Wednesday, April 23, 2008

CAN announces preliminary squad for World Cricket League

Cricket Association of Nepal (CAN) announced 18-member preliminary squad for the ICC World Cricket League (WCL) Division-V tournament.
As usual, Binod Das is the captain of the team while young Paras Khadka is his deputy. Other players in the team are Paresh Lohani, Shakti Gauchan, Mehboob Alam, Sanjam Regmi, Sharad Vesawkar, Dipendra Chaudhary, Gyanendra Malla, Mahesh Chhetry, Raj Kumar Pradhan, Amrit Bhattarai, Basanta Regmi, Dhirendra Chand, Manjeet Shrestha, Pramod Basnet, Antim Thapa and Yashwant Subedi.
According to chief selector Bijaya Kumar Sharma, the players were selected on the basis of their performance in the Springwood Senior One Day National League held in March-April. The final 14-member-team will be selected later this month.
Sri Lankan Roy Luke Dias is the coach and CAN General Secretary Tanka Prasad Paneru the manager. The tournament is being played in Jersey from May 21-31 where Afghanistan, Bahamas, Botswana, Germany, Mozambique, Norway, Singapore, the United States, Japan and Vanuatu will also take part in the tournament.
The top two teams from the qualifiers will go to Division IV and from where they have to fight again with Division III and Division II teams before fighting against Cayman Island and Papua New Guinea for the two spots in the ICC World Cup Qualifiers.
Meanwhile, Malaysia have been confirmed as the hosts for 2008 ACC Trophy being played from July 25 to August 3. nepalnews.com bt Apr 16 08

वर्ल्डकप सुपरलिग ५

वर्ल्डकप सुपरलिग ५ का नेपाली टिम खेलाडीहरू

Binod Das
Paresh Lohani
Paras Khadka
Shakti Gauchan
Mehboob Alam
Sanjam Regmi
Sarad Veswakar
Dipendra Chaudhary
Gyanendra Malla
Mahesh Chhetri
Raj Kumar Pradhan
Amrit Bhattarai
Basant Regmi
Dhirendra Chand
Manjeet Shrestha
Pramod Basnet
Antim Thapa
Yashwant Subedi.

The match will begin on 21st May to 31st May 2008

Tuesday, April 8, 2008

एसीसीद्वारा सहयोग रोक्ने धम्की

कान्तिपुर संवाददाता
काठमाडौं, चैत २५ - एसीसी यू-१५ एलाइट कप क्रिकेट प्रतियोगिताको आर्थिक विवरण समयमा नबुझाएकाले आर्थिक सहयोग रोकिन सक्ने एसियाली क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ -क्यान) लाई धम्की दिएको छ ।
क्यान स्रोतले दिएको जानकारीअनुसार एसीसीले आफूले दिएको रकमको समयमा हिसाब नबुझाएकाले दिंदै आएको आर्थिक सहयोग रोक्न सक्ने बताउ“दै केही दिनपहिले पत्र लेखेको हो ।
नेपालमा मंसिर ९ देखि १७ सम्म सञ्चालन भएको प्रतियोगिताका लागि मैदान र आवश्यक जनशक्ति परिचालनका लागि १ लाख २० हजार डलर क्यानलाई उपलब्ध गराएको थियो । त्यस्तै यातायात, हवाई खर्च र होटलको खर्च एसीसी आफैंले तिरेको थियो ।
क्यान अध्यक्ष विनयराज पाण्डेले एसीसीबाट पत्र आएको स्वीकारे । 'हामीले गत शुक्रबार खर्चको विवरण पठाइसकेका छौं,' क्यान अध्यक्ष पाण्डेले भने । 'हामीले मार्चको अन्तसम्म खर्च विवरण पठाउनुपर्ने थियो, तर ढिलो भएकाले एसीसीले पत्र पठाएको हो,' उनले भने । उनले क्यानले ढिलो विवरण पठाएको बारे कुनै प्रतिक्रिया दिएनन् ।

रोमाञ्चक फाइनलमा काठमाडौंलाई उपाधि

विनोद पाण्डे, (काठमाडौं)। निकै रोमाञ्चक फाइनलमा निकटतम प्रतिद्वन्द्वी भैरहवा (क्षेत्र नं. ४) लाई १ रनले पराजित गरी काठमाडौं (क्षेत्र नं. २) ले स्प्रिङउड राष्ट्रिय क्रिकेट लिग प्रतियोगिताको उपाधि जितेको छ। यसअघि तीन पटक फाइनलमा निराशा भोगेको काठमाडौंले राष्ट्रिय प्रतियोगिता जितेको यो पहिलो अवसर हो।त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले ४९.३ ओभरमा अलआउट भई १ सय ९९ रन जोडेको थियो। वर्षाले बाधा गरेपछि भैरहवालाई ३६ ओभरमा १ सय ६९ रन बनाउनुपर्ने नयाँ लक्ष्य दिइएको थियो।अन्तिम ओभरमा जितका लागि आठ रन बनाउनुपर्ने अवस्थामा भैरहवाका अन्तिम जोडी फैजल खान र मोहन थापाले पारस खड्काको पहिलो चार बलमा एक/एक गरी चार रन लिएका थिए। पाँचौं बलमा बिट भएका मोहनले अन्तिम बलमा दुई रन मात्र जोडेपछि भैरहवाले ३६ ओभरमा ९ विकेट गुमाई १ सय ६७ रन मात्र बनाउन सक्यो। बाँकी समचार

