Tuesday, July 13, 2010

नेपालको पहिलो खेल अमेरिकासँग

कान्तिपुर दैनिक -

काठमाडौ, अषाढ २९ - नेपालले आईसीसी डिभिजन-४ विश्व लिग क्रिकेटको पहिलो खेलमा अमेरिकाको सामना गर्नेछ । इटालीमा अगस्ट १४ देखि २८ सम्म हुने प्र्रतियोगिताको पहिलो दिन नेपाल र अमेरिकाको भेट हुने भएको हो । दुवै टिम नेपालमा सम्पन्न डिभिजन- ५ को उत्कृष्ट दुईमा रहेर डिभिजन-४ मा उक्लेका हुन् । घरेलु भूमिमा भएको प्रतियोगिताको लिगचरणमा नेपाल अमेरिकासँग पराजित भएको थियो भने फाइनलमा अमेरिकालाई हराउँदै पहिलोपल्ट आईसीसीले आयोजना गरेको प्र्रतियोगिताको उपाधि जितेको थियो ।

नेपालले लिगका अन्य खेलमध्ये अगस्ट १५ मा आयोजक इटाली, अगस्ट १७ मा तान्जानिया, अगस्ट १८ मा अर्जेन्टिना र अगस्ट २० मा क्यामन आइल्यान्ड्सको सामना गर्नेछ । प्रतियोगिताको फाइनल अगस्ट २१ मा हुनेछ ।

खेल एस्ट्रो टर्फमा सञ्चालन हुनेछन् भने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले दोस्रो चरणमा १८ खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखेको छ ।

Newer Posts Older Posts Home