Thursday, February 5, 2009

जितसँगै नेपाली अभियान सुरु

शरदप्रकाश धिताल

काठमाडौं, माघ २२ - उमेर समूहका सबै एसीसी स्तरीय क्रिकेट उपाधि जित्ने अभियानको पहिलो खुडकिलोमा बुधबार नेपालले सफलता पाएको छ । एसीसी यू-१७ एलाइट कपको समूह 'ए' को खेलमा नेपालले कतारलाई १ सय ४ रनले हरायो । सहज जितका बावजुद उपाधितर्फ आँखा गाढेका नेपाली प्रशिक्षक रोय डायसले भने, 'अझै धेरै बाटो पार गर्नु छ ।' पुल्चोक इन्जिनियरिङ मैदानमा सुधारिएको प्रदर्शन गरेको नेपाली टिम पूरै ४० ओभर मैदानमा टिकेको थियो ।घरेलु दर्शकको समर्थन पाएको नेपाली टिमले आठ विकेट क्षतिमा २ सय ८ रन बनायो । राष्ट्रिय प्रतियोगितामा सहभागी ८४ मध्ये उमेर परीक्षणबाट छानिएका १४ खेलाडीमात्र टिममा राखेको नेपालले राम्रो सुरुआत गर्‍यो ।

सधैं राष्ट्रिय टिमको समस्याका रूपमा देखिएको ब्याटिङ केही मात्रामा भए पनि सुधारिएको देखिएको थियो । पहिलोपटक एक आपसमा भिडेका कतारविरुद्ध कृतेन गुरुङ र सागर पुनले पहिलो विकेटका लागि ४५ रन बनाए । सागरले ३ चौका मदतले २३ रन जोडे ।'जितका साथ सुरुआत गर्नु राम्रो हुन्छ,' डायसले भने । उनले नेपालले ब्याटिङमा अझ सुधार गर्नुपर्ने राय राखे । प्रदीप सस्तैमा आउट भएको उनले बताए । प्रदीप ऐरीले दुई रनमात्र जोडेका थिए । व्यक्तिगत ४ चार रनमा जीवनदान पाएका कृतेनले ६ चौकम मदतले ३८ रन बनाए ।

उनले दोस्रो विकेटका लागि कप्तान पृथु वास्कोटासँग ५१ रनको महत्त्वपूर्ण साझेदारी गरे । पृथुले ३८ रनको योगदान दिए । विजयी टिमका लागि निश्चल चौधरीले ३४ तथा आकाश परियारले २२ रन जोडे । नेपाली बलरले कशिलो प्रदर्शन गरेपछि कतार टिम २३ ओभर ५ बलमा १ सय ४ रनमा समेटियो । तीव्र बलर कृष्ण कार्कीले तीन तथा भुवन कार्की र प्रदीपले दुई/दुई विकेट लिएका थिए । प्रदीपले राष्ट्रिय प्रतियोगिताका क्रममा लागेको चोटका कारण प्रशिक्षणमा बलिङ गरेका थिएनन् । 'ओपनिङ बलरहरूले राम्रो गरे' नेपाली कप्तान पृथुले भने । 'सुरुमा विकेट चाहिएको थियो, त्यो पाउनाले सजिलो भयो,' उनले भने ।

लिगमा जितले फाइदा पुर्‍याउने उनको भनाइ थियो । कतारका लागि कप्तान सुमर सादतले मात्र आकर्षक इनिङ खेले । उनले ८४ बलमा १० चौका र ३ छक्का मदतले ७२ रन बनाए । उनलाई अन्य कुनै सहकर्मीले साथ दिन सकेनन् । कतारका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाएनन् । 'म्यान अफ द म्याच' सादत कतारी टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् । दुई विकेट लिएका सादतले यू-१३, १५, १७ र १९ को साथै राष्ट्रिय टिममा पनि सहभागिता जनाइसकेका छन् । 'नेपाली बलरले अत्यन्त राम्रो प्रदर्शन गरे, उनीहरूले आफ्नो उमेर समूहको भन्दा स्तरीय खेल देखाए,' कतारका प्रशिक्षक मोहम्मद अन्जद वेगले भने ।
उनले आफ्नो स्पिनरहरूले राम्रो प्रदर्शन गर्न नसकेका कारण नेपालले ठूलो लक्ष्य तयार गरेको विचार राखे । 'अर्को खेलका लागि अनुभव प्राप्त भएको छ, ब्याटिङ क्रम र बलिङमा परिवर्तन गर्नु पर्छ,' वेगले भने ।