Thursday, April 3, 2008

नेपाल यु-१७ को जित

काठमाडौं, चैत २० - प्रथम इन्डो नेपाल अन्तर्रर्ााट्रय युवा २०-२० क्रिकेट शृङ्खलाको बुधबारको खेलमा नेपाल सेलेक्ट यु-१७ टिम विजयी भएको छ ।
पुल्चोक इन्जिनियरिङ मैदानमा भएको खेलमा उसले अखिल भारत युवा २०-२० महासंघकोयु-१७ टिमलाई ७५ रनले पराजित गर्‍यो ।
फेसन लिंक एन्ड एक्सल बिजनेसको आयोजनामा भएको प्रतियोगितामा नेपाली टिमले टस जितेर पहिले ब्याटिङ रोज्यो । उसले १ सय ४३ रन बनायो । जवाफमा भारतको टिम १४ ओभर १ बलमा ६८ रनमा समेटियो ।
नेपाली टिमको लागि पृथु बा“स्कोटाले र्सवाधिक ३६ रनको योगदान दिए । त्यस्तै सुवेन्दु पाण्डेले २४ र डोलबहादुर डगामीले १८ रन जोडे ।
कांतिपुरबाट लिएको समाचार

Tuesday, April 1, 2008

राहुल र सागरको बलिङमा आइसीसीको प्रश्न


विनोद पाण्डे, (काठमाडौं)। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आइसीसी) ले नेपालका दुई युवा खेलाडीको बलिङ एक्सनमा आशंका गरेको छ। गत महिना मलेसियामा सम्पन्न आइसीसी यु-१९ विश्वकपदौरान नेपालका स्पिनरद्वय सागर खड्का र राहुलकुमार विश्वकर्माको बलिङ एक्सन शंकास्पद भएको आइसीसीले जनाएको छ। नेपाल क्रिकेट संघ -क्यान) का महासचिव टंकप्रसाद पनेरूले नेपाली खेलाडीद्वयको बलिङ एक्सनमा आइसीसीले आशंका गरेको पुष्टि गर्दै हाल चलिरहेको स्प्रिङउड राष्ट्रिय लिग एकदिवसीय क्रिकेट प्रतियोगितापछि यसबारे समाधान खोजिने बताउनुभयो। ँबलिङ नसुधारिएसम्म अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा नखेलाउनू भनेर आइसीसीले पत्र पठाएको छ’ -पनेरूले नेपाल समाचारपत्रलाई भन्नुभयो।बाकि समाचार

Monday, March 31, 2008

इन्डो-नेपाल क्रिकेट हुने

काठमाडौं, चैत १७ - प्रथम इन्डो-नेपाल अन्तर्रर्ााट्रय युथ २०-२० क्रिकेट शृङ्खला बुधबार सुरु हुने भएको छ । फेसन लिन्क इभेन्ट्स म्यानेजमेन्ट र साउथ एसिया एन्ड अप्रिmकन युथ २०-२० क्रिकेट रेडले शृङ्खलाको आयोजना गर्न लागेको हो ।
शृङ्खलामा तीन खेल हुनेछन् । इन्जिनियरिङ मैदानमा बुधबार दर्ुइ खेल र बिहीबार एक खेल हुनेछ । पहिलो दिन यू-१७ र यू-१९ बीच नेपाल र भारतीय टिमबीच खेल हुनेछ । दोस्रो दिन यू-२५ को खेल हुनेछ ।
नेपाली टिम राष्ट्रिय खेलाडीले भरिएको हुनेछ । भारतीय टिमका खेलाडीमा प्रथम श्रेणी क्रिकेट खेलाडी पनि सहभागी हुनेछन् । खेलाडी रंगीन पोसाकमा उत्रनेछन र बल सेतो
हुनेछ । शृङ्खलाको कुल बजेट आठ लाख रुपैया“ छ । नेपाली टिममध्ये यू-१५ को पृथु बास्कोटा, यू-१९ को सन्देश कटुवाल र यू-२५ को महबुब आलामले नेतृत्व गर्नेछन् ।
Sourse of eKantipuronline.com

Wednesday, March 26, 2008

एसीसी यु-१७ क्रिकेट नेपालमै हुने

एसीसी यु-१७ क्रिकेट नेपालमा नै हुने भएको छ। प्रतियोगिता सम्भवतः नोभेम्बरमा आयोजना हुनेछ। मार्च १९ देखि २१ सम्म पाकिस्तानको लाहोरमा बसेको एसियाली क्रिकेट परिषद् -एसीसी) को विकास बैठकले उक्त निर्णय गरेको थियो। क्यान अध्यक्ष एवम् एसीसी विकास बैठक समितिका सदस्य विनयराज पाण्डेले सो बैठकमा सहभागिता जनाउनुभएको थियो। बाकि समाचार

Friday, March 21, 2008

रूपन्देहीलाई उपाधि

भैरहवा, चैत ७ - कास्कीलाई पराजित गर्दै रूपन्देहीले बिहीबार क्षेत्रीय सिनियर छनोट लिग क्रिकेट प्रतियोगिता' को उपाधि हात पारेको
छ । क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर चारको आयोजनामा भैरहवामा सम्पन्न फाइनलमा उसले कास्कीलाई चार विकेटले पराजित गर्‍यो ।
टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित ४० ओभरको खेलमा सबै विकेट गुमाउ“दै ९८ रन बनाएको थियो । प्रत्युत्तरमा रूपन्देहीले २३ ओभर १ बलमा ६ विकेट गुमाएर १ सय रन बनायो ।
कास्कीका गोविन्द प्रधानले चार चौका मदतले २५ रन र ऋषिकेश शर्माले अविजित २० रन बनाएका थिए । रूपन्देहीका लागि शक्ति गौचनले र्सवाधिक ३३ रन बनाए । अन्तिमसम्म आउट नहु“दै उनले ४ चौका प्रहार गरे । बलिङमा कास्कीका राजेश अर्यालले ७ ओभरमा १ मेडनसहित ३ विकेट लिए ।
रूपन्देहीका शक्ति गौचन 'म्यान अफ द म्याच' र म्यान अफ द सिरिज भए । प्रतियोगिाताको बेस्ट बलर कास्कीका राजेश अर्याल, बेस्ट ब्याट्सम्यान रूपन्देहीका वसन्त
रेग्मी भए । Sourse of eKantipuronlin

