Monday, February 9, 2009

नेपाल समूह विजेता

शरदप्रकाश धिताल

काठमाडौं, माघ २६ - नेपालले एसीसी यू-१७ एलाइट क्रिकेटमा सिंगापुरलाई चार विकेटले पराजित गर्दै आइतबार लिगचरणको सुखद अन्त्य गरेको छ । यससँगै नेपालले समूह 'ए' को लिगचरणका सबै खेलमा जित हात पार्दै समूहविजेता बनेको छ । पहिलो खेलमा नेपालसँग १ सय ४ रनले पराजित कतार समूह उपविजेताका रूपमा अन्तिम चारमा पुग्यो । फाइनल प्रवेशका लागि उसले यूएईको सामना गर्नेछ । टसमा भाग्यमानी ठहरेको नेपालले सबै खेलमा टस जित्यो । पहिलो दुई खेलमा ब्याटिङ रोजेको नेपालले पहिलोपल्ट फिल्डिङ रोज्यो । सिंगापुरविरुद्ध जितपछि नेपाली प्रशिक्षक रोय डायस खुसी देखिएनन् । उनले ब्याटिङ अझ नसुध्रेको बताए । 'ब्याटिङ रोटेसन भएन, सिंगल रनका लागि खेलाडीले खेलेनन्,' उनले भने । जितका लागि संघर्ष गनर्ुुपरेको उनको भनाइ थियो । 'कुनै पनि खेलाडीले लामो इनिङ खेल्न नसकेको उनले बताए । 'खेलाडीले हिट गरेर खेल्न खोजे,' डायसले भने ।

नेपाली टिममा सामान्य परिवर्तन गरिएको थियो । विवेक दलीको स्थानमा अमनदीप सिंह टिममा रहेका थिए । उनी नेपाली टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने पहिलो शिख सम्प्रदायका खेलाडी हुन् । नेपाली कसिलो बलिङसामु सिंगापुरको सुरुआत सामान्य रह्यो । नेपाली बलर कृष्ण कार्कीले सुरुआती ओभर मेडन राखेपछि सिंगापुरले ६ ओभरमा ४ रनमात्र जोडेको थियो । प्रारम्भिक ब्याट्सम्यान इशान शेखरले १९ तथा मोहित कुलकर्नीले १४ रनको योगदान दिए । सिंगापुरले ढिलो सुरुआत गरे पनि नेपाली बलिङसामु डटेर खेल्यो र ९ विकेट क्षतिमा १ सय ३९ रन बनायो । लिगचरणमा नेपालसामु सिंगापुरले सबैभन्दा ठूलो चुनौती पेस गरेको हो । कतारले १ सय ४ र हङकङले ४९ रनमात्र बनाएका थिए । विजयी टिमका लागि सागर पुनले तीन विकेट लिए । आक्रामक ब्याटिङ प्रस्तुत गरेको नेपालले ३१ ओभर ३ बलमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपाली खेलाडीले १८ चौका र एक छक्का प्रहार गरे । टिमले २५ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालका लागि पाँच चौका मदतले सागर पुनले २७ रन जोडे । त्यस्तै ३८ बलमा ३४ रन बनाएका निश्चल चौधरीले ६ चौका र एक छक्का प्रहार गरे । प्रतियोगितामा नेपाली खेलाडीको यो पहिलो छक्का हो ।

मलेसिया समूह विजेता

प्रतियोगिताको समूह 'ख' मा मलेसिया समूहविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ । उसले बहराइनलाई ५७ रनले पराजित गर्‍यो । सेमिफाइनलमा उसले कतारको सामना गर्नेछ । त्यस्तै उपविजेताका रूपमा सेमिफाइनल पुगेको यूएईले कुवेतलाई सय रनले हरायो ।

स्कोरवोर्ड

सिंगापुर

इशान शर्मा क. रोचक बो. सागर १९
मोहित कुलकर्नी क. रोचक बो. सागर १४
रेजा गजनाभी रनआउट ०७
टिमोथी सिन्गम एलबीडब्लू रोचक ०५
प्रसेन परम बो. भुवन १५
बरुण शिवराम क. पृथु बो. कृष्ण १९
सरनडेभ कृष्णन रनआउट २०
विकासराज गोपाल क. भुवन बो. सागर ०८
उसमन मनजिर रनआउट ०७
अभिराज प्रदीप नटआउट ०६
दर्शन चौहान रनआउट ०२

अतिरिक्त ः -नोबल १, वाइड ११, लेगबाई ५) १७
कुल ः -४० ओभरमा नौ विकेट गुमाएर) १३९

विकेट पतन ः १-३५, २-४०, ३-५३, ४-६०, ५-७४,६-१००, ७-११२, ८-१२४, ९-१३०
बलिङ ः कृष्ण कार्की ८-३-२८-१, अविनाश कर्ण ५-१-१४-०,भुवन कार्की ८-२-२३-१, सागर पुन ७-१-२५-३, रोचक भट्ट ५-०-२४-१, पृथु बाँस्कोटा ३-१-१२-०, अमनदीप सिंह ४-०-८-०

नेपाल

कृतेन गुरुङ क. मोहित बो. अभिराज ०९
सागर पुन स्टम्प टिमाथी बो. अभिराज २३
आकाश परियार बो. अभिराज ०७
पृथु बाँस्कोटा नटआउट १८
प्रदीप ऐरी एलबीडब्लू मोहित १५
निश्चल चौधरी क. दर्शन बो. रेजा ३८
भुवन कार्की क. एन्ड बो. रेजा ०४
कृष्ण कार्की नआउट ००

अतिरिक्त ः -वाइड २०, बाई २, लेगबाई ४) २६
कुल ः -३१.३ ओभरमा छ विकेट गुमाएर) १४०

विकेट पतन ः १-२५, २-५१, ३-५२, ४-७४, ५-११९, ६-१३२
बलिङ ः बरुण शिवराम ३-०-१३-०, मोहित कुलकर्नी ६-१-३०-१, अभिजित सिंह ८-१-२७-३, दर्शन चौहान ५.३-०-२२-०,
रेजा गजनाभी ८-०-३३-२, विकास गोपाल १-०-०९-० ।

साभारः कान्तिपुर अनलाइन

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home