Tuesday, February 17, 2009

दुईवटा मैदान एकैसाथ निर्माण हुने

काठमाडौं, फागुन ५ - क्रिकेटको भौतिक पूर्वाधार निरीक्षणमा रहेका एसियाली क्रिकेट काउन्सिलका विकास प्रबन्धकले नेपालमा दुईवटा क्रिकेट मैदान एकैसाथ निर्माण हुने बताएका छन् । पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिने घोषणाको भोलिपल्ट सोमबार मूलपानीमा निर्माणाधीन मैदान निरीक्षण गर्दै विकास प्रबन्धक बुन्दला वर्णपूराले उक्त जानकारी दिएका हुन् ।
उनले क्रिकेटको विकासका लागि एउटा सहरमा कम्तीमा तीन मैदान चाहिने र त्यसका लागि एसीसीले सहयोग गर्ने बताए। पोखरा अन्तर्राष्ट्रिय मैदान र प्रतियोगिताका लागि योग्य देखिएकाले सहयोग गर्न लागेका हौं,' उनले भने । काठमाडौं पछि पोखरा पहिलो प्राथमिकतामा रहने उनको भनाइ थियो । पोखरा र मूलपानी मैदानको पहिलो चरणको निर्माण कार्य सम्पन्न भएपछि थप सहयोग प्राप्त हुने उनले जानकारी दिए । 'नेपालमा भौतिक पूर्वाधारको विकास भएपछि यसलाई तटस्थ स्थानका रूपमा विकास गर्न सकिन्छ, उनले भने । नेपालले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सक्ने प्रमाणित गरिसकेको उनको विचार थियो । उमेर समूहको राम्रो प्रदर्शनलाई अब राष्ट्रियस्तरमा दोहोर्‍याउनुपर्छ, उनले भने, अहिलेको नेपालको भौतिक पूर्वाधारले पुग्दैन त्यसैले यसको विकासमा ध्यान दिनु आवश्यक छ ।' उनले निर्माणाधीन दुवै मैदान सन् २०१० को
अन्त्यसम्म निर्माण भइसक्ने विश्वास व्यक्त गरे । पहिले मैदान बन्नु पर्‍यो, त्यसपछि अरू पूर्वाधार निर्माण हुँदै जान्छ,' वर्णपूराको भनाइ थियो । क्यान अध्यक्ष विनयराज पाण्डेले मूलपानी मैदान निर्माणका लागि टेन्डर आह्वान गरिसकेको र छिट्टै कार्य सुरु हुने बताए ।

साभारः कान्तिपुर अनलाइन

Monday, February 16, 2009

आईसीसीको 'फोटो अफ द इयर' अवार्ड सुदर्शन रञ्जितलाई

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा प्रदान गरिने 'फोटो अफ द इयर' को अवार्ड पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितलाई प्रदान गरिएको छ । एसियाली क्षेत्रमा तस्बिर उत्कृष्ट भएबापत प्राप्त अवार्ड एसियाली क्रिकेट काउन्सिलका विकास प्रबन्धक बुन्दला वर्णपूराले हस्तान्तरण गरेका हुन् ।
माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा पोखरा रंगशालाको ढुंगे मैदानमा क्रिकेट अभ्यास गरिरहेको तस्बिरलाई आईसीसीले गत वर्ष उत्कृष्ट घोषणा गरेको थियो । उनको तस्बिर ४९ देशका १ सय ६२ तस्बिरमध्ये एसिया क्षेत्रबाट अवार्डका लागि छानिएको थियो ।

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने योजनामा रञ्जितको तस्बिर निकै सहयोगी रहेको क्यानका अध्यक्ष पाण्डेले बताए । यो तस्बिर आईसीसीले सन् २००९ को क्यालेन्डरमा पनि प्रकाशित गरेको उनले जानकारी दिए ।

साभार कान्तिपुर अनलाइन

पोखरामा क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाइने

-ईश्वरी न्यौपाने
पोखरा, फागुन ४ - पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिस्तरको क्रिकेट मैदान बन्ने भएको छ । पोखरा रंगशालामा क्रिकेटका लागि छुट्याइएको जमिनमा नेपाल क्रिकेट संघ -क्यान) ले अन्तर्राष्ट्रियस्तरको मैदान निर्माण गर्ने योजना बनाएको हो ।
क्यान अध्यक्ष विनयराज पाण्डे र एसियाली क्रिकेट काउन्सिल विकास प्रबन्धक बुन्दला वर्णपूराले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण तत्कालै सुरु गर्ने आइबार घोषणा गरेका हुन् । अध्यक्ष पाण्डेले पिच निर्माणको सुरुवात गर्न तत्काल १० लाख रुपैयाँ दिने निर्णय भएको बताए । पोखरा रंगशालाभित्र कास्की जिल्ला क्रिकेट संघले बनाउन लागेको मैदानलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरमा निर्माण गरिने भएको हो । 'प्राकृतिक दृष्य र बनावट एवं पर्यटकीय पूर्वाधारको अध्ययनलेे अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पोखरा उपयुक्त देखिएकाले पिच बनाउने योजना बनाएका हौं,' क्यान अध्यक्ष पाण्डेले भने, 'दिएको रकमले काम सकेर कागजात पठाउनासाथ थप रकम पनि आउनेछ ।'सुरुमा पिच र चरणबद्ध रूपमा स्टेडियम बनाउने लक्ष्य राखेको उनले बताए । पाण्डेका अनुसार काठमाडौं र पोखरामा अन्तर्राष्ट्रियस्तरको तथा विराटनगर, वीरगन्ज, नेपालगन्ज र भैरहवामा क्षेत्रीयस्तरको मैदान निर्माण हुनेछ । नेपालले सन् २०१५ मा विश्वकप खेल्ने लक्ष्य हासिल गर्न यी सबै ठाउँमा पिच बनेमात्र सम्भव हुने उनको भनाइ थियो ।'कीर्तिपुरको मैदानमा मात्र खेलेको भरमा विश्वकपमा जान सक्दैनौं, त्यसैले पनि मैदान बनाउन युद्धस्तरमा लाग्नुपर्छ,' पाण्डेले भने । क्यानले सबै रकम एकैपटक नभएर चरणबद्ध दिने बताउँदै जति काम हुन्छ त्यति नै बजेट थप्दै लगिने उनले बताए । एसियाली क्रिकेट काउन्सिलका विकास प्रबन्धक वर्णपूराले मध्यनेपालको पोखरा अन्य देशका खेलाडीका लागि उपयुक्त रहेको बताए । 'यहाँको प्रकृतिमा उनीहरूको जाँगर बढ्नेछ,' वर्णपूराले भने, 'स्थानीयको सक्रियतामा यो योजनाको सफलता निर्भर हुनेछ ।' खेलकुद संघले कास्की जिल्ला क्रिकेट संघलाई यसअघि नै जमिन छुट्याएर घेराबार भई जमिन सम्याउने काम भइसकेको छ । वीरेन्द्रसिंह गुरुङको अध्यक्षतामा निर्माण समिति पनि बनिसकेको छ ।

पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका विकास समिति, पर्यटन क्षेत्रका संस्था, व्यवसायी तथा उद्योग वाणिज्य संघका पदाधिकारीले क्यानको योजनाले खेल पर्यटनको गन्तव्य बनाउन लक्ष्य बोकेका पोखरेलीलाई थप हौस्याएको बताएका छन् । उनीहरूले स्थानीय तहबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
साभार कान्तिपुर अनलाइन

Tuesday, February 10, 2009

नेपाल र यूएईको सम्भावना बराबर

शरदप्रकाश धिताल

काठमाडौं, माघ २७ - नेपाल एसीसी यू-१७ एलिट कपको सेमिफाइनल समीकरणसम्म यूएईभन्दा बलियो देखिएको छ । तर पनि मंगलबार हुने अन्तिम चारको खेलअघि दुवै टिमका प्रशिक्षक जित सम्भावना बराबर रहेको बताउँछन् ।
नेपाल आफ्नो समूहको विजेता हो भने यूएईले उपविजेताका रूपमा सेमिफाइनल यात्रा तय गरेको हो । 'सेमिफाइनल लिग जस्तो सजिलो छैन,' नेपाली प्रशिक्षक रोय डायसले भने, 'दुवै टिमको समान सम्भावना छ । खेलाडीले जितका लागि ब्याटिङ सुधार्न आवश्यक छ ।'उनले लिगचरणको अन्तिम खेल समाप्तिमा नेपाली खेलाडीले एक रन लिने प्रयास नगरेको गुनासो गरेका थिए । 'नयाँ खेलाडीको फिल्डिङमा पनि केही समस्या देखिएको छ,' डायसले थपे, 'यूएई एसियामा टेस्ट नखेल्ने राष्ट्रमध्ये अगाडि छ र उनीहरूले धरै क्रिकेट खेलेका छन् ।' उनी पहिले ब्याटिङ गरेमा १ सय ८ भन्दा बढी स्कोर बनाउनुपर्ने बताउँछन् ।

