Friday, February 22, 2008

नेपाललाई तीन रनको रोमाञ्चक जित ::: साभार नेपाल समाचारपत्र

(काठमाडौं)।ज्ञानेन्द्र मल्ल बलिङमा असुहाउँदो नायक बनेपछि नेपालले आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नामिबियालाई रोमाञ्चक ढंगले तीन रनले पराजित गरेको छ। १ सय ६५ रनको विजय लक्ष्य लिएर आएको नामिबियाले ३३ ओभरमा ४ विकेट गुमाई १ सय २३ रन बनाइसकेको थियो। अझ ४२ ओभरको समाप्तिमा टोली १४२-७ को स्थितिमा रहेको थियो।तर कप्तान पारस खड्काले जोखिमपूर्ण निर्णय गर्दै ज्ञानेन्द्रलाई ४५औं ओभरमा बल थमाइदिएपछि नेपालले नाटकीय ढंगले खेल आफ्नो पक्षमा पारेको थियो। उनले आफूले गरेको दोस्रो बलमै पिकी या फ्रान्सलाई १० रनमा विकेटकिपर महेश क्षत्रीको हातबाट क्याच आउट गराएका थिए। सन् २००५ को अगस्ट १० मा मलेसियामै भएको एसीसी यु-१७ कपमा मलेसियाविरुद्ध कप्तानको रूपमा दुई ओभर बलिङ गरेयता पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गरेका ज्ञानेन्द्रले ४९औं ओभरको अन्तिम बलमा मोर्ने इन्जेलब्रेच्टलाई ७ रनमा बोल्ड गरी नामिबियाको इनिङलाई समाप्त पारेका थिए।कप्तान पारस र राहुलकुमार विश्वकर्माले निकै किफायती बलिङ गर्दै नामिबियालाई दबाबमा ल्याएका थिए। पारसले १० ओभरमा दुई मेडन राख्दै ३० रन खर्चेर २ विकेट लिई प्रतियोगितामा आफ्नो विकेट संख्या ७ पुर्याएका छन्। राहुलले १० ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर दुई विकेट लिएका थिए। उनले तीनै खेलमा २/२ विकेट लिएका छन्।देब्रेहाते स्पिनर राज श्रेष्ठले १० ओभरमा एक मेडन राख्दै ३२ रन खर्चेर एक विकेट लिए। राजले ६५ रन बनाएका लुइज मान भेर बेस्थुइजेकलाई आउट गरेपछि अन्तिम सात ओभरमा नेपालले खेलमा नाटकीय पुनरागमन गरेको थियो। उनले ७५ बलको इनिङमा तीन चौका र एक छक्का प्रहार गरे।ँविजयबाट म सन्तुष्ट छैन, विशेष गरी हाम्रो ब्याटिङ निराशाजनक रहेको छ’, नेपालका श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाल क्रिकेट डट कम डट एनपीलाई भने- ँमैदानबाहिर बल हान्न होइन, ब्याट्सम्यान विकेटमै केन्द्रित हुनुपर्छ।’यु-१९ विश्वकपमा नेपालको नामिबियामाथि यो लगातार दोस्रो जित हो। २००२ को न्युजिल्यान्डमा भएको संस्करणमा नेपालले नामिबियालाई प्लेटमा १० रनले पराजित गरेको थियो। बिहीबार समूह चरणको अन्तिम खेलअघि नै नेपाल र नामिबिया सुपर लिगबाट बाहिरिसकेका थिए। नेपालले अब आइतबार जोहरबारूमा आयोजक मलेसिया अथवा जिम्बाबेसँग प्लेटको क्वार्टरफाइनल खेल खेल्नेछ। मलेसियाले अघिल्लो दिन जिम्बाबेलाई पराजित गरेर आर्श्चर्यजनक नतिजा निकालेको थियो। जिम्बाबेले आज हुने समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई पराजित गरेमा नेपालले मलेसियासँग खेल्नर्ुपर्नेछ अन्यथा जिम्बाबेसँग नै खेल्नेछ।पेनाङस्थित युनिभर्सिटी सैन्य मलेसियामा यसअघि नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १ सय ६४ रन बनाएको थियो। म्यान अफ द म्याच घोषित महेशले ६२ रन बनाए। १ सय २३ बलको इनिङमा महेशले चार चौका प्रहार गरे। त्यस्तै रोम श्रेष्ठले २८ बलमा दुई चौकाको मद्दतले २६, आकाश गुप्ताले २६ बलमा दुई चौका र एक छक्काको मद्दतले २१ र कप्तान पारसले १२ बाहेक अन्य कसैले नेपालका लागि दोहोरो स्कोर बनाउन सकेनन्।ँहामीले बलिङ र ब्याटिङ राम्रो गर्यौं, हामीले ९० ओभर राम्रो खेल्यौं, त्यसपछि १० ओभरमा खेल हार्यौं’ -नामिबियाका कप्तान डेबिड बोथाले बताए।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home