Wednesday, March 12, 2008

दक्षिण एसियाली भ्रमण सुरु हुने

राजेन्द्र ज्ञवाली,
काठमाडौं, फागुन २८ - नेपाल क्रिकेट संघ -क्यान) ले क्रिकेट विकासका लागि दक्षिण एसियाली राष्ट्रहरूस“ग मिलेर विशेष कार्यक्रम थालनी गर्ने भएको छ । त्यसअनुसार नेपालका उमेर समूह र राष्ट्रिय टिमले दक्षिण एसियाली मुलुकको भ्रमण गर्नुका साथै त्यहा“का टिमलाई निम्त्याउनेछ । 'तीन वर्षम्मका लागि बंगलादेशस“ग यो सुरु भइसकेको छ भने अन्य मुलुकस“गको वार्ता पनि अन्तिम टुंगो छ.

Sunday, March 2, 2008

नेपाल उपविजेतामै सीमित ::: साभार नेपाल समाचारपत्र,

नेपाल समाचारपत्र, (काठमाडौं)।नेपाल आईसीसी यु-१९ विश्वकप क्रिकेटको प्लेट च्याम्पियनसिपमा उपविजेतामै सीमित भएको छ। मलेसियामा शनिबार भएको फाइनलमा टेस्ट खेल्ने राष्ट्र वेस्ट इन्डिजले नेपाललाई सजिलै सात विकेटले पराजित गर्यो। क्वालालम्पुरस्थित वायुमास ओवल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल केवल ७४ रनमा सीमित भयो। निरन्तर वर्षाका कारण २७ ओभरमा छोट्टयाइएको खेलमा नेपालले केवल २५.३ ओभर मात्र खेल्न सक्यो। यु-१९ विश्वकपमा ३२ खेल खेल्ने क्रममा नेपालले सबैभन्दा न्यून स्कोर बनाएपछि दोस्रो पटक प्लेटको उपविजेतामा नै चित्त बुझाउनुपर्यो। डिफेन्डिङ च्याम्पियन नेपाल सन् २००० मा न्युजिल्यान्डमा भएको संस्करणमा पनि जिम्बावेसँग एकतर्फी खेलमा १ सय ३७ रनले पराजित भएको थियो। सन् २००० मा श्रीलंकामा भएको प्रतियोगितामा आयोजकसँग सुपरलिगको खेलमा ८९ रन मात्र बनाउन सक्नु यु-१९ विश्वकपमा नेपालको यसअघिको न्यून स्कोर थियो।शुरूआतमै ४ विकेट झर्दा आफ्नो टोली एकतर्फी खेलमा पराजित भएको नेपालका श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाल क्रिकेट डट कमलाई बताए। यता टस जितेर पहिला ब्याटिङ गर्ने नेपालको निर्णयबाट आफू अचम्मित भएको वेस्ट इन्डिजका पूर्वअलराउन्डर एवम् प्रशिक्षक लारी गोम्सले बताए। नेपालले प्रतियोगितामा १०औं वरीयता पाएको छ। जुन हाल टेस्ट क्रिकेट स्थगन गरिरहेको जिम्बावेभन्दा माथि हो। सन् २००४ मा बंगलादेशमा दोस्रो वरीयतामा रहेको वेस्ट इन्डिज नवौं स्थानमा रह्यो।प्रतियोगिताको अघिल्ला खेलहरूमा झैं नेपालले पहिला ब्याटिङ गर्दा निकै कमजोर शुरूआत गरेको थियो। प्रतियोगितामा नेपालका लागि सर्वाधिक १ सय २७ रन बनाउने महेश क्षत्री इनिङको तेस्रो बलमै जेओ डावेसको बलमा बोल्ड भई डक आउट हुन पुगे। डावेसले चार विकेट लिँदै नेपालको इनिङलाई तहसनहस पारेका थिए। ६ ओभरमा एक मेडन राख्दै १८ रन खर्चेका डावेस नै म्यान अफ द म्याचमा चुनिए। प्रतियोगिताको ६ खेलमा केवल ३१ रन बनाएका ज्ञानेन्द्र मल्ललाई पनि डावेसले नै आउट गरेका थिए। प्रायः तेस्रो नम्बरमा ब्याटिङ गर्ने ज्ञानेन्द्रले शनिबार ओपनिङमा आई ६ रन बनाएका थिए। ओपनरबाट तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल मण्डल एक रन बनाई डीई जोहनसनको बलमा विकेटकिपर डीसी थोमसद्वारा क्याचआउट भए। थोमसले नेपाली इनिङमा कुल पाँच क्याच लिए। कप्तान पारस खड्का र सागर खड्काले मात्र दोहोरो स्कोर बनाए। पारसले २३ बलको सामना गरी दुई चौकाको मद्दतले १२ रन बनाई आउट हुँदा सागर १७ रनमा अविजित रहे। उनले ५५ बलको सामना गर्दै एक चौका प्रहार गरे। नेपालले अतिरिक्तमा सबैभन्दा बढी १८ रन जोडेको थियो।वेस्ट इन्डिजले ७६ बलअगावै तीन विकेट गुमाई खेल आफ्नो पक्षमा पारेको थियो। राहुलकुमार विश्वकर्मालाई बाउन्ड्री प्रहार गर्दै विजयी रन बटुलेका डीएम ब्राभो २४ रनमा अविजित रहे। उनले १५ बलको सामना गरी तीन चौका र एक छक्का प्रहार गरे।२४ रन बनाएका केओए पोवेललाई अमृत भट्टराईले आउट गरे। केएएम कोरबिनलाई ५ रनमा बोल्ड गरी अमृतले प्रतियोगितामा आफ्नो विकेट संख्या ११ पुर्याए। नेपालका लागि पारसले सर्वाधिक १२ विकेट लिए भने राहुल र राज श्रेष्ठले पनि १०/१० विकेट लिए। नेपाली टोली आजै काठमाडौं र्फर्किने कार्यक्रम रहेको छ।