यूएईका प्रशिक्षक साह हुसेन उपविजेताका रूपमा समूह चरण पार गरे पनि सम्भावना बराबर भएको मान्छन् । उनले डायसको विचारमा सहमति जनाउँदै भने, 'दुवै टिमको सम्भावना बराबर छ । नेपाल र यूएई राष्ट्रिय तथा उमेर समूहमा चिरपरिचित छन् ।'

उनी बलिङलाई आफ्नो टिमको बलियो पक्ष मान्छन् । 'नेपालको जस्तै हाम्रो पनि बलिङ बलियो छ,' उनले भने, 'नेपाली बलिङ झेल्न सक्ने तीन/चार ब्याट्सम्यान टिममा छन् र त्यो राम्रो पक्ष हो ।' उनले मलेसियाविरुद्ध आफ्नै कमजोरीले हारे पनि अन्य दुई खेलमा राम्रो गरेकाले टिमको मनोबल उच्च रहेको बताए ।

कीर्तिपुर मैदानमा हुने खेलमा दुई मात्र स्वदेशी खेलाडी रहेको यूएईले ब्याटिङ र फिल्डिङमा चुनौती दिन कोसिस गर्नेछ । यूएई टिममा नौ भारतीय र तीन पाकिस्तानी खेलाडी छन् । उपाधिको दाबेदार मानिएको नेपालले लिगचरणसम्म असन्तुलित ब्याटिङ गरे पनि कसिलो बलिङ गरेको छ ।

लिगचरणको पहिलो खेलमा कतारसामु २ सय ८ रन बनाएको नेपालले दोस्रो खेलमा कमजोर ब्याटिङ गरेको थियो । त्यसमा नेपालले ७७ रनमात्र जोडेको

थियो । दुई खेलमा पहिले ब्याटिङ गरेको नेपालले अन्तिम खेलमा सिंगापुरले दिएको १ सय ३ रनको लक्ष्य पूरा गरेको थियो । यूएई पनि लिगचरणमा कमजोर

देखिएन ।

पहिलो खेलमा मलेसियासूग एक विकेटले हारेको यूएईले अन्य दुई खेलमा कुवेतलाई सय रन र बहराइनलाई ७३ रनले हराएको थियो । लिगचरणमा नेपाली ब्याटिङ सामान्य रह्यो । कुनै पनि नेपाली ब्याट्सम्यानले अर्धशतक पूरा गर्न सकेका छैनन् । निश्चल चौधरीले तीन खेलबाट ८ रन बनाएका छन् ।

कप्तान पृथुले ५६, कृतेन गुरुङले ५ तथा सागर पुनले ५३ रन बनाएका छन् । बलिङमा नेपाली बलर रोचक भट्टले हङकङविरुद्ध सर्वाधिक चार विकेट लिएका छन् । यूएईका कृष्णकान्त भार्गव एक्लैले बहराइनविरुद्ध ५ रन बनाएका थिए ।

नेपाली कप्तान पृथुले ब्याटिङमा सुधार गर्नुपर्ने विचार राखेका

छन् । उनी लिगचरणको तुलनामा सेमिफाइनलमा फिल्डिङ कसिलो हुनेमा विश्वस्त छन् ।

एसीसीले आयोजना गरेका अन्य सबै उमेर समूहको विजेता नेपाल यू-१७ मा भने दुर्भाग्यशाली देखिएको छ । सन् २५ मा मलेसियामा भएको प्रतियोगिताको सेमिफाइनलमा पुगेको नेपाल खाली हात र्फकनुपरेको थियो । इन्डोनेसियाको जंगलमा लागेको आगोका कारण प्रतियोगिता बीचैमा रद्द भएको थियो ।

पुल्चोक मैदानमा हुने अर्को सेमिफाइनलमा समूह 'बी' विजेता मलेसियाले समूह 'ए' उपविजेता कतारको सामना गर्दैछ ।

साभारः कान्तिपुर अनलाइन

Monday, February 9, 2009

नेपाल समूह विजेता

शरदप्रकाश धिताल

काठमाडौं, माघ २६ - नेपालले एसीसी यू-१७ एलाइट क्रिकेटमा सिंगापुरलाई चार विकेटले पराजित गर्दै आइतबार लिगचरणको सुखद अन्त्य गरेको छ । यससँगै नेपालले समूह 'ए' को लिगचरणका सबै खेलमा जित हात पार्दै समूहविजेता बनेको छ । पहिलो खेलमा नेपालसँग १ सय ४ रनले पराजित कतार समूह उपविजेताका रूपमा अन्तिम चारमा पुग्यो । फाइनल प्रवेशका लागि उसले यूएईको सामना गर्नेछ । टसमा भाग्यमानी ठहरेको नेपालले सबै खेलमा टस जित्यो । पहिलो दुई खेलमा ब्याटिङ रोजेको नेपालले पहिलोपल्ट फिल्डिङ रोज्यो । सिंगापुरविरुद्ध जितपछि नेपाली प्रशिक्षक रोय डायस खुसी देखिएनन् । उनले ब्याटिङ अझ नसुध्रेको बताए । 'ब्याटिङ रोटेसन भएन, सिंगल रनका लागि खेलाडीले खेलेनन्,' उनले भने । जितका लागि संघर्ष गनर्ुुपरेको उनको भनाइ थियो । 'कुनै पनि खेलाडीले लामो इनिङ खेल्न नसकेको उनले बताए । 'खेलाडीले हिट गरेर खेल्न खोजे,' डायसले भने ।

नेपाली टिममा सामान्य परिवर्तन गरिएको थियो । विवेक दलीको स्थानमा अमनदीप सिंह टिममा रहेका थिए । उनी नेपाली टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने पहिलो शिख सम्प्रदायका खेलाडी हुन् । नेपाली कसिलो बलिङसामु सिंगापुरको सुरुआत सामान्य रह्यो । नेपाली बलर कृष्ण कार्कीले सुरुआती ओभर मेडन राखेपछि सिंगापुरले ६ ओभरमा ४ रनमात्र जोडेको थियो । प्रारम्भिक ब्याट्सम्यान इशान शेखरले १९ तथा मोहित कुलकर्नीले १४ रनको योगदान दिए । सिंगापुरले ढिलो सुरुआत गरे पनि नेपाली बलिङसामु डटेर खेल्यो र ९ विकेट क्षतिमा १ सय ३९ रन बनायो । लिगचरणमा नेपालसामु सिंगापुरले सबैभन्दा ठूलो चुनौती पेस गरेको हो । कतारले १ सय ४ र हङकङले ४९ रनमात्र बनाएका थिए । विजयी टिमका लागि सागर पुनले तीन विकेट लिए । आक्रामक ब्याटिङ प्रस्तुत गरेको नेपालले ३१ ओभर ३ बलमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपाली खेलाडीले १८ चौका र एक छक्का प्रहार गरे । टिमले २५ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालका लागि पाँच चौका मदतले सागर पुनले २७ रन जोडे । त्यस्तै ३८ बलमा ३४ रन बनाएका निश्चल चौधरीले ६ चौका र एक छक्का प्रहार गरे । प्रतियोगितामा नेपाली खेलाडीको यो पहिलो छक्का हो ।

मलेसिया समूह विजेता

प्रतियोगिताको समूह 'ख' मा मलेसिया समूहविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ । उसले बहराइनलाई ५७ रनले पराजित गर्‍यो । सेमिफाइनलमा उसले कतारको सामना गर्नेछ । त्यस्तै उपविजेताका रूपमा सेमिफाइनल पुगेको यूएईले कुवेतलाई सय रनले हरायो ।

