्यपि, भारतको समेत भिसा लिनुपर्ने भएकाले सोमबार ढिलो गरी नयाँदिल्ली पुगेका प्रशिक्षक रोय डायसले मंगलबार भिसा आवेदन भर्दै छन् । भिसा पाएपछि सिधै जर्सीतर्फ लाग्ने प्रशिक्ष्ाक रोय डायसले नेपाली टोलीलाई दुबई ट्रान्जिटमा भेट्ने जानकारी पनि अध्यक्ष पाण्डेले दिए । यसअघि, नेपालस्थित काउन्सेलर शाखाबाट भरिएको भिसा आवेदन गलत भएपछि नेपाली टोली दिल्लीसम्म जानुपरेको हो ।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home