Wednesday, February 27, 2008

नेपाल प्लेट फाइनलमा प्रवेश ::: साभार नेपाल समाचारपत्र

(काठमाडौं)
कप्तान पारस खड्काले नेतृत्वदायी भूमिका निभाएपछि नेपाल आइसीसी यु-१९ विश्वकप क्रिकेटको प्लेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा चलिरहेको प्रतियोगिताको मंगलबार भएको प्लेट सेमिफाइनलमा नेपालले नामिबियालाई ४ रनले पराजित गरेको थियो। समूहचरणको खेलमा पनि नेपालले नामिबियासँगको रोमाञ्चक खेल ३ रनले जितेको थियो। नेपाल प्लेट फाइनलमा प्रवेश गरेको यो तेस्रो अवसर हो। सन् २००२ मा न्युजिल्यान्डमा भएको प्रतियोगिताको प्लेट फाइनलमा जिम्बावेसँग १ सय ३७ रनले पराजित भएको नेपालले दुई वर्षघि श्रीलंकामा उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई एक विकेटले पराजित गरेको थियो।जोहोर क्रिकेट एकेडेमी ओभल मैदानमा वर्षाका कारण ३४ ओभरमा छोट्टयाएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाई १ सय ४३ रन बनाएको थियो।नेपालका लागि पारसले सर्वाधिक ४४ रन बनाए। लगातार दोस्रो खेलमा म्यान अफ द म्याचमा चुनिएका पारसले ६३ बलको सामना गरी ३ चौका प्रहार गरेका थिए। महेश क्षत्री (९) र फर्ममा नरहेका ज्ञानेन्द्र मल्ल (१) सस्तैमा आउट भएपछि पारसले ओपनर अनिल मण्डलसँग तेस्रो विकेटका लागि ४८ रन जोडेका थिए। अनिलले ५४ बलमा दुई चौकाको मद्दतले २३ रन बनाए।त्यसपछि आकाश गुप्ताले ९ बलमा २ चौकाको मद्दतले ११ र अन्तिम ओभरमा आउट भएका रोम श्रेष्ठले २२ बलमा एक छक्काको मद्दतले १८ रन बनाए। सागर खड्का ६ बलमा एक चौकाको मद्दतले ७ र राज श्रेष्ठ एक रन बनाई अविजित रहे।जबाफमा नामिबियाले ९ विकेट गुमाई १ सय ३९ रन मात्र बनाउन सक्यो। ८ बलमा १२ रन बनाउनुपर्ने अवस्थामा पारसले रेमन्ड भान सुरलाई तीन बल बाँकी रहेको अवस्थामा आउट गरेका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्दै सुरले ७३ बलको सामना गरी दुई चौकाको मद्दतले ४८ रन बनाए।जीएसजे कोइट्जीले ४ बलमा अविजित ९ रन बनाए पनि पारसले अन्तिम ओभर आफैं बलिङ गरी नेपाललाई उपाधितर्फ डोर्याएका थिए। सुरले कप्तान लुइस भान डेर बेस्थुइजेनसँग तेस्रो विकेटका लागि ५१ रन जोडेका थिए। ३३ रन बनाएका बेस्थुइजेनलाई अफ स्पिनर सागर खड्काले आउट गरी यो साझेदारी तोडेका थिए। पारस, राज र राहुलकुमार विश्वकर्माले २/२ विकेट लिए। पारसले ७ ओभरमा एक मेडन राख्दै २९ रन, राजले ६ ओभरमा एक मेडन राख्दै २३ रन र राहुलले ७ ओभरमा ३३ रन खर्चेका थिए। अमृत भट्टराई र सागरले १/१ विकेट लिए। प्रतियोगितामा पारसले १२, राजले १० तथा राहुल र अमृतले ९/९ विकेट लिइसकेका छन्। खेलपछि नेपाली टोलीका प्रशिक्षक रोय डायसले आफ्ना कप्तानको खुलेर प्रशंसा गरेका छन्। ँपारसको प्रदर्शनबाट म एकदमै सन्तुष्ट छु, जसरी अन्तिम समयको दबाबमा उनले बलरहरूलाई प्रयोग गरेका छन्, त्यो उदाहरणीय छ’ -श्रीलंकाली प्रशिक्षक डायसले नेपाल क्रिकेट डट कमलाई बताए। आज हुने वेस्ट इन्डिज र पपुवा न्युगिनीबीचको विजेता शनिबार नेपालसँग फाइनल खेल्नेछ।पारस म्यान अफ द सिरिजको दौडमानेपालका कप्तान पारस खड्का आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडीको दौडमा उभिएका छन्। जिम्बावेलाई प्लेटको क्वार्टरफाइनलमा पराजित गर्दा पनि म्यान अफ द म्याचमा चुनिएका पारसले म्यान अफ द सिरिजका लागि कुल ८ अंक बटुलिसकेका छन्। न्युजिल्यान्डका टी साउथीभन्दा पारस एक अंकले मात्र पछाडि छन्। प्रत्येक खेलको म्यान अफ द म्याच पाउनेले ३, दोस्रो उत्कृष्टले दुई र तेस्रो उत्कृष्टले एक अंक पाउने प्रावधानअनुरूप पारसले आठ अंक बटुलेका छन्। न्युजिल्यान्डले भारतसँग खेल्ने सुपर लिगको सेमिफाइनलसहित अर्को एक खेलमा पनि साउथीले कुनै चमत्कार देखाउन नसकेको खण्डमा तथा पारसले प्लेट फाइनलमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई दोहोर्याएमा पारस नै म्यान अफ द सिरिजमा चुनिनेछन्। गत वर्ष नेपाललाई मलेसियामा एसीसी यु-१९ इलाइट कपको उपाधि दिलाउँदै विश्वकपसम्म डोर्याउने क्रममा पनि पारस म्यान अफ द सिरिजमा चुनिएका थिए।