बिहीबारका खेल
कतारविरुद्ध हङकङ- त्रिवि मैदान
बहराइनविरुद्ध यूएई- पुल्चोक मैदान
कुवेतविरुद्ध मलेसिया- भक्तपुर मैदान
बहराइन र हङकङ विजयी

काठमाडौं- एसीसी यू-१७ का अन्य खेलमा बहराइन र हङकङ विजयी भएका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बहराइनले कुवेतलाई १ सय २५ रनले

हरायो । पहिले ब्याटिङ गरेको वहराइनले ३७.५ ओभरमा २ सय २५ रन बनायो । प्रत्युत्तरमा कुवेत १९.२ ओभरमा सय रनमा सीमित भयो । वीरेन्द्र सैनिक खेल मैदान भक्तपुरमा भएको अर्को खेलमा हङकङले सिंगापुरलाई सात विकेटले हरायो । सिंगापुरले ३८.४ ओभरमा बनाएको १ सय ३७ रनको जवाफमा हङकङले ३२.४ ओभरमा ३ विकेट गुमाउँदै जित हात पार्‍यो ।

स्कोरबोर्ड

नेपाल

कृतेन गुरुङ एलबीडब्लू इस्टिक ३८
सागर पुन क. ताहा मुहम्मद बो. रमेश २३
पृथु बास्कोटा स्टम्प ताहा मुहम्मद बो. साहिद ३८
प्रदीप एैरे एलबीडब्लू इस्टिक ०२
निश्चल चौधरी क. साद बो. तमुर ३४
भुवन कार्की क. अलि बो. फैजन ०७
कृष्ण कार्की क. तलल बो. फैसल ११
आकाश परियार बो. राहुल २२
विवेक दली नटआउट ०३
रोचक भट्ट नटआउट ०३

अतिरिक्त ः -नोबल १, वाइड १९, बाई ३, लेगबाई ४) २७
कुल ः -४० ओभरमा आठ विकेट गुमाएर) २०८

विकेट पतन ः १-४५, २-९८, ३-९९, ४-१४९, ५-१६५, ६-१७२, ७-१९८, ८-२०३
बलिङ ः तमुर साहिद ८-०-४३-२, राहुल रमेश ८-०-३९-२, फैजन अहमद ८-१-३६-१, अलि इस्टिक ८-०-३३-२, तलल खान २-०-१५-०, फैसल ६-०-३५-१

कतार

ताहा मुहम्मद रनआउट ०३
साद खान क. निश्चल बो. कृष्ण ००
फैजन अहमद बो. कृष्ण ००
तमुर सजद क. प्रदीप बो. भुवन ७२
अलि इस्टिक क. सागर बो. कृष्ण ०१
हसन मिर्जा क. कृतेन बो. कृष्ण ०२
तलल खान बो. प्रदीप ०६
फैसल राउफ बो. प्रदीप ०५
राहुल रमेश स्टम्प आकाश बो. भुवन ०४
सुल्तमन खान बो. भुवन ००
अब्दुल रहेमान नआउट ००

अतिरिक्त ः -नोबल ५, वाइड ३ लेगबाई ३) ११
कुल ः -२३.५ ओभरमा सबै विकेट गुमाएर) १०४

विकेट पतन ः १-४, २-६, ३-११, ४-१४, ५-२९, ६-४६, ७-६६, ८-७५, ९-७५, १०-१०४
बलिङ ः कृष्ण कार्की ५-०-१९-३, अभिनाश कर्ण ५-१९-१, प्रदीप एैरे ६-१-२७-२, भुवन कार्की ६.५-१-३५-३, पृथु बास्कोटा १-०-१-०

साभारः कान्तिपुर अनलाइन

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home