स्कोरवोर्ड

सिंगापुर

इशान शर्मा क. रोचक बो. सागर १९
मोहित कुलकर्नी क. रोचक बो. सागर १४
रेजा गजनाभी रनआउट ०७
टिमोथी सिन्गम एलबीडब्लू रोचक ०५
प्रसेन परम बो. भुवन १५
बरुण शिवराम क. पृथु बो. कृष्ण १९
सरनडेभ कृष्णन रनआउट २०
विकासराज गोपाल क. भुवन बो. सागर ०८
उसमन मनजिर रनआउट ०७
अभिराज प्रदीप नटआउट ०६
दर्शन चौहान रनआउट ०२

अतिरिक्त ः -नोबल १, वाइड ११, लेगबाई ५) १७
कुल ः -४० ओभरमा नौ विकेट गुमाएर) १३९

विकेट पतन ः १-३५, २-४०, ३-५३, ४-६०, ५-७४,६-१००, ७-११२, ८-१२४, ९-१३०
बलिङ ः कृष्ण कार्की ८-३-२८-१, अविनाश कर्ण ५-१-१४-०,भुवन कार्की ८-२-२३-१, सागर पुन ७-१-२५-३, रोचक भट्ट ५-०-२४-१, पृथु बाँस्कोटा ३-१-१२-०, अमनदीप सिंह ४-०-८-०

नेपाल

कृतेन गुरुङ क. मोहित बो. अभिराज ०९
सागर पुन स्टम्प टिमाथी बो. अभिराज २३
आकाश परियार बो. अभिराज ०७
पृथु बाँस्कोटा नटआउट १८
प्रदीप ऐरी एलबीडब्लू मोहित १५
निश्चल चौधरी क. दर्शन बो. रेजा ३८
भुवन कार्की क. एन्ड बो. रेजा ०४
कृष्ण कार्की नआउट ००

अतिरिक्त ः -वाइड २०, बाई २, लेगबाई ४) २६
कुल ः -३१.३ ओभरमा छ विकेट गुमाएर) १४०

विकेट पतन ः १-२५, २-५१, ३-५२, ४-७४, ५-११९, ६-१३२
बलिङ ः बरुण शिवराम ३-०-१३-०, मोहित कुलकर्नी ६-१-३०-१, अभिजित सिंह ८-१-२७-३, दर्शन चौहान ५.३-०-२२-०,
रेजा गजनाभी ८-०-३३-२, विकास गोपाल १-०-०९-० ।

साभारः कान्तिपुर अनलाइन

Saturday, February 7, 2009

एसीसी यू-१७ एलाइट कप: नेपाल र हङकङ भिड्ने

शरदप्रकाश धिताल

काठमाडौं, माघ २४ - सेमिफाइनल यात्रा सहज बनाउन नेपालले एसीसी यू-१७ एलाइट कपमा शनिबार जित यात्रा तय गर्नुपर्नेछ । पहिलो खेलमा १ सय ४ रनले कतारलाई पराजित गरेको नेपालले समूह 'ए' को लिगचरणअन्तर्गत दोस्रो खेलमा हङकङको सामना गर्दै छ । तर सेमिफाइनल प्रवेशका लागि हङकङलाई जित आवश्यक छ ।
दुवै अपरिचित प्रतिद्वन्द्वी भने होइनन् । यू-१७ भिडन्त पहिलो भए पनि नेपाल र हङकङ काठमाडौंमा भएको यू-१५ मा भिडेका थिए । त्यसमा नेपाल १ सय ५४ रनले विजयी भएको थियो । त्यसबेलाका आठ खेलाडी वर्तमान नेपाली टिममा छन् ।
'सेमिफाइनलमा सुरक्षित रहन पनि जित आवश्यक छ,' नेपाली प्रशिक्षक रोय डायस भन्छन् । 'पहिलो जितलाई अन्तिमसम्म कायम राख्न चाहन्छौं,' उनले भने । दोस्रो खेलमा ब्याटिङ सुधि्रने उनको विश्वास थियो । 'हङकङलाई कमजोर आँक्नु हँुदैन,' भक्तपुर मैदान नेपाली टिमका लागि नयाँ भएको डायसले बताए । हङकङका प्रशिक्षक शेरबहादुर लामाले दोस्रो खेलमा हार बेहोरेका कारण जित्नुपर्ने बाध्यता रहेको विचार राखे । 'सेमिफाइनल प्रवेशका लागि नेपालविरुद्ध 'गर या मर' को स्थितिमा उत्रनेछौं,' हङकङ टिमका नेपाली प्रशिक्षक लामाले भने । 'नेपालविरुद्धको खेल सधैं विशेष हुने गर्छ,' लामाले भने, 'नेपालसँग हारेमा हामी अरू टिमको नतिजामा भर पर्न बाध्य हुनेछौं ।' उमेर समूहमा नेपाल र हङकङको स्तर उस्तै रहेकाले जसले राम्रो खेल्छ, उसले जित्ने विचार उनको थियो । दोस्रो खेलको अन्तिम बलमा कतारसँग पराजित हुनु दुर्भाग्यपूर्ण रहेको र त्यसले थप दबाबमा रहेको उनको भनाइ थियो । 'हङकङको ब्याटिङ राम्रै छ, केही सुरुआती ब्याट्सम्यान चल्नुपर्छ,' उनको भनाइ थियो । 'नेपालविरुद्ध २ सयभन्दा बढी रन बनाउनुपर्ने वा उसलाई त्यसभन्दा कम स्कोरमा रोक्नुपर्छ,' लामाले भने ।

समूहमा एक खेल कम खेलेको नेपाल नेट रनरेटका आधारमा पहिलो स्थानमा छ भने एक खेलमा जित तथा अर्कोमा हार बेहोरेको हङकङ दोस्रो स्थानमा र कतार तेस्रो स्थानमा छ । तीनवटै टिमको समान २/२ अंक छ । एक खेलमात्र खेलेको सिंगापुर अंकविहीन चौथो स्थानमा छ । कतारले शनिबार पुल्चोक मैदानमा सिंगापुरको सामना गर्दैछ । उसले हङकङमाथि एक विकेटको रोमाञ्चक जित हात पार्दै सेमिफाइनल सम्भावना कायम राखेको थियो ।

आजका खेलहरू

यूएईविरुद्ध मलेसिया- कीर्तिपुर मैदान
सिंगापुरविरुद्ध कतार- पुल्चोक मैदान
नेपालविरुद्ध हङकङ- भक्तपुर मैदान

साभारः कान्तिपुर दैनिक

Friday, February 6, 2009

मलेसिया र कतारको जित

काठमाडौं, माघ २३ - पभिथरन नादाइसानले उत्कृष्ट पाँच विकेट लिएपछि एसीसी यू-१७ एलाइट कपमा बिहीबार मलेसियाले कुवेतमाथि सात विकेटको जित दर्ता गर्‍यो ।
समूह 'बी' को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत मलेसियाली कसिलो बलिङ आक्रमणसामु टिक्न सकेन । वीरेन्द्र सैनिक मैदान, भक्तपुरमा भएको खेलमा कुवेती टिम २३ ओभरमा ६३ रनको झीनो स्कोरमा समेटियो । उसलाई सस्तोमा समेट्न निशाधेनले ७ ओभर बलिङ गर्दै तीन मेडनसाथ १४ रन खर्चे ।

कुवेतका लागि खालिद लियाकतले अविजित १२ तथा उस्मान घानीले १० रन जोडे ।

जवाफमा मलेसियाका जुवेर नाजमीले ३१ रनको योगदान दिए । यसै समूहको अर्को खेलमा यूएईले बहराइनमाथि ७३ रनको जित हात पार्‍यो ।

पहिले ब्याटिङ गरेको यूएईले ब्यंटा कृष्णन भार्गवको ९५ तथा रिउविन जाई अब्राहमको अर्धशतक मदतले ६ विकेट क्षतिमा २ सय २३ रन बनायो । जवाफमा बहराइन ३३ ओभर १ बलमा १ सय ५० रनमा अलआउट भयो ।

पुल्चोक मैदानमा यूएईका भार्गवले ९९ बलमा १२ चौका र एक छक्का प्रहार गरेका थिए । उनी समीरको बलमा सरदीप सिंहको हातबाट समातिए । त्यस्तै ५० रन बनाएका अब्राहम माज जाफरको बलमा बोल्ड भए ।

पहिलो खेलमा जित हात पारेको बहराइनको सुरुआत राम्रो हुन सकेन । टिमको १६ रन हुँदा दुई विकेट गुमाएको बहराइनका समीर युसुफले ५५ रनको योगदान दिए भने सामुएल भिगासले ३९ रन बनाए । यूएईका महम्मुद सलार बाकिरले चार विकेट लिए ।

समूह 'बी' मा एक-एक खेलमा जित हात पारेका मलेसिया र यूएई पहिलो र दोस्राे स्थानमा छन् । एकमा जित र अर्कोमा हार बेहोरेको बहराइन तेस्रो तथा दुवै खेलमा हार बेहोरेको कुवेत अन्तिममा छ ।

समूह 'ए' को खेलमा कतारले हङकङमाथि एक विकेटको रोमाञ्चक जित हात पार्‍यो ।

त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । प्रत्युत्तरमा कतारले ९ विकेट क्षतिमा १ सय ७७ रन बनायो ।

नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कतारका कप्तान तमुर साजादले आफ्नो प्रदर्शन दोहोर्‍याए ।

नेपालविरुद्ध ७२ रनको आकर्षक इनिङ खेलेका साजादले हङकङविरुद्ध पनि ७२ रन बनाए । समूहमा एक खेल खेलेको नेपाल अग्रस्थानमा छ भने हङकङ दोस्रो, कतार तेस्रो र सिंगापुर अन्तिममा छन् ।


साभारः कान्तिपुर अनलाइन

Thursday, February 5, 2009

जितसँगै नेपाली अभियान सुरु

शरदप्रकाश धिताल

काठमाडौं, माघ २२ - उमेर समूहका सबै एसीसी स्तरीय क्रिकेट उपाधि जित्ने अभियानको पहिलो खुडकिलोमा बुधबार नेपालले सफलता पाएको छ । एसीसी यू-१७ एलाइट कपको समूह 'ए' को खेलमा नेपालले कतारलाई १ सय ४ रनले हरायो । सहज जितका बावजुद उपाधितर्फ आँखा गाढेका नेपाली प्रशिक्षक रोय डायसले भने, 'अझै धेरै बाटो पार गर्नु छ ।' पुल्चोक इन्जिनियरिङ मैदानमा सुधारिएको प्रदर्शन गरेको नेपाली टिम पूरै ४० ओभर मैदानमा टिकेको थियो ।घरेलु दर्शकको समर्थन पाएको नेपाली टिमले आठ विकेट क्षतिमा २ सय ८ रन बनायो । राष्ट्रिय प्रतियोगितामा सहभागी ८४ मध्ये उमेर परीक्षणबाट छानिएका १४ खेलाडीमात्र टिममा राखेको नेपालले राम्रो सुरुआत गर्‍यो ।

सधैं राष्ट्रिय टिमको समस्याका रूपमा देखिएको ब्याटिङ केही मात्रामा भए पनि सुधारिएको देखिएको थियो । पहिलोपटक एक आपसमा भिडेका कतारविरुद्ध कृतेन गुरुङ र सागर पुनले पहिलो विकेटका लागि ४५ रन बनाए । सागरले ३ चौका मदतले २३ रन जोडे ।'जितका साथ सुरुआत गर्नु राम्रो हुन्छ,' डायसले भने । उनले नेपालले ब्याटिङमा अझ सुधार गर्नुपर्ने राय राखे । प्रदीप सस्तैमा आउट भएको उनले बताए । प्रदीप ऐरीले दुई रनमात्र जोडेका थिए । व्यक्तिगत ४ चार रनमा जीवनदान पाएका कृतेनले ६ चौकम मदतले ३८ रन बनाए ।

उनले दोस्रो विकेटका लागि कप्तान पृथु वास्कोटासँग ५१ रनको महत्त्वपूर्ण साझेदारी गरे । पृथुले ३८ रनको योगदान दिए । विजयी टिमका लागि निश्चल चौधरीले ३४ तथा आकाश परियारले २२ रन जोडे । नेपाली बलरले कशिलो प्रदर्शन गरेपछि कतार टिम २३ ओभर ५ बलमा १ सय ४ रनमा समेटियो । तीव्र बलर कृष्ण कार्कीले तीन तथा भुवन कार्की र प्रदीपले दुई/दुई विकेट लिएका थिए । प्रदीपले राष्ट्रिय प्रतियोगिताका क्रममा लागेको चोटका कारण प्रशिक्षणमा बलिङ गरेका थिएनन् । 'ओपनिङ बलरहरूले राम्रो गरे' नेपाली कप्तान पृथुले भने । 'सुरुमा विकेट चाहिएको थियो, त्यो पाउनाले सजिलो भयो,' उनले भने ।

लिगमा जितले फाइदा पुर्‍याउने उनको भनाइ थियो । कतारका लागि कप्तान सुमर सादतले मात्र आकर्षक इनिङ खेले । उनले ८४ बलमा १० चौका र ३ छक्का मदतले ७२ रन बनाए । उनलाई अन्य कुनै सहकर्मीले साथ दिन सकेनन् । कतारका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाएनन् । 'म्यान अफ द म्याच' सादत कतारी टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् । दुई विकेट लिएका सादतले यू-१३, १५, १७ र १९ को साथै राष्ट्रिय टिममा पनि सहभागिता जनाइसकेका छन् । 'नेपाली बलरले अत्यन्त राम्रो प्रदर्शन गरे, उनीहरूले आफ्नो उमेर समूहको भन्दा स्तरीय खेल देखाए,' कतारका प्रशिक्षक मोहम्मद अन्जद वेगले भने ।
उनले आफ्नो स्पिनरहरूले राम्रो प्रदर्शन गर्न नसकेका कारण नेपालले ठूलो लक्ष्य तयार गरेको विचार राखे । 'अर्को खेलका लागि अनुभव प्राप्त भएको छ, ब्याटिङ क्रम र बलिङमा परिवर्तन गर्नु पर्छ,' वेगले भने ।

बिहीबारका खेल
कतारविरुद्ध हङकङ- त्रिवि मैदान
बहराइनविरुद्ध यूएई- पुल्चोक मैदान
कुवेतविरुद्ध मलेसिया- भक्तपुर मैदान
बहराइन र हङकङ विजयी

काठमाडौं- एसीसी यू-१७ का अन्य खेलमा बहराइन र हङकङ विजयी भएका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बहराइनले कुवेतलाई १ सय २५ रनले

हरायो । पहिले ब्याटिङ गरेको वहराइनले ३७.५ ओभरमा २ सय २५ रन बनायो । प्रत्युत्तरमा कुवेत १९.२ ओभरमा सय रनमा सीमित भयो । वीरेन्द्र सैनिक खेल मैदान भक्तपुरमा भएको अर्को खेलमा हङकङले सिंगापुरलाई सात विकेटले हरायो । सिंगापुरले ३८.४ ओभरमा बनाएको १ सय ३७ रनको जवाफमा हङकङले ३२.४ ओभरमा ३ विकेट गुमाउँदै जित हात पार्‍यो ।

स्कोरबोर्ड

नेपाल

कृतेन गुरुङ एलबीडब्लू इस्टिक ३८
सागर पुन क. ताहा मुहम्मद बो. रमेश २३
पृथु बास्कोटा स्टम्प ताहा मुहम्मद बो. साहिद ३८
प्रदीप एैरे एलबीडब्लू इस्टिक ०२
निश्चल चौधरी क. साद बो. तमुर ३४
भुवन कार्की क. अलि बो. फैजन ०७
कृष्ण कार्की क. तलल बो. फैसल ११
आकाश परियार बो. राहुल २२
विवेक दली नटआउट ०३
रोचक भट्ट नटआउट ०३

अतिरिक्त ः -नोबल १, वाइड १९, बाई ३, लेगबाई ४) २७
कुल ः -४० ओभरमा आठ विकेट गुमाएर) २०८

विकेट पतन ः १-४५, २-९८, ३-९९, ४-१४९, ५-१६५, ६-१७२, ७-१९८, ८-२०३
बलिङ ः तमुर साहिद ८-०-४३-२, राहुल रमेश ८-०-३९-२, फैजन अहमद ८-१-३६-१, अलि इस्टिक ८-०-३३-२, तलल खान २-०-१५-०, फैसल ६-०-३५-१

कतार

ताहा मुहम्मद रनआउट ०३
साद खान क. निश्चल बो. कृष्ण ००
फैजन अहमद बो. कृष्ण ००
तमुर सजद क. प्रदीप बो. भुवन ७२
अलि इस्टिक क. सागर बो. कृष्ण ०१
हसन मिर्जा क. कृतेन बो. कृष्ण ०२
तलल खान बो. प्रदीप ०६
फैसल राउफ बो. प्रदीप ०५
राहुल रमेश स्टम्प आकाश बो. भुवन ०४
सुल्तमन खान बो. भुवन ००
अब्दुल रहेमान नआउट ००

अतिरिक्त ः -नोबल ५, वाइड ३ लेगबाई ३) ११
कुल ः -२३.५ ओभरमा सबै विकेट गुमाएर) १०४

विकेट पतन ः १-४, २-६, ३-११, ४-१४, ५-२९, ६-४६, ७-६६, ८-७५, ९-७५, १०-१०४
बलिङ ः कृष्ण कार्की ५-०-१९-३, अभिनाश कर्ण ५-१९-१, प्रदीप एैरे ६-१-२७-२, भुवन कार्की ६.५-१-३५-३, पृथु बास्कोटा १-०-१-०

साभारः कान्तिपुर अनलाइन

Wednesday, February 4, 2009

एसीसी यू-१७ एलाइट कप: नेपाल ऐतिहासिक सफलताको संघारमा

शरदप्रकाश धिताल
काठमाडौं, माघ २१ - नेपाल उमेर समूहका सबै एसीसी स्तरीय क्रिकेट प्रतियोगिता जित्ने ऐतिहासिक उपलब्धिनजिक छ । बुधबारबाट काठमाडौंमा सुरु हुने एसीसी यू-१७ क्रिकेटको उपाधि चुमे नेपालले उमेर समूहका सबै प्रतियोगिता जितेर सफलताको अनुपम झन्डा गाड्नेछ । एसीसीको आयोजनामा यू-१७ स्तरमा अन्तिमपटक प्रतियोगिता हुँदैछ । उमेर समूहका एसीसी यू-१५ र १९ मा जित हात पारेको नेपाल यू-१७ मा भने दुर्भाग्यशाली रहेको छ । उसले कुनै पनि संस्करणमा उपाधि जित्न सकेको छैन । सन् २००५ मा मलेसियामा भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुगेको थियो ।

तर इन्डोनेसियाको जंगलमा लागेको आगोको धूवाँका कारण प्रतियोगिता बीचैमा रोकियो । नेपालले यस उमेर समूहमा चारपटक सहभागिता जनाएको छ । पहिलोपटक सन् २००० मा पाकिस्तामा भएको आईसीसी यू-१७ एसिया कपमा नेपालले पहिलो खेलमा कुवेतसँग हार बेहोरेको थियो । नेपालले यसबाहेक बंगलादेशमा भएको एसीसी यू-१७ एसिया कप, सन् २००४ मा भारतमा भएको एसीसी कप फर यू-१७ मा सहभागिता जनाएको छ । नेपालले अहिलेसम्म खेलेका १७ खेलमध्ये आठमा जित र आठमा हार बेहोरेको छ । एउटा खेलको नतिजा निस्केन ।

नेपाल टेस्ट खेल्ने राष्ट्रविरुद्धका छ खेलमध्ये सबैमा पराजित रहेको छ । नेपाल पाकिस्तानविरुद्ध ३, बंगलादेशविरुद्ध २ र भारतसँग एक खेल हारेको छ । टेस्ट नखेल्ने अफगानिस्तानसँग पनि हारेको छ । जित लक्ष्य सम्भवतः उमेर समूहमा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगितामा टिमको जिम्मेवारी लिइरहेका प्रशिक्षक रोय डायस सुखद अन्त्य चाहन्छन् । यू-१७ मा नेपालको पराजयको क्रम टार्ने यो सबैभन्दा सुनौलो मौका छ । टेस्ट नखेल्ने राष्ट्रमात्र सहभागी प्रतियोगितामा नेपालले सबैभन्दा बलियो चुनौती पेस गर्न सक्छ ।

'हामी जितका लागि उत्रने छौं,' प्रशिक्षक रोय डायसले भने । उनले मलेसिया सबैभन्दा बलियो प्रतिद्वन्द्वी भएको बताए । नेपालको बलिङ र फिल्डिङ बलियो भएको उनको भनाइ थियो । 'अरू उमेर समूहभन्दा ब्याटिङ बलियो भए पनि नयाँ खेलाडीमा 'बिग सट' खेल्ने समस्या छ,' उनले भने ।

धेरै खेलाडीमा अन्तर्राष्ट्रिय अनुभव र करिब डेढ महिना प्रशिक्षणमा रहनु सुखद पक्ष रहेको उनले बताए । नेपाली खेलाडीमा चोटको सामान्य समस्या रहेको र आवश्यक परे प्रदीप ऐरीलाई बलिङ गराउन सक्ने उनले जानकारी दिए ।

प्रदीप यू-१७ राष्ट्रिय प्रतियोगितामा नेपालगन्जविरुद्ध खेलमा घाइते भएका थिए । नेपालले पहिलो खेल बुधबार कतारविरुद्ध खेल्दैछ । कतार यू-१७ मा नेपालको नयाँ प्रतिद्वन्द्वी हो ।

तयारी पूरा

नेपाल क्रिकेट संघ -क्यान) ले मंगलबार पत्रकार सम्मेलन गरी एसीसी यू-१७ को तयारी पूरा भएको जानकारी दिएको छ । क्यान अध्यक्ष विनयराज पाण्डेले प्रतियोगिताका लागि एसियाली क्रिकेट परिषद्बाट ८७ लाख प्राप्त भएको बताए ।

उनले यसैबाट खेलाडीको यातायात, होटल तथा सबै व्यवस्थापन खर्च बेहोर्ने जानकारी दिए । 'यसले खेलको मात्र होइन, देशको समग्र होटल तथा पर्यटन व्यवसायमा पनि सकारात्मक असर पर्छ,' उनले भने । क्यान महासचिव टंकप्रसाद पनेरुले नेपालले सहभागिताअघि उमेर परीक्षणमा कडाइ गरेको र यसमा कुनै समस्या नआउने बताए ।

'नेपाल सफल आयोजनाका लागि प्रतिबद्ध छ,' उनले भने । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर, पुल्चोक इन्जिनियरिङ मैदान र वीरेन्द्र सैनिक मैदान, भक्तपुरमा खेल हुने जानकारी उनले दिए ।

उमेरको समस्या नआउने

यसपटक एसीसीले प्रतियोगिताअघि सबै सहभागी राष्ट्रका खेलाडीको उमेर परीक्षण गरेकाले बढी उमेरको समस्या नआउने भएको छ । एसीसीका इभेन्ट एक्जुकेटिभ हरिदास केकेले पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन् । यसअघि नेपालमा भएको एसीसी यू-१५ को बीचमा खेलाडीको उमेर परीक्षण गर्दा आयोजकसहित ८ राष्ट्र अयोग्य ठहरिएका थिए ।

दुई खेलाडी अनिवार्य

प्रतियोगितामा सहभागी राष्ट्रले खेलाडी छनोट गर्दा अन्तिम ११ मा आफ्नै राष्ट्रका दुई खेलाडी अनिवार्य सहभागी गराउनुपर्नेछ । हरिदासले दिएको जानकारीअनुसार खेलअघि म्याच रेप|mीले यसका बारेमा निरीक्षण गर्नेछन् । पहिलो खेलमा नेपालविरुद्ध भिड्न लागेको कतार टिममा आफ्नो राष्ट्रका दुईमात्र खेलाडी सहभागी छन् ।

नेपाली टिम
पृथु बाँस्कोटा -कप्तान), प्रदीप ऐरी, सागर पुन, रोचक भट्ट, निश्चलसिंह चौधरी, विवेक दली, कृतेन गुरुङ, भुवन कार्की, कृष्ण कार्की, अविनाश कर्ण, आयुष राणा, अमनदीप सिंह, प्रतीक सिंह र आकाशसिंह परियार ।

प्रशिक्षक- रोय डाय, ससहायक प्रशिक्षक- मञ्जुर आलम खान ।

बुधबारको खेल
बहराइनविरुद्ध कुवेत- त्रिवि मैदान
नेपालविरुद्ध कतार- पुल्चोक मैदान
सिंगापुरविरुद्ध हङकङ- भक्तपुर मैदान

साभारः कान्तिपुर अनलाइन

Friday, August 1, 2008

एसिया कप खेल्ने सपना चकनाचुर

काठमाडौँ। सन् २०१० मा हुने एसिया कप क्रिकेट खेल्ने नेपालको सपना पूरा नहुने भएको छ। एसीसी ट्रफी एलिट क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज यूएईसँग ६ विकेटले पराजित भएपछि नेपालको एसिया कप खेल्ने सपना चकनाचुर भएको हो। मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा जितका लागि १ सय ६७ रनको लक्ष्य पाएको यूएईले ४५ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४७ दशमलव ३ ओभरमा सवै विकेट गुमाएर १ सय ६६ रन बनायो। नेपालका शक्ति गौचनले ३५ तथा शरद भेषवाकरले ३३ रन बनाए। लिग चरणका सबै ४ वटा खेलमा जित हात पार्दै समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल लिग चरणको प्रदर्शन दोहोर्‍याउन नसक्दा पराजित भएको हो।

Sourse of weekly Nepal

Tuesday, July 29, 2008

नेपाल सेमिफाइनलनजिक

काठमाडौं, साउन १३ - नेपाल पारस खडकाको उत्कृष्ट ब्याटिङ मदतले एसीसी ट्रफी एलाइट क्रिकेटमा सोमबार लगातार तेस्रो जित हात पार्दै सेमिफाइनलनजिक पुगेको छ । नेपालले समूह 'बी' को आफ्नो तेस्रो खेलमा सिंगापुरलाई छ विकेटले हरायो ।
नेपालको तीन खेलबाट ६ अंक भएको छ भने त्यति नै खेल खेलेको हङकङको ४ अंक छ । नेपाल सेमिफाइनल पुग्ने निश्चित देखिए पनि अन्य टिमको गणितीय सम्भावना कायमै छ ।
किनारा ओबल मैदानमा सिंगापुरविरुद्ध १ सय ५६ रनको विजयी लक्ष्य नेपालले ४० ओभर पा“च बलमा चार विकेट गुमाएर प्राप्त गर्‍यो । नेपालको जितमा उपकप्तान पारसको अविजित ७१ रन योगदान रह्यो । टिमले विजयी लक्ष्य भेटाउ“दा पारसलाई शक्ति गौचनले अविजित ३० रनमा साथ दिइरहेका थिए ।
नेपालले लगातार तेस्रो खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्‍यो । 'म्यान अफ द म्याच' पारसले ९७ बलमा आठ चौका र दर्ुइ छक्का प्रहार गरे । पहिलो विकेटका लागि गतिलो साझेदारी गर्न नसके पनि मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट पर््रदर्शन गर्दै नेपालको जितलाई सहज बनाए ।
नेपालले टिमको ४ रन स्थितिमा परेश लोहनीलाई गुमाएको थियो । प्रारम्भिक ब्याट्सम्यान परेश ३ रन जोडी सिंगापुरका प्रमोद राजाको बलमा बोल्ड भए । अर्का प्रारम्भिक ब्याट्सम्यान कनिष्क चौगाईंले १६ रन योगदान गरे । शरद भेषावकर ९ रन जोडेर पेभेलियन फर्के भने ज्ञानेन्द्र मल्लले १७ रन बटुले । ज्ञानेन्द्रले पारसस“ग चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे ।
शक्ति र पारसले अविजित ६२ रनको साझेदारी गरेर टिमलाई विजयी लक्ष्यसम्म पुर्‍याएका थिए । शक्तिले ३० रन जोड्न ४६ बलको सामना गरे । त्यसमा चार चौका समावेश रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरको सुरुको ब्याटिङ क्रमलाई नेपाली तीव्र गतिका बलर महबुब आलमले ध्वस्त पारे । सिंगापुरले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १ सय ५५ रन जोडेको थियो । महबुबले सिंगापुरले खाता नखोलेको अवस्थामा प्रारम्भिक ब्याट्सम्यान ग्लेन मेयरलाई पाखा लगाए ।
सिंगापुरका लागि अर्का प्रारम्भिक ब्याट्सम्यान चेतन र्सर्ूयवंशीले ३२ रन योगदान गरे । उनी पनि महबुबकै बलमा बोल्ड भए । महबुबले तीनै ब्याट्सम्यानलाई बोल्ड पारे । उनले १० ओभरमा तीन मेडन राख्दै २५ रनमात्र खर्चे ।
नेपालका लागि अर्का बलर शक्ति गौचन र राजकुमार प्रधानले दर्ुइ-दर्ुइ विकेट बा“डे । शक्तिले किफायती बलिङ गरे । उनले १० ओभरमा एक मेडन राख्दै १७ रनमात्र दिए । राजकुमारले ६ ओभरमा दर्ुइ मेडनसहित ११ रन खर्चे । सिंगापुरका लागि चामिन्दा रुवानले ४० रनको उच्च योगदान गरे ।
नेपालले समूह चरणको अन्तिम खेल कुवेतस“ग खेल्नेछ । त्यस्तै, अन्य खेलमा यर्ूर्एइले बहराइनलाई ८ विकेटले हरायो भने हङकङले कतारलाई १ सय ७६ रनले पराजित गर्‍यो ।
Sourse of eKantipuronline.com

Sunday, July 27, 2008

नेपालको लगातार दोस्रो जित

काठमाडौं, साउन ११ - नेपालले एसीसी ट्रफी एलाइट क्रिकेटमा शनिबार लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा सञ्चालन भइरहेको प्रतियोगितामा उसले कतारलाई सात विकेटले सजिलै हरायो ।
नेपाली बलर शक्ति गौचनले किफायती बलिङ गरेपछि कतारले ४७ ओभर दर्ुइ बलमा सबै विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार पार्‍यो । 'म्यान अफ द म्याच' शक्तिले १० ओभरमा तीन मेडन राख्दै तीन विकेट हात पारे । उनले २५ रन मात्र खर्चे ।
रोयल मिलेट्री कलेजमा भएको प्रतिस्पर्धामा नेपाली ब्याट्सम्यानको पर््रदर्शन दोस्रो दिन पनि उत्कृष्ट रह्यो । टिमलाई सजिलै विजयी लक्ष्यसम्म पुर्‍याउन शरद भेषावकर र ज्ञानेन्द्र मल्लले महत्त्वपर्ूण्ा भूमिका खेले । उक्त जोडीले अविजित १ सय २६ रनको साझेदारी गरेपछि नेपालले ३७ ओभर तीन बलमा तीन विकेट गुमाएर १ सय ७२ रनको विजयी लक्ष्य भेटायो ।
ज्ञानेन्द्रले अविजित ७६ रन जोडे । उनले ८२ बलमा पा“च चौका र दर्ुइ छक्का प्रहार गरे । ज्ञानेन्द्रलाई गतिलो साथ दिएका शरदले पनि अर्द्धशतक पूरा गरे । उनले १ सय ४ बलमा अविजित ५१ रन बटुले । शरदले तीन चौका हिर्काए ।
नेपालको सुरुवात भने फितलो रह्यो । नेपालले ४ रनको स्थितिमा प्रारम्भिक ब्याट्सम्यान परेश लोहनीलाई गुमायो । परेशले पा“च बलमा ४ रन बटुलेका थिए । एक चौका हानेका परेश अब्बास खानको बलमा ओमर ताजद्वारा समातिए । अर्का प्रारम्भिक ब्याट्सम्यान कनिष्क चौगाईंले २० रनको योगदान गरे । उनले ३३ बलमा दर्ुइ चौका प्रहार गरे । शुक्रबार हङकङविरुद्धको खेलमा जित हासिल गर्न महत्त्वपर्ूण्ा भूमिका निर्वाह गरेका पारस खडकाले ३ रनमात्र जोडे । उनी पनि अब्बासको सिकार बने । नेपाललाई ४६ रनमा तीन विकेट गुमाएको स्थितिबाट शरद र पारसले विजयी लक्ष्यसम्म पुर्‍याएका थिए । बलिङतर्फकतारका अब्बासले १० ओभरमा दर्ुइ विकेट लिएर ४० रन खर्चे ।
कतारको सुरुवात भने राम्रो रह्यो । उसको प्रारम्भिक जोडीले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गर्‍यो । टिमका लागि र्सवाधिक ४८ रन जोडेका ओमर ताजलाई वसन्त रेग्मीले बोल्ड पारे ।
शक्तिस“गै वसन्तले तीन विकेट हात पारे । उनले नौ ओभरमा एक मेडनसहित ३० रन दिए । कप्तान विनोद दासले दर्ुइ विकेट लिए भने अमृत भट्टर्राई र शरदले एक-एक विकेट बा“डे ।
Sourse of eKantipuronline.com

Saturday, July 26, 2008

नेपालले हङकङलाई हरायो

पारस खड्काले अर्धशतक पूरा गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी ट्रफी एलिट कप प्रतियोगितामा हङकङलाई ४४ रनले पराजित गरेको छ । प्रतियोगितामा नेपालले हङकङलाई पराजित गरेको यो लगातार दोस्रो पटक हो । यसअघि सन् २००६ मा नेपालले हङकङलाई ८७ रनले पराजित गरेको थियो । त्यसअघि भने नेपालले लगातार तीनपटक हङकङसँग पराजय भोगेको थियो । मलेसियाको क्वालालम्पुरमा शुक्रबार सुरु भएको प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ रोज्यो । सेलङ्गर टर्फ क्लबमा विजयी सुरुवात गर्ने क्रममा नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाई दुई सय ४५ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो । सो योगफल तयार गर्न पारस खड्काले ८१ रनको प्रभावकारी इनिङ खेले । उनले ७२ बलमा आठ चौका र तीन छक्काको मद्दतले सो रन जोडेका थिए । मध्यक्रमका ब्याट्सम्यान खड्का जेड अब्बासको बलमा आई गुलबाट छैटौं विकेटका रूपमा समातिए । यसअघि कनिस्क चौगाइर्ं पहिलो विकेटका रूपमा डकआउट हुँदा नेपाल एक रन जोडेको अवस्थामा थियो । चौगाईं आई अहमदबाट बोल्ड भएका थिए । नेपालका लागि शरद भेषवाकरले ४८, परेश लोहनीले ४२, ज्ञानेन्द्र मल्लले २३ र महबुब आलमले २० रनको योगदान दिए । नेपालले निर्धारित ओभर पूरा गर्दा शक्ति गौचन १२ रनमा र महेश क्षेत्री दुई रनमा अविजित थिए । ७३ बलको सामना गरेका भेषवाकरले नौ चौका प्रहार गरेका थिए । बलिङको क्रममा हङकङका एम अहमद र इलियास गुलले दुई/दुई विकेट लिए । नेपालले दिएको दुई सय ४६ रनको विजयी लक्ष्य पछ्याउन आएको हङकङ निर्धारित ओभरमा नौ विकेट गुमाई दुई सय एक रनमा समेटिएको थियो । टोलीका लागि बी हुसेनले सर्वाधिक ५२ रनको योगदान दिए । हङकङलाई विजयी लक्ष्यसम्म पुग्न नदिन कप्तान विनोद दास र बसन्त रेग्मीले तीन-तीन विकेट लिएका थिए । यसैगरी, महबुब आलम र पारस खड्काले एक/एक विकेट लिए । बलिङ र ब्याटिङ दुवैमा जमेका पारस म्यान अफ द म्याच घोषित भए । दुई वर्षपछि हुने एसिया कपका लागि छनोट खेलसमेत रहेको प्रतियोगितामा हङकङमाथिको विजयसँगै नेपालले दुई अंक बटुलेको छ । अब नेपालले शनिबार कतारविरुद्ध खेल्नेछ ।

Wednesday, July 23, 2008

नेपालको लगातार तेस्रो जित

काठमाडौं, साउन ६ - एसीसी ट्रफी एलाइट कप क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका क्रिकेट बोर्ड-११ विरुद्ध अभ्यास खेलमा सोमबार लगातार तेस्रो जित हासिल गरेको छ । चार विकेटको जितस“गै नेपालले तीन म्याचको अभ्यास शृङ्खला ह्वाइटवास गरेको छ ।
कोलम्बोको मोरतुवा रंगशालामा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाली टिमले जितका लागि १ सय ५० रनको लक्ष्य पाएको थियो । उसले निर्धारित ५० ओभर समाप्त हुन १२ ओभर बा“की हु“दा छ विकेट क्षतिमा १ सय ५३ रन जोड्यो र मलेसिया जानुअघि आत्मविश्वास बलियो बनायो ।
नेपालका लागि परेश लोहनीले ३४ रनको उच्च योगदान गरे । उपकप्तान पारस खडका विजयी लक्ष्य भेटाउ“दा ३१ रनमा अविजित रहे । वसन्त रेग्मीले अविजित १० रन जोडे ।
नेपाली टिमका तर्फाट अन्य ब्याट्सम्यान दीपेन्द्र चौधरीले २४ र ज्ञानेन्द्र मल्लले २१ रनको योगदान गरे । बलिङतर्फनेपालका कप्तान विनोद दासले तीन विकेट हात पारे । अर्का बलर राजकुमार प्रधानले पनि तीन विकेट लिए । अमृत भट्टर्राईले दर्ुइ विकेट झारे भने सञ्जम रेग्मी र वसन्त रेग्मीले एक-एक विकेट बा“डे ।
यसअघि पहिले ब्याटिङ गरेको घरेलु टिमले ४९ ओभरमा सबै विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । नेपाली टिम प्रतियोगितामा सहभागी हुन बुधबार श्रीलंकाबाट मलेसिया प्रस्थान गर्दै छ ।
Sourse of eKantipur.com

Saturday, July 19, 2008

नेपाली टिमलाई सफलता

काठमाडौं, साउन ३ - एसीसी ट्रफी एलाइट कप क्रिकेटमा सहभागी हुने क्रममा श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा शुक्रबार जित हात पारेको छ ।
नेपाली टिमले श्रीलंका क्रिकेट बोर्ड-११ लाई ४ विकेटले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर २ बलमा सबै विकेट गुमाउ“दै १ सय ७३ रन बनायो । प्रत्युत्तरमा नेपाली टिमले ४० ओभरमा ६ विकेट गुमाउ“दै जित हात पार्‍यो । श्रींलका बोर्ड-११ विरुद्ध नेपाली टिमका अगुवा विनोद दासले ३ तथा शरद भेषावकरले २ विकेट लिए । त्यस्तै पारस खडका र राजकुमार प्रधानले १-१ विकेट लिए भने ३ खेलाडी रनआउट भए ।

नेपाली टिम व्यवस्थापक पवन अग्रवालले दिएको जानकारीअनुसार ब्याटिङमा नेपालका कनिष्क चौगाईंले ६२ रन बनाए । त्यस्तै, शक्ति गौचनले ४७ र पारस खडकाले २६ रन बनाए ।

यसअघि बिहीबारको खेलमा शरदको अलराउन्ड पर््रदर्शनले नेपाली टिमले श्रीलंका क्रिकेट बोर्ड बोर्ड-११ लाई २ रनले पराजित गर्‍यो । भेषावकरको अर्धशतक मदतले नेपालले ४५ ओभरमा ७ विकेट गुमाउ“दै २ सय ४८ रन बनायो । जवाफमा श्रीलंका ८ विकेट गुमाउ“दै २ सय ४६ रनमा सीमित भयो । कनिष्क चौगाईं र महेश क्षेत्रीले उत्कृष्ट सुरुवात दिलाउ“दै पहिलो विकेटका लागि ७८ रन बनाए । महेशले ६२ बलमा ५२ रन जोडेका थिए । त्यस्तै अमेरिकाबाट बिदामा फर्केका चौगाईंले ४३ रन जोडे । शरदले ६१ बलमा अविजित ५४ रन बनाए । बलिङमा नेपालका शरदले ४ विकेट लिए ।

नेपालले सोमबार अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्नेछ । त्यस्तै समूह 'बी' मा रहेको नेपालले लिग चरणमा जुलाई २५ मा हङकङ, जुलाई २६ मा कतार, जुलाई २८ मा सिंगापुर र जुलाई ३० मा कुवेतस“ग खेल्नेछ ।
साभार - कान्तिपुर दैनिक

Friday, July 11, 2008

उत्कृष्ट खेलाडी अवार्डमा सम्मानित।


एसियाली क्रिकेट काउन्सिलको उत्कृष्ट खेलाडी अवार्डमा सम्मानित नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय महिला क्रिकेट टिम क्याप्टेन नेरी थापा । पारस ँबेस्ट इमर्जिङ एसियन क्रिकेटर अफ द इयर’ तथा नेरी ँबेस्ट इमर्जिङ एसियन ओेमन क्रिकेटर’ भएका हुन् । दुवै पुरस्कार एसीसीका एसोसिएट्स सदस्यका लागि मात्र हुन् ।
Sourse of eKantipuronline

Tuesday, June 3, 2008

नेपाली टिम स्वदेश फर्कियो

नेपाली टिम स्वदेश फर्कियो
कास
काठमाडौं, जेठ २० - नेपाली टिमको ब्याटिङ स्तर सुधार्न नया“ र विदेशिएका राम्रा खेलाडीलाई टिममा ल्याउनुपर्ने नेपाली टिमका प्रशिक्षक रोय डायसले बताएका छन् ।
सेमिफाइनलमा अफगानिस्तानस“ग पराजित भएपछि विश्वक्रिकेट डिभिजन-फाइभमा तेस्रो ह“ुदै स्वदेश र्फकने क्रममा मंगलबार डायसले त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा सञ्चारकर्मीस“ग यस्तो प्रतिक्रिया दिए ।
'यसका लागि अनुभवी खेलाडीको आवश्यकता छ । म क्यानस“ग विदेशमा रहेका कनिष्क चौगाईं जस्ता खेलाडीलाई एसीसीका लागि बोलाउन आग्रह गर्छर्ुर्ु' उनले भने ।
डिभिजन फाइभको निर्ण्ाायक खेलमा फितलो ब्याटिङका कारण तेस्रो स्थानमा सीमित रहनुपरेको औंल्याउ“दै उनले ब्याटिङ सुधार्न टिम परिवर्तनको आवश्यकता रहेको बताए ।
डायसले प्रतियोगिताभर नेपालको बलिङ र फिल्डिङले प्रशंसा पाएको जानकारी दिए । 'महबुबको पर््रदर्शनबाट सबै प्रभावित थिए ।'
उनले एसीसी ट्रफीमा ब्याटिङ पक्ष परिवर्तन गर्ने सोच राखेको जानकारी दिए । डिभिजन-फाइभको सेमिफाइनल यात्रा तय गरेको नेपाली टिमलाई अन्तिम खेलको ब्याटिङमा सुरुवाती ब्याट्सम्यानले निराश पारेको उनको कथन थियो ।
नेपाली टिमका अगुवा विनोद दासले तेस्रो स्थानमै सीमित रहे पनि सन् २००० को एसीसी ट्रफीपछि नेपालको उत्कृष्ट पर््रदर्शन रहेको दाबी गरे । ब्याटिङक्रम राम्रो रह“दा पनि अफ्गानिस्तानस“ग सेमिफाइनलमा सामान्य रन लक्ष्य पछ्याउन नसकेको उनले स्वीकारे । 'अघिल्ला प्रतियोगिताको तुलनामा ब्याटिङ राम्रो थियो तर अन्तिम निर्ण्ाायक खेलमा राम्रो गर्न सकेनौं,' उनले भने ।
नेपाललाई अपराजित राख्दै सेमिफाइनल पुर्‍याउन अलराउन्डर महबुब आलमले ठूलो भूमिका निभाएका थिए । मोजाम्बिकविरुद्धको खेलमा दस विकेट लिएर नया“ कर्ीर्तिमान कायम गरेका उनी 'म्यान अफ द सिरिज' समेत घोषित भए ।
तर आलम त्यसबाट सन्तुष्ट देखिएनन् । 'मेरो पर््रदर्शन खेर गयो । मेरो सफलतास“गै नेपाली टिम सफल हुन सकेन,' उनको भनाइ थियो । 'मेरा लागि अब क्रिकेटमा असम्भव केही छैन, नेपाललाई विश्वकप खेल्ने बनाउनु मात्र हो,' उनले भने ।
विश्व कप खेल्ने सपना बोकेर त्यसको छनोट चरण डिभिजन-फाइभ खेल्न जर्सर्ीीुगेको नेपाली टिम अफगानिस्तानस“ग सेमिफाइनलमा ३७ रनले पराजित भएको थियो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा उसले अमेरिकालाई पराजित गरेको थियो ।
Sourse of Kantipuronine daily

Sunday, June 1, 2008

नेपाल तेस्रो स्थानमा

जेठ १९ - नेपाल आईसीसी विश्वक्रिकेट लिग डिभिजन फाइभ क्रिकेटमा शनिबार तेस्रो भएको छ । नेपालले संयुक्त राज्य अमेरिकालाई ९८ रनले पराजित गर्‍यो ।
पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा सबै विकेट गुमाउ“दै १ सय ८९ रन बनायो । नेपालका लागि पारस खड्काले र्सवाधिक ४८ रन बनाए । प्रत्युत्तरमा अमेरिका ४२ ओभर ४ बलमा ९१ रनमा समेटियो ।
नेपाललाई पराजित गर्दै फाइनल पुगेको अफगानिस्तानले आयोजक जर्सर्ीीई दर्ुर्ुइ विकेटले हराउ“दै पहिलो स्थान हासिल गर्‍यो । जर्सर्ीी९ ओभर ५ बलमा ८० रनमा समेटियो । अफगानिस्तानले ३८ ओभर ४ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

Saturday, May 31, 2008

नेपाल बाहिरियो

आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा नेपाल पराजित भएको छ । अफगानिस्तानसँग ३७ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलब ४ ओभरमा सबै विकेट गुमाई एक सय ४२ रनको योगफल तयार पारेको थियो । प्रतिउत्तरमा कीर्तिमान रच्दै अघि बढेको नेपाल ४५ दशमलब पाँच ओभरमा एक सय पाँच रनमा समेटिएको थियो । अफगानिस्तानका लागि मध्यक्रममा आएका एम नाबी इसाखिलले सर्वाधिक ४८ रन बनाएका थिए । त्यस्तै मध्यक्रमकै अर्का ब्याट्सम्यान रइस अहमदजियाले २२, कप्तान केके सेडेकले १८ तथा मोहम्मद स्टेनिकजियाले १८ रनको योगदान दिए । नेपालका लागि शक्ति गौचनले तीन, विनोद दासले दुई, महबुब आलम र पारस खड्काले एक/एक विकेट लिएका थिए । एक सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो अवस्थामा नै झड्का पाएको थियो । पहिलो ओभरको दोस्रो बलमा नै पारस लोहनी खाता खोल्न नपाई पेभेलियन फर्किएका थिए । नेपालका लागि महबुब आलमले सर्वाधिक १७ रन बनाएका थिए । उनका अतिरिक्त ज्ञानेन्द्र मल्ल, कप्तान विनोद दास र बसन्त रेग्मीले क्रमशः ११, १२ र १० रनको योगदान दिए । बाँकी सबै ब्याट्सम्यानले दोहारो अंकको स्कोर बनाउन सकेनन् । अफगानिस्तानका लागि डबलाट अहमदनीले सर्वाधिक तीन तथा गुल अबेद र हामिद हसले २/२ विकेट लिएका थिए ।

Wednesday, May 28, 2008

नेपाल सेमिफाइनलमा


नेपाल आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन फाइभ क्रिकेटको सेमिफाइनलमा मंगलबार प्रवेश गरेको छ ।
जर्सर्ीी भएको खेलमा नेपालले भानुतुलाई १ सय ८३ ले पराजित गर्‍यो । भानुतु ३२ ओभर १ बलमा ८३ रनमा समेटियो । यो नेपालको लगातार चौथो जित हो ।
यसअघि भानुतुले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले निर्धारित ४६ ओभरमा ९ विकेट गुमाउ“दै २ सय २० रन बनाएको थियो ।
नेपाली टिम व्यवस्थापक टंक पनेरुले दिएको जानकारीअनुसार महेश क्षेत्रीले र्सवाधिक ६५ रन बनाए । महबुब आलमले १९ बलमा ३४ रनको योगदान दिए । त्यस्तै, प्रारम्भिक ब्याट्सम्यान परेश लोहनीले २८ रनको योगदान दिएका थिए । वसन्त रेग्मी १९ रनमा अविजित रहे भने शरद भेषावकरले २० रन जोडे । भानुतुका निमोहोले ५३ रन खर्चेर ३ विकेट लिए ।

Newer Posts Older Posts Home