Monday, February 25, 2008

बदला लिँदै नेपाल सेमिफाइनलमा ::: साभार न्युज अफ नेपाल

जिम्बावेसँग मीठो बदला लिँदै नेपाल आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्लेट च्याम्पियनसिपतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा चलिरहेको प्रतियोगितामा नेपालले आइतबार जिम्बावेलाई ९९ रनले पराजित गरेको हो। प्लेटको फाइनलमा प्रवेश पाउन नेपालले मंगलबार हुने खेलमा नामिबियालाई पराजित गर्नुपर्नेछ। नामिबियाले आयोजक मलेसियालाई सजिलै नौ विकेटले पराजित गरेको थियो। समूहचरणको अन्तिम खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको थियो। हाल टेस्ट क्रिकेट स्थगन गरिरहेको जिम्बावे यु-१९ विश्वकपमा नेपालको सिकार हुने पछिल्लो राष्ट्र भएको छ। पछिल्ला चार यु-१९ विश्वकपमा सहभागिता जनाउने क्रममा नेपालले दक्षिण अफ्रिकालाई दुई तथा पाकिस्तान, बंगलादेश र न्युजिल्यान्डलाई १/१ पटक पराजित गरिसकेको थियो। तर नेपाल यु-१९ विश्वकपमा दुई पटक पराजित भएको थियो। सन् २००२ को प्लेट फाइनलमा १ सय ३७ रनले र दुई वर्षअघि श्रीलंकामा भएको पछिल्लो संस्करणको समूहचरणको खेलमा नेपाललाई जिम्बावेले दुई रनले पराजित गरेको थियो। यस पटकको विश्वकप शुरू हुनुअगाडि पनि अभ्यास खेलमा जिम्बावेसँग ३ विकेटले पराजित भएको बदला नेपालले लिएको छ। जोहोरबारुस्थित इन्स्टिच्युट पेर्गुरुएन टेमेङगोङ इब्राहिम मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालको इनिङ ४५.१ ओभरमा १ सय ५८ रनमा समेटिएको थियो। ७९ रन बनाउने क्रममा ७ विकेट गुमाइसकेको नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गरेका पुष्प थापाले सर्वाधिक ४० रन बनाए। ४९ बलको सामना गरी तीन चौका र एक छक्का प्रहार गरका पुष्पले राज श्रेष्ठसँग आठौं विकेटका लागि ५३ रन जोडेका थिए। राजले ७१ बलको सामना गर्दै तीन चौकाको मद्दतले १९ रन बनाए। यसअघि ओपनर महेश क्षत्री (१६) र कप्तान पारस खड्का (२०) बाहेक अन्य कसैले पनि दोहोरो स्कोर बनाउन नसक्दा नेपालले ब्याटिङमा पुनः निराश पारेको थियो। जिम्बावेले अतिरिक्तमा दिएको ४० रन नेपालका लागि वरदान नै साबित भयो। तर पारस र अमृतले आफ्नो ओपनिङ स्पेलमा ३/३ विकेट लिएपछि २४ रन बनाउँदासम्म ६ विकेट गुमाइसकेको जिम्बावे २७.२ ओभरमा ५९ रन समेटिएको थियो। जिम्बावेका लागि विकेटकिपर ब्याट्सम्यान टी चिमबाम्बोले २० र एएफ मिरेले अविजित १६ रन बनाए।पारसले ७ ओभरमा २ मेडन राख्दै १३ र अमृतले ८ ओभरमा १४ रन खर्चेर ३/३ विकेट लिए। त्यस्तै पहिलो परिवर्तनको रूपमा आएका राजले ६.२ ओभरमा एक मेडन राख्दै १६ रन खर्चेर तीन विकेट लिए। राहुलकुमार विश्वकर्माले चिमबाम्बोलाई आउट गरेका थिए। ब्याटिङमा ३३ बलको इनिङमा एक चौका र एक छक्का प्रहार गरेका पारस म्यान अफ द म्याचमा चुनिए।महेश र पारस अगाडिनेपालका विकेटकिपर महेश क्षत्री प्रतियोगितामा सर्वाधिक आउट गर्ने खेलाडीमा अग्रस्थानमा रहेका छन्। आइतबारको खेलसमाप्तिपश्चात् महेशले कुल १३ सिकार बनाइसकेका छन्। जिम्बावेविरुद्धको खेलमा उनले तीन क्याच र दुई स्टम्पिङ गरी पाँच सिकार बनाइसकेका छन्। प्रतियोगिताभरि उनले ५ क्याच र ८ स्टम्पिङ गरिसकेका हुन्। त्यस्तै कप्तान पारस खड्का सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा उक्लिएका छन्। यस प्रतियोगितामा उनले १० विकेट लिइसकेका छन्। अघिल्लो वर्ष नेपाललाई मलेसियामै एसीसी यु-१९ इलाइट कपको उपाधि दिलाउने क्रममा म्यान अफ द सिरिज घोषित पारसले ३४.३ ओभरमा १ सय ७ रन खर्चेर १०.७ को औसतमा कुल १० विकेट लिएका छन्। अस्ट्रेलियाविरुद्ध समूहचरणको खेलमा ३२ रन खर्चेर ४ विकेट लिई यस विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेका पारसअघि दक्षिण अफ्रिकाका बायने पारेनेल मात्र रहेका छन्। उनले १४ विकेट लिइसकेका छन्। ८/८ विकेट लिएका अमृत भट्टराई र राज श्रेष्ठ सर्वाधिक विकेट लिने सूचीमा १०औं र ११औं तथा राहुलकुमार विश्वकर्मा सात विकेटका साथ १७औं स्थानमा छन्।

