Tuesday, February 19, 2008

अनुभवी श्रीलंकाले नेपाललाई पन्छायो

राम्रो चुनौती दिए पनि नेपाल सोमबार आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकासँग ६१ रनले पराजित भएको छ। मलेसियाको पेनाङस्थित पेनाङ स्पोर्ट्स क्लब मैदानमा नेपालले दुवै इनिङको पहिलो १५ ओभरमा उत्कृष्ट प्रदर्शन गरे पनि बाँकी खेल टेस्ट खेल्ने राष्ट्रले नियन्त्रणमा लिई आफ्नो पक्षमा पारेको थियो। अमृत भट्टराईले शुरूको चार विकेट लिँदा टस जितेर ब्याटिङ रोजेको श्रीलंकालाई ५८ रन बनाउने क्रममा चार विकेट गुमाइसकेको थियो। श्रीलंकाको २ सय ३७ रनको चुनौतीलाई पछयाउने क्रममा नेपालले पहिलो १५ ओभरमा बिनाक्षति ६० रन बनाएको थियो, तर श्रीलंकाले अनुभवको सदुपयोग गर्दै नेपाललाई अप्रत्याशित नतिजा निकाल्न दिएन।ँनेपालले निकै राम्रो शुरूआत गरेको थियो, तर हाम्रा मध्यपङ्क्तिका ब्याट्सम्यानले उत्कृष्ट संघर्ष गरे’, विश्वकप विजेता पूर्वस्टार एवम् श्रीलंकाली टोलीका परामर्शदाता अरबिन्द डी शिल्भाले नेपाल क्रिकेट डट कमलाई भने- ँअन्त्यमा हारजितको ठूलो अन्तर देखिए पनि खेलदौरानमा हामी निकै अप्ठयारोमा परेका थियौं।’विकेटकिपर ब्याट्सम्यान महेश क्षत्री र अनिल मण्डलले पहिलो विकेटका लागि ६१ रन जोड्दै नेपाललाई राम्रो शुरूआत दिलाएका थिए, तर देब्रेहाते स्पिनर सचित पाथिरानाले मण्डल र ज्ञानेन्द्र मल्ल -७) लाई आउट गरी श्रीलंकालाई खेलमा र्फकाएका थिए। मण्डलले ४२ बलको सामना गरी तीन चौकाको मद्दतले २५ रन बनाए। खराब सट खेलेर स्टम्पिङ आउट भएका महेशले ६९ बलको सामना गरी पाँच चौकाको मद्दतले ३९ रन बनाए। १२८-३ को राम्रै स्थितिमा रहेको नेपालले त्यसपछि ६ रन जोड्ने क्रममा आकाश गुप्ता, पारस खड्का र पुष्प थापा -२) गरी तीन प्रमुख ब्याट्सम्यानलाई गुमाएपछि पराजयलाई पनि निश्चित गरेको थियो।कप्तान पारसले ४६ बलको सामना गरी एक चौकाको मद्दतले २५, आकाशले ४० बलको सामना गरी दुई चौकाको मद्दतले २४ रन बनाए। तल्लो क्रममा राहुल विकले मात्र दोहोरो स्कोर बनाउने क्रममा १० रन बनाए। यसअघि श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाई २ सय ३६ रन बनाएको थियो। सामान्य चोटका कारण अघिल्लो दिन अभ्यासमा सहभागी नभएका देब्रेहाते तेज बलर अमृत भट्टराईले १० ओभरमा ४२ रन खर्चेर चार विकेट लिए। अमृतले चार विकेट लिई उत्कृष्ट प्रदर्शन गर्दा कप्तान आसन प्रियन्जन र सुवासिंघे पाथिरानाले पाँचौं विकेटका लागि ७२ रन जोड्दै श्रीलंकालाई सुरक्षित स्थानमा डोर्याएका थिए। सुवासिंघेले ८३ बलमा ५ चौकाको मद्दतले ४६ र म्यान अफ द म्याच घोषित पाथिरानाले ६० बलको सामना गरी सात चौकाको मद्दतले ६२ रन बनाए। नवौं नम्बरमा ब्याटिङ गरेका टिसारा पेरेराले २७ बलमा २ चौका र २ छक्काको मद्दतले अविजित ४१ रन बनाएपछि श्रीलंका मजबुत स्थितिमा पुगेको थियो। अमृतबाहेक नेपालका लागि राहुलले १० ओभरमा ५३ रन खर्चेर दुई विकेट लिँदा पारस, राज श्रेष्ठ र सागर खड्काले एक/एक विकेट बाँडेका थिए।नेपालका श्रीलंकाली प्रशिक्षक रोय डायसले आफू आफ्नो टोलीको बलिङबाट सन्तुष्ट रहे पनि पूरा टोलीको प्रदर्शनमा खुसी हुन नसकेको बताए। सन् २००० मा श्रीलंकामा नै भएको विश्वकपमा पनि नेपाल आयोजक टोलीसँग नौ विकेटले पराजित भएको थियो। नेपालले मंगलबार अस्ट्रेलियासँग खेल्नेछ। समूह ँसी’ मा अस्टे्रलियाले आइतबार नामिबियालाई १ सय ४९ रनले पराजित गरेको थियो।<

0 प्रतिक्रिया(हरू):

Newer Post Home