Tuesday, February 10, 2009

नेपाल र यूएईको सम्भावना बराबर

शरदप्रकाश धिताल

काठमाडौं, माघ २७ - नेपाल एसीसी यू-१७ एलिट कपको सेमिफाइनल समीकरणसम्म यूएईभन्दा बलियो देखिएको छ । तर पनि मंगलबार हुने अन्तिम चारको खेलअघि दुवै टिमका प्रशिक्षक जित सम्भावना बराबर रहेको बताउँछन् ।
नेपाल आफ्नो समूहको विजेता हो भने यूएईले उपविजेताका रूपमा सेमिफाइनल यात्रा तय गरेको हो । 'सेमिफाइनल लिग जस्तो सजिलो छैन,' नेपाली प्रशिक्षक रोय डायसले भने, 'दुवै टिमको समान सम्भावना छ । खेलाडीले जितका लागि ब्याटिङ सुधार्न आवश्यक छ ।'उनले लिगचरणको अन्तिम खेल समाप्तिमा नेपाली खेलाडीले एक रन लिने प्रयास नगरेको गुनासो गरेका थिए । 'नयाँ खेलाडीको फिल्डिङमा पनि केही समस्या देखिएको छ,' डायसले थपे, 'यूएई एसियामा टेस्ट नखेल्ने राष्ट्रमध्ये अगाडि छ र उनीहरूले धरै क्रिकेट खेलेका छन् ।' उनी पहिले ब्याटिङ गरेमा १ सय ८ भन्दा बढी स्कोर बनाउनुपर्ने बताउँछन् ।

यूएईका प्रशिक्षक साह हुसेन उपविजेताका रूपमा समूह चरण पार गरे पनि सम्भावना बराबर भएको मान्छन् । उनले डायसको विचारमा सहमति जनाउँदै भने, 'दुवै टिमको सम्भावना बराबर छ । नेपाल र यूएई राष्ट्रिय तथा उमेर समूहमा चिरपरिचित छन् ।'

उनी बलिङलाई आफ्नो टिमको बलियो पक्ष मान्छन् । 'नेपालको जस्तै हाम्रो पनि बलिङ बलियो छ,' उनले भने, 'नेपाली बलिङ झेल्न सक्ने तीन/चार ब्याट्सम्यान टिममा छन् र त्यो राम्रो पक्ष हो ।' उनले मलेसियाविरुद्ध आफ्नै कमजोरीले हारे पनि अन्य दुई खेलमा राम्रो गरेकाले टिमको मनोबल उच्च रहेको बताए ।

कीर्तिपुर मैदानमा हुने खेलमा दुई मात्र स्वदेशी खेलाडी रहेको यूएईले ब्याटिङ र फिल्डिङमा चुनौती दिन कोसिस गर्नेछ । यूएई टिममा नौ भारतीय र तीन पाकिस्तानी खेलाडी छन् । उपाधिको दाबेदार मानिएको नेपालले लिगचरणसम्म असन्तुलित ब्याटिङ गरे पनि कसिलो बलिङ गरेको छ ।

लिगचरणको पहिलो खेलमा कतारसामु २ सय ८ रन बनाएको नेपालले दोस्रो खेलमा कमजोर ब्याटिङ गरेको थियो । त्यसमा नेपालले ७७ रनमात्र जोडेको

थियो । दुई खेलमा पहिले ब्याटिङ गरेको नेपालले अन्तिम खेलमा सिंगापुरले दिएको १ सय ३ रनको लक्ष्य पूरा गरेको थियो । यूएई पनि लिगचरणमा कमजोर

देखिएन ।

पहिलो खेलमा मलेसियासूग एक विकेटले हारेको यूएईले अन्य दुई खेलमा कुवेतलाई सय रन र बहराइनलाई ७३ रनले हराएको थियो । लिगचरणमा नेपाली ब्याटिङ सामान्य रह्यो । कुनै पनि नेपाली ब्याट्सम्यानले अर्धशतक पूरा गर्न सकेका छैनन् । निश्चल चौधरीले तीन खेलबाट ८ रन बनाएका छन् ।

कप्तान पृथुले ५६, कृतेन गुरुङले ५ तथा सागर पुनले ५३ रन बनाएका छन् । बलिङमा नेपाली बलर रोचक भट्टले हङकङविरुद्ध सर्वाधिक चार विकेट लिएका छन् । यूएईका कृष्णकान्त भार्गव एक्लैले बहराइनविरुद्ध ५ रन बनाएका थिए ।

नेपाली कप्तान पृथुले ब्याटिङमा सुधार गर्नुपर्ने विचार राखेका

छन् । उनी लिगचरणको तुलनामा सेमिफाइनलमा फिल्डिङ कसिलो हुनेमा विश्वस्त छन् ।

एसीसीले आयोजना गरेका अन्य सबै उमेर समूहको विजेता नेपाल यू-१७ मा भने दुर्भाग्यशाली देखिएको छ । सन् २५ मा मलेसियामा भएको प्रतियोगिताको सेमिफाइनलमा पुगेको नेपाल खाली हात र्फकनुपरेको थियो । इन्डोनेसियाको जंगलमा लागेको आगोका कारण प्रतियोगिता बीचैमा रद्द भएको थियो ।

पुल्चोक मैदानमा हुने अर्को सेमिफाइनलमा समूह 'बी' विजेता मलेसियाले समूह 'ए' उपविजेता कतारको सामना गर्दैछ ।

साभारः कान्तिपुर अनलाइन

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home