Friday, February 22, 2008

नेपाललाई तीन रनको रोमाञ्चक जित ::: साभार नेपाल समाचारपत्र

(काठमाडौं)।ज्ञानेन्द्र मल्ल बलिङमा असुहाउँदो नायक बनेपछि नेपालले आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नामिबियालाई रोमाञ्चक ढंगले तीन रनले पराजित गरेको छ। १ सय ६५ रनको विजय लक्ष्य लिएर आएको नामिबियाले ३३ ओभरमा ४ विकेट गुमाई १ सय २३ रन बनाइसकेको थियो। अझ ४२ ओभरको समाप्तिमा टोली १४२-७ को स्थितिमा रहेको थियो।तर कप्तान पारस खड्काले जोखिमपूर्ण निर्णय गर्दै ज्ञानेन्द्रलाई ४५औं ओभरमा बल थमाइदिएपछि नेपालले नाटकीय ढंगले खेल आफ्नो पक्षमा पारेको थियो। उनले आफूले गरेको दोस्रो बलमै पिकी या फ्रान्सलाई १० रनमा विकेटकिपर महेश क्षत्रीको हातबाट क्याच आउट गराएका थिए। सन् २००५ को अगस्ट १० मा मलेसियामै भएको एसीसी यु-१७ कपमा मलेसियाविरुद्ध कप्तानको रूपमा दुई ओभर बलिङ गरेयता पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गरेका ज्ञानेन्द्रले ४९औं ओभरको अन्तिम बलमा मोर्ने इन्जेलब्रेच्टलाई ७ रनमा बोल्ड गरी नामिबियाको इनिङलाई समाप्त पारेका थिए।कप्तान पारस र राहुलकुमार विश्वकर्माले निकै किफायती बलिङ गर्दै नामिबियालाई दबाबमा ल्याएका थिए। पारसले १० ओभरमा दुई मेडन राख्दै ३० रन खर्चेर २ विकेट लिई प्रतियोगितामा आफ्नो विकेट संख्या ७ पुर्याएका छन्। राहुलले १० ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर दुई विकेट लिएका थिए। उनले तीनै खेलमा २/२ विकेट लिएका छन्।देब्रेहाते स्पिनर राज श्रेष्ठले १० ओभरमा एक मेडन राख्दै ३२ रन खर्चेर एक विकेट लिए। राजले ६५ रन बनाएका लुइज मान भेर बेस्थुइजेकलाई आउट गरेपछि अन्तिम सात ओभरमा नेपालले खेलमा नाटकीय पुनरागमन गरेको थियो। उनले ७५ बलको इनिङमा तीन चौका र एक छक्का प्रहार गरे।ँविजयबाट म सन्तुष्ट छैन, विशेष गरी हाम्रो ब्याटिङ निराशाजनक रहेको छ’, नेपालका श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाल क्रिकेट डट कम डट एनपीलाई भने- ँमैदानबाहिर बल हान्न होइन, ब्याट्सम्यान विकेटमै केन्द्रित हुनुपर्छ।’यु-१९ विश्वकपमा नेपालको नामिबियामाथि यो लगातार दोस्रो जित हो। २००२ को न्युजिल्यान्डमा भएको संस्करणमा नेपालले नामिबियालाई प्लेटमा १० रनले पराजित गरेको थियो। बिहीबार समूह चरणको अन्तिम खेलअघि नै नेपाल र नामिबिया सुपर लिगबाट बाहिरिसकेका थिए। नेपालले अब आइतबार जोहरबारूमा आयोजक मलेसिया अथवा जिम्बाबेसँग प्लेटको क्वार्टरफाइनल खेल खेल्नेछ। मलेसियाले अघिल्लो दिन जिम्बाबेलाई पराजित गरेर आर्श्चर्यजनक नतिजा निकालेको थियो। जिम्बाबेले आज हुने समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई पराजित गरेमा नेपालले मलेसियासँग खेल्नर्ुपर्नेछ अन्यथा जिम्बाबेसँग नै खेल्नेछ।पेनाङस्थित युनिभर्सिटी सैन्य मलेसियामा यसअघि नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १ सय ६४ रन बनाएको थियो। म्यान अफ द म्याच घोषित महेशले ६२ रन बनाए। १ सय २३ बलको इनिङमा महेशले चार चौका प्रहार गरे। त्यस्तै रोम श्रेष्ठले २८ बलमा दुई चौकाको मद्दतले २६, आकाश गुप्ताले २६ बलमा दुई चौका र एक छक्काको मद्दतले २१ र कप्तान पारसले १२ बाहेक अन्य कसैले नेपालका लागि दोहोरो स्कोर बनाउन सकेनन्।ँहामीले बलिङ र ब्याटिङ राम्रो गर्यौं, हामीले ९० ओभर राम्रो खेल्यौं, त्यसपछि १० ओभरमा खेल हार्यौं’ -नामिबियाका कप्तान डेबिड बोथाले बताए।

कस्तो थियो विगतको प्रदर्शन ::: साभार- साप्ताहिक नेपाल

युथ–१९ विश्वकप प्रतियोगितामा नेपाल सन् २००० देखि सहभागिता जनाउँदै आएको छ। सन् १९९९ मा सिंगापुरमा भएको युथ– १९ एसिया कपमा उपविजेता भएपछि नेपालले पहिलोपल्ट युथ विश्वकप खेल्ने सौभाग्य पाएको थियो। पहिलो सहभागितामै नेपाल सुपरलिगमा प्रवेश गरेको थियो। त्यसपछि सन् २००२ मा न्यूजिल्यान्डमा नेपाल दोस्रो विश्वकप खेल्यो। जहाँ प्लेटच्याम्पियनसीपको उपविजेता बनी इतिहास रच्न पुग्यो। प्लेट च्याम्पियनसीपमा नेपालले जिम्बाबेसँग १ सय ३७ रनको पराजय भोगेको थियो। लिगको पहिलो चरणको खेलमा नेपालले सनसनी मच्चाएको थियो। टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तान र बंगलादेशलाई पराजित गरेको थियो। त्यस्तै सन् २००४ मा नेपालले तेस्रो पटक सहभागिता जनायो। बंगलादेशमा सम्पन्न उक्त विश्वकपमा नेपालले खासै उपलब्धि हात भने पार्न सकेन। तर प्लेट च्याम्पियनसीपको दौरानमा टेस्ट खेल्ने राष्ट्र साउथ अफ्रिकालाई हराउँदै आफ्नो दम्भ भने देखाएको थियो। नेपालको लागि श्रीलंकन विश्वकप ऐतिहासिक रह्यो। सन् २००६ मा श्रीलंकामा सम्पन्न विश्वकपमा नेपालको चौथो सहभागिता थियो। नेपालले प्लेटच्याम्पियनसीपको उपाधि जित्न पुग्यो। न्यूजिल्यान्डजस्तो टेस्टस्तरको सशक्त टिमलाई फाइनलमा एक विकेटले पराजित गरी उपाधि चुमेको थियो। उक्त विश्वकपको पहिलो चरणमा साउथ अफ्रिकालाई पनि पराजित गर्यो ।

Wednesday, February 20, 2008

ब्याटिङ फेरि निराशाजनक

ब्याटिङमा निराशाजनक प्रदर्शनपछि नेपालको मलेसियामा भइरहेको आइसीसी यु-१९ विश्वकप क्रिकेटमा सुपर लिगमा छनोट हुने आशा समाप्त भएको छ। अघिल्लो दिन श्रीलंकासँग ६१ रनले पराजित भएको नेपाल मंगलबार पेनाङ स्पोर्ट्स क्लबमा टेस्ट खेल्ने अर्को राष्ट्र अस्ट्रेलियासँग ९६ रनले पराजित हुन पुग्यो। २ सय ७ रनको विजयलक्ष्य लिएर आएको नेपाल ३२.१ ओभरमा १ सय १० रनमा समेटिएको थियो। राहुलकुमार विश्वकर्माले ३३ रन बनाए। नेपालका लागि सर्वाधिक रन बनाउने क्रममा राहुलले ४७ बलको सामना गरी तीन चौका र एक छक्का प्रहार गरे। ९ विकेट केवल ६६ रनमा गुमाइसकेको अवस्थामा राहुलले अघिल्लो दिन चार विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका अमृत भट्टराईसँग अन्तिम विकेटका लागि ४४ रन जोडेका थिए। अमृतले २० बलको सामना गरी दुई चौका प्रहार गर्दै ९ रन बनाए। राहुलबाहेक ज्ञानेन्द्र मल्ल र रोम श्रेष्ठले मात्र दोहोरो स्कोर बनाए। पिठयूँको चोटका कारण पूर्ण फटि नरहेका ज्ञानेन्द्रले १७ र प्रतियोगितामा पहिलो खेल खेलिरहेका रोमले ११ रन बनाए। ँहामीले राम्रो बलिङ गर्दै उनीहरूलाई अलआउट गर्यौं, तर महेश क्षत्री शुरूआतमै रनआउट भएपछि खेल परिवर्तन भयो’, नेपालका प्रशिक्षक रोय डायसले नेपाल क्रिकेट डट कम डट एनपीलाई भने- ँअन्तिम थापा, सागर खड्का र आकाश गुप्ताले आफ्नो विकेट फ्याँके, ज्ञानेन्द्र, अनिल मण्डल र पारस खड्का मात्र राम्रो बलमा आउट भएका छन्।’पारसले बलिङमा नेतृत्व सम्हाल्दा यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाको इनिङ ४९.३ ओभरमा २ सय ६ रनमा खुम्चिएको थियो, जबकि अस्ट्रेलियाले २२ ओभरमा दुई विकेट गुमाई १ सय रन बनाउँदै राम्रो शुरूआत गरेको थियो। पारसले ९.३ ओभरमा एक मेडन राख्दै ३२ रन खर्चेर चार विकेट लिए। त्यस्तै पहिलो परिवर्तनको रूपमा आएका राज श्रेष्ठले १० ओभरमा ३२ रन खर्चेर तीन विकेट लिए। खेलभरि छाएका राहुलले १० ओभरमा ३४ रन खर्चेर दुई विकेट लिए। एक विकेट अन्तिमको नाममा रह्यो।अस्ट्रेलियाका लागि ओपनरद्वय केटी पासकोइ र पीजी ह्युज्सले क्रमशः ३७ र ४३ रन बनाएका थिए। त्यस्तै एम कार्नरले ३२, जेपी फाउलकनरले २२ रन बनाए।१० रन बनाउनुका साथै ६ ओभरमा २ मेडन राख्दै २५ रन खर्चेर अनिल, पारस र ज्ञानेन्द्रलाई आउट गरेका जेम्स प्याटिन्सन म्यान अफ द म्याचमा चुनिए। ँशुरूआतमा बल सही ठाउँमा बजार्दा तेज बलरहरूका लागि पिचमा केही थियो’, प्याटिन्सनले भने- ँतर धेरै गर्मी भएका कारण म पाँच ओभर बलिङ गर्दा थाकिसकेको थिएँ।’ नेपाललाई सजिलो रूपमा नलिई भारत र पाकिस्तानसँग जस्तै खेलेको प्याटिन्सनले बताए। खेलपछि नेपालका कप्तान पारसले भने- ँशुरूआत खराब भए पनि हामीले राम्रो बलिङ गर्दै पुनरागमन गर्यौं, तर ब्याटिङमा म निकै निराश छु।’ँहामीले अझै रन बनाउनुपर्ने थियो, तर हामी खराब समयमा आउट भयौं’, अस्ट्रेलियाका कप्तान एम हिलले भने- ँशुरूआतमा नयाँ बल र त्यसपछि स्पिनरहरूलाई राम्रो मद्दत मिलिरहेका कारण २ सय रन राम्रो स्कोर हो भन्ने हामीले बुझेका थियौं।’सुपर लिगको दौडबाट लगभग बाहिरिएको नेपालले अब नामिबियासँग बिहीबार समूहचरणको अन्तिम खेल खेल्नेछ।

Tuesday, February 19, 2008

अनुभवी श्रीलंकाले नेपाललाई पन्छायो

राम्रो चुनौती दिए पनि नेपाल सोमबार आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकासँग ६१ रनले पराजित भएको छ। मलेसियाको पेनाङस्थित पेनाङ स्पोर्ट्स क्लब मैदानमा नेपालले दुवै इनिङको पहिलो १५ ओभरमा उत्कृष्ट प्रदर्शन गरे पनि बाँकी खेल टेस्ट खेल्ने राष्ट्रले नियन्त्रणमा लिई आफ्नो पक्षमा पारेको थियो। अमृत भट्टराईले शुरूको चार विकेट लिँदा टस जितेर ब्याटिङ रोजेको श्रीलंकालाई ५८ रन बनाउने क्रममा चार विकेट गुमाइसकेको थियो। श्रीलंकाको २ सय ३७ रनको चुनौतीलाई पछयाउने क्रममा नेपालले पहिलो १५ ओभरमा बिनाक्षति ६० रन बनाएको थियो, तर श्रीलंकाले अनुभवको सदुपयोग गर्दै नेपाललाई अप्रत्याशित नतिजा निकाल्न दिएन।ँनेपालले निकै राम्रो शुरूआत गरेको थियो, तर हाम्रा मध्यपङ्क्तिका ब्याट्सम्यानले उत्कृष्ट संघर्ष गरे’, विश्वकप विजेता पूर्वस्टार एवम् श्रीलंकाली टोलीका परामर्शदाता अरबिन्द डी शिल्भाले नेपाल क्रिकेट डट कमलाई भने- ँअन्त्यमा हारजितको ठूलो अन्तर देखिए पनि खेलदौरानमा हामी निकै अप्ठयारोमा परेका थियौं।’विकेटकिपर ब्याट्सम्यान महेश क्षत्री र अनिल मण्डलले पहिलो विकेटका लागि ६१ रन जोड्दै नेपाललाई राम्रो शुरूआत दिलाएका थिए, तर देब्रेहाते स्पिनर सचित पाथिरानाले मण्डल र ज्ञानेन्द्र मल्ल -७) लाई आउट गरी श्रीलंकालाई खेलमा र्फकाएका थिए। मण्डलले ४२ बलको सामना गरी तीन चौकाको मद्दतले २५ रन बनाए। खराब सट खेलेर स्टम्पिङ आउट भएका महेशले ६९ बलको सामना गरी पाँच चौकाको मद्दतले ३९ रन बनाए। १२८-३ को राम्रै स्थितिमा रहेको नेपालले त्यसपछि ६ रन जोड्ने क्रममा आकाश गुप्ता, पारस खड्का र पुष्प थापा -२) गरी तीन प्रमुख ब्याट्सम्यानलाई गुमाएपछि पराजयलाई पनि निश्चित गरेको थियो।कप्तान पारसले ४६ बलको सामना गरी एक चौकाको मद्दतले २५, आकाशले ४० बलको सामना गरी दुई चौकाको मद्दतले २४ रन बनाए। तल्लो क्रममा राहुल विकले मात्र दोहोरो स्कोर बनाउने क्रममा १० रन बनाए। यसअघि श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाई २ सय ३६ रन बनाएको थियो। सामान्य चोटका कारण अघिल्लो दिन अभ्यासमा सहभागी नभएका देब्रेहाते तेज बलर अमृत भट्टराईले १० ओभरमा ४२ रन खर्चेर चार विकेट लिए। अमृतले चार विकेट लिई उत्कृष्ट प्रदर्शन गर्दा कप्तान आसन प्रियन्जन र सुवासिंघे पाथिरानाले पाँचौं विकेटका लागि ७२ रन जोड्दै श्रीलंकालाई सुरक्षित स्थानमा डोर्याएका थिए। सुवासिंघेले ८३ बलमा ५ चौकाको मद्दतले ४६ र म्यान अफ द म्याच घोषित पाथिरानाले ६० बलको सामना गरी सात चौकाको मद्दतले ६२ रन बनाए। नवौं नम्बरमा ब्याटिङ गरेका टिसारा पेरेराले २७ बलमा २ चौका र २ छक्काको मद्दतले अविजित ४१ रन बनाएपछि श्रीलंका मजबुत स्थितिमा पुगेको थियो। अमृतबाहेक नेपालका लागि राहुलले १० ओभरमा ५३ रन खर्चेर दुई विकेट लिँदा पारस, राज श्रेष्ठ र सागर खड्काले एक/एक विकेट बाँडेका थिए।नेपालका श्रीलंकाली प्रशिक्षक रोय डायसले आफू आफ्नो टोलीको बलिङबाट सन्तुष्ट रहे पनि पूरा टोलीको प्रदर्शनमा खुसी हुन नसकेको बताए। सन् २००० मा श्रीलंकामा नै भएको विश्वकपमा पनि नेपाल आयोजक टोलीसँग नौ विकेटले पराजित भएको थियो। नेपालले मंगलबार अस्ट्रेलियासँग खेल्नेछ। समूह ँसी’ मा अस्टे्रलियाले आइतबार नामिबियालाई १ सय ४९ रनले पराजित गरेको थियो।<

Newer